×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

बाइडेनले नयाँ पुस्तालाई ठाउँ खाली गरे, नेपाली नेताले कहिले ?

१० श्रावण २०८१

१० साउन , विराटनगर।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको चुनावी प्रतिस्पर्धाबाट आफूलाई अलग गरेपछि पहिलोपटक ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् । यस क्रममा बाइडेनले भने, ‘म यस पदको सम्मान गर्छु, तर म आफ्नो देशलाई बढी माया गर्छु ।

राष्ट्रपतिका रूपमा यो देशको सेवा गर्नु मेरो जीवनको सम्मान हो।’ उनले थपे, ‘अमेरिका नाजुक मोडमा छ, अहिले हामीले गर्ने निर्णयले देशको भविष्य निर्धारण गर्नेछ।’ यस्तै उनले नयाँ पुस्तालाई कमान्ड सुम्पनु नै अगाडि बढ्ने उत्तम उपाय भएकोमा पनि निकै जोड दिए ।

Advertisement
Advertisement

उनले भने, ‘हाम्रो देशलाई एकताबद्ध गर्ने यो उत्तम तरिका हो । सार्वजनिक जीवनमा लामो वर्षको अनुभवका लागि एउटा समय र स्थान हुन्छ । नयाँ अर्थात् युवा आवाजका लागि पनि एउटा समय र स्थान हुन्छ, जुन समय अहिले हो।’

उनले ५९ वर्षीया ह्यारिसलाई “अनुभवी, कडा र सक्षम“ मित्र भनेका छन् । बाइडेनले आफ्नो राष्ट्रपति उमेद्वारको उत्तराधिकारीका रुपमा हालकी उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।

डेमोक्रेटभित्र सुरुमा केही अलमल जस्तो देखिएपनि सिंगो पार्टीले पनि कमलालाई समर्थन गर्ने संकेत मिलेको छ । जुन कुरा स्वयं ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न पर्याप्त समर्थन रहेको बताएकाले पनि पुष्टी गर्छ ।

बाइडेनलाई उनको बिग्रिरहने स्वास्थवस्था र बुढौलीका कारण उमेद्वारी छाड्न दबाब परेको थियो । दबावका बीच उनले केही समय अगाडीसम्म पनि आफू नै उमेद्वार रहने र ट्रम्पलाई हराउने दाबी गरेका थिए ।

तर पार्टीभित्रै चर्को दबाब उनले थेग्न सकेनन् र अन्ततः कमलालाई उत्तराधिकारी बनाउँदै पछाडी सरे । अहिले भने बाइडेनले देशका लागि र नयाँ पुस्ताका लागि आफूले त्याग गरेको बताएका हुन् ।

यसअघि बाइडेन र ट्रम्पबीच बृद्ध उमेरलाई लिएर जुहारीसमेत चल्ने गरेका थिए । ट्रम्पले बाइडेनलाई बुढो भन्दा बाइडेनले आफू ट्रम्पभन्दा थोरैमात्रै बुढो भएको जवाफ फर्काउने गरेका थिए । बाइडेन ८१ वर्षका हुन् भने ट्रम्प ७८ वर्षका हुन् ।

अहिले भने कारण जेसुकै भएपनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्दै बाइडेन ब्याक हुँदा ट्रम्पले भने ५९ वर्षीय कमला ह्यारिस राष्ट्रपति पदका लागि उपयुक्त पात्र नै नभएको बताएका छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिस शासनका लागि योग्य नभएको रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भनेका हुन् ।

रिपब्लिकन र डेमोक्रेट पार्टीका उम्मेदवारले एक अर्कालाई आरोप–प्रत्यारोप लगाइरहँदा ट्रम्पको यो अभिव्यक्ति आएको हो । ट्रम्पले बुधवार उपराष्ट्रपति ह्यारिसलाई शासन गर्न अयोग्य बताएका थिए ।

ट्रम्पले ह्यारिसलाई वामपन्थीलाई समर्थन गर्ने पागल समेत भनेका थिए । बाइडेनले ह्यारिसलाई समर्थन गरेपछि पहिलो पटक चुनावी ¥यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले ह्यारिस माथि कडा हमला गरेका थिए ।

‘साढे तीन वर्षदेखि झुट बोल्दै आएकी कमला ह्यारिस बाइडेनको हरेक गलत निर्णयमा पछाडि रहेकी छिन् । उनी वामपन्थीलाई समर्थन गर्ने कट्टरपन्थी हुन् । राष्ट्रपतिको कुर्सीमा बस्ने मौका मिल्यो भने उनले देशलाई ध्वस्त पार्नेछिन् । हामी यस्तो हुन दिने छैनौँ’ ट्रम्पले भनेका छन् ।

ट्रम्प भन्छन्, ‘कमला ह्यारिस अमेरिकी इतिहासमा सबैभन्दा उदार निर्वाचित राजनीतिज्ञ हुन् । उनी अति–उदारवादी राजनीतिज्ञ हुन् । उनी भयानक छिन । उनी बर्नी स्यान्डर्स भन्दा बढी उदारवादी छिन् ।

उनी सत्तामा आइन् भने यो देशलाई छिट्टै ध्वस्त पार्नेछिन् । उनले सीमाको रक्षा गर्नु पर्ने थियो, तर उनी कहिल्यै सीमामा गइनन् ।’ अझै अगाडि ट्रम्पले भनेका छन् ।

ह्यारिसले जे कुरा छोयो त्यो पूरै बर्बाद हुने पनि उनले आरोप लगाएका छन् । आफ्नो भाषणमा ट्रम्पले ४५ पटक ह्यारिसको नाम लिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

यता कमला ह्यारिसले पनि डोनाल्ड ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी छिन् । विस्कन्सिन राज्यमा सम्बोधन गर्दै ह्यारिसले कडा परिश्रमबाट आफू चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै ट्रम्पलाई अपराधी र ठगको संज्ञा दिएकी हुन् ।

उनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्पको सामना गर्न आफू तयार रहेको दोहोर्याइन् ।

अब नोभेम्बरमा हुने निर्वाचनमा कमलाले जित हात पारिन् भने यो अमेरिकी इतिहासको अति नै दुर्लभ घटना हुनेछ । अहिलेसम्म अमेरिकाको २ सय वर्ष पुरानो इतिहासमा सत्तासीन ४ उप–राष्ट्रपतिले मात्रै राष्ट्रपतिको निर्वाचन जितेका छन् ।

अमेरिकामा अहिलेसम्म १५ जना उपराष्ट्रपति राष्ट्रपति बनेका थिए । तर ८ जनाले सत्तासीन राष्ट्रपतिको निधन भएपछि सो जिम्मेवारी सम्हालेका थिए । वर्तमान राष्ट्रपति जो बाइडसमेत २ जना अन्य प्रशासनमा काम गरेपछि राष्ट्रपति निर्वाचित भए ।

यदि ह्यारिसले चुनाव जितिन् भने उनी प्रथम अश्वेत, दक्षिण एशियाली अमेरिकन र महिला राष्ट्रपति हुने छिन्। अमेरिकी अश्वेत मतदाताहरूबाट समर्थन पाए उनलाई सजिलो हुने छ ।

यद्यपि ’ब्ल्याक लाइभ्स म्याटर’ अधिकार समूहले मङ्गलवार एउटा विज्ञप्ति जारी गर्दै डेमोक्र्याटहरूले “अश्वेत मतदाताहरूलाई भ्रमपूर्ण प्रभावमा पार्न खोजिरहेको“ आरोप लगाएको छ ।

यस्तोमा अब हुने निर्वाचनमा ट्रम्प र ह्यारिसबीच निकै कडा प्रतिष्पर्धा हुने देखिएको छ । दुवैमा जसले जित्छ, अमेरिकामा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा पनि फरक फरक अर्थ राख्ने देखिन्छ ।

युद्धरत रुसका लागि अहिले बाइडेनको उपराष्ट्रपतिसमेत रहेकी कमलासंग भन्दा डोनाल्ड ट्रम्पसंग डिल गर्न सहज हुने ठानिएको छ । किनभने ट्रम्पले अहिले नै भनिसके कि उनी राष्ट्रपति पदमा भएको भए यो युद्ध नै हुने थिएन र युक्रेनलाई सहयोग नगर्ने पनि उनले बताइसकेका छन् ।

अर्कातिर इजरेललाई भने कमलाको निरन्तरता बढी फाइदाजनक देखिने विश्लेषकहरु बताउँछन् । किनभने बाइडेन र कमलाको नेतृत्वमा रहेको अमेरिकाले अहिले पनि इजरेललाई हतियारसहितको सहयोग जारी राखेको छ ।

यद्यपी पछिल्लो समय अमेरिकाले गाजामा युद्ध रोक्न दबाब दिएको छ । तर यो देखाउने दाँत मात्रै भएको पनि कतिपय भन्न गरेका छन् । किनभने इजरेलले अमेरिकाको यो दबाब ठाडै अस्वीकार गर्ने गरेको छ ।

यसको बावजुद इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । यसले पनि बाइडेन र उनले अघि सारेका राष्ट्रपतिको उमेद्वार कमला ह्यारिसको जित इजरेलका लागि महत्वपूर्ण हुनेछ ।

सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो । मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एकले नेतान्याहूलाई ’युद्ध अपराधी’ घोषणा गरेका थिए ।

नेतन्याहूको सम्बोधनमा बाधा पु¥याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको छ । प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहूले भने, तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नु भएको छ ।

यता अर्को शक्तिराष्ट्र चीनले अमेरिकामा जोसुकै राष्ट्रपति आएपनि खासै फरक नपर्ने प्रतिक्रिया यसअघि नै दिइसकेको छ । भारतले भने कमलालाई भारतवंशी भन्दै प्रचार गरिरहेको छ, यद्यपी ट्रम्पसंग मोदीको निकटता रहेको छ ।

यस्तोमा तपाइँलाई चाँही अमेरिकाको राष्ट्रपति कसले जित्दा ठिक होला जस्तो लाग्छ ? बाइडेनले स्वास्थ्य र बुढौलीका कारण राष्ट्रपतिको दौडबाट विश्राम लिएका छन् ।

अनि पुस्तान्तरणको वकालत हुने नेपालमा शीर्ष नेताहरु भने के सत्तापक्ष के प्रतिपक्ष, को कतिऔं पटकअनि सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने भन्ने दौडमा लागेर आलोपालो गर्दै सत्तामा बसिरहने खेलमा छन् ।

यसमा आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top