×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

रास्वपालाई उपसभामुखलाई दियो क्लिनचिट

६ श्रावण २०८१

६ साउन, काठमाण्डौ ।

सरोकार नै नभएका पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको आरोप लागेकी उपसभामुख इन्दिरा रानाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले औपचारिक बयान सार्वजनिक गरेको छ । जसमा रास्वपाले रानाको प्रतिरक्षा गरेको छ । रास्वपाले भिसाको सिफारिस गर्नु गलत नभएको जिकिर गर्दै अरु राजनीतिक दलका नेताहरुले समेत यस्तो सिफारिस गर्ने गरेको बताएको छ ।

Advertisement
Advertisement

रास्वापाले उपसभामुख इन्दिरा राना मगरको नाम उल्लेख गरी विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । यो विषयमा पार्टीले यसअघि नै सोधखोज गरिसकेको पनि रास्वपाले जानकारी दिएको छ । ’केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो ।

सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन । यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौ’, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको पार्टीको दाबी छ । उपसभामुखलगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैँ रहिआएको विज्ञप्तिमा उल्लेख छ ।

संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने सो पार्टीले दाबी गरेको छ । रानाले पदीय दुरुपयोग गरेको दाबी गर्दै सत्तारुढ नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका बेला रास्वपाले आज (आइतबार) बिहान विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेको हो ।

राना रास्वपाबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन् । रास्वपाले निष्कलंक छविकै कारण रानालाई सांसद र उपसभामुखको उम्मेदवार बनाएको दाबी पनि रास्वपाले गरेको छ । साथै हाल उनी पार्टीबाट अलग रहेको स्पष्टीकरण पनि रास्वपाले दिएको छ । ‘आफ्ना सारा आम्दानी र सम्पत्ति निःस्वार्थ समाजसेवामा लगाउनुभएकी उपसभामुखज्यू विभिन्न प्रतिष्ठित राष्ट्रियरअन्तर्राष्ट्रिय पुरस्कारबाट समेत विभूषित हुनुहुन्छ’, विज्ञप्ति भनिएको छ, ‘उहाँको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उहाँलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो ।

यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ।’ तर पनि राना निर्दोष रहेको जिकिर रास्वपाले गरेको छ । उसले अगाडि भनेको छ, ‘पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चारमाध्यमहरूमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएका सूचना सामग्रीहरूजस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन।’

बरु यो ‘मध्यरातमा ठडिएको (कांग्रेस–एमाले) गठबन्धनले रास्वपाको छवि धूमिल पार्न रचेको षड्यन्त्र भएको दाबी विज्ञप्तिमा गरिएको छ । यसविरुद्ध सचेत रहन पार्टीका सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई रास्वपाले आग्रह पनि गरेको छ । ‘संघीय संसद् सचिवालयलगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ’, रास्वपाले भनेको छ,

Advertisement

‘रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्म रूपमा भइरहेका यस्ता गलत प्रहारहरूबाट विचलित नभई रास्वपा सुशासन, सामाजिक न्याय र द्रुत आर्थिक विकासको मार्गमा नेपाललाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतामा अडिग रहनेछ भन्ने आश्वस्त पार्न चाहन्छौँ । साथै समग्र पार्टी परिवार तथा शुभेच्छुकहरूलाई काण्डैकाण्डको चाङमाथि लडाउने मध्यरातमा ठडिएको गठबन्धनका आगामी चालहरूप्रति सचेत रहन सम्पूर्ण पार्टी परिवार तथा शुभचिन्तकहरूमा हार्दिक आग्रह गर्दछौँ।’

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top