NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

सौर्यमा ज्यान गुमाएकाको शव परिवारले बुझ्न थाले

शनिबार साउन १२ , २०८१
Reading Time: 1 min read
A A
सौर्यमा ज्यान गुमाएकाको शव परिवारले बुझ्न थाले
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ साउन , काठमाण्डौ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव परिवारजनले बुझ्न थालेका छन् । कम्पनीले बिमा र क्षतिपूर्ति रकम दिलाउन सक्दो सहयोग गर्ने आश्वासन दिएपछि परिवारजनले शव बुझ्न थालेका हुन् । आज विहानसम्म ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जनाको शव पनि परिवारले बुझेका छन् ।

विदेशी नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने बताइएको छ । केही शव आफन्त विदेशबाट आउनु पर्ने भएकोले बुझाउन ढिला भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालले पहिचान सकिएको सुनाउँदै शव बुझेर लैजान मिल्ने बताउँदासम्म सौर्य एयरलाइन्सले बिमा र क्षतिपूर्तिबारे कुनै निर्णय सुनाएको थिएन ।

LS Auto

मृतकका आफन्तले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेका अगाडि सौर्य एयरलाइन्सले बिमाका साथै उचित क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान सुनाएका थिए । शवको पहिचान सकिएको जानकारी पाएपछि मृतकका आफन्त तथा एयरलाइन्सका तर्फबाट मार्केटिङ प्रमुख मुकेश खनाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाबीच पटक–पटक छलफल भयो ।

एयरलाइन्सका मार्केटिङ प्रमुख खनालका अनुसार कम्पनीले आफ्ना सहकर्मीप्रतिको दायित्व वहन गर्न पछाडि नहट्ने प्रतिबद्धता मृतकका परिवारसामु गरेका थिए । शुक्रबार नै सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले सम्पूर्ण मृतकका परिवारजनलाई समवेदना व्यक्त गर्दै कम्पनीका तर्फबाट हुन सक्नेसम्मको साथ, सहयोग र सद्भाव रहने प्रतिबद्धतासहित विज्ञप्ति जारी गरेका थिए ।

दुर्घटनापछि सौर्य एयरलाइन्सका कुनै पनि उच्च पदस्थ अधिकारीहरू आफूहरूलाई सान्त्वना दिन नआएको र कम्पनीका तर्फका समवेदना सन्देशसमेत ननिकालेको भन्दै बिहीबार आफन्तजनले रोष व्यक्त गरेका थिए । कम्पनीका तर्फबाट बिमा र उचित क्षतिपूर्तिको आश्वासन पाएपछि शव बुझेर लैजान आफन्त तयार भएका थिए । गएको बुधवार विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सौर्यकै प्राविधिक, कर्मचारीसमेत गरेर १८ जनाको ज्यान गएको थियो । विमान दुर्घटना हुँदा क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो । शाक्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । यता १५ दिनअघिदेखि त्रिशूलीमा हराइरहेका बस र बेपत्ता यात्रु खोज्ने प्रयास अझै जारी छ । सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नारायणघाट–मुग्लिन सडकको सिमलतालमबाट बस खसेकै दिनदेखि उपलब्ध स्रोत साधनको प्रयोग गरेर बस तथा यात्रुहरुको खोजी सुरु गरेका थिए ।

पछि सरकारले हराएका बस र यात्रु खोज्न भनेर भारतसँग सहयोग मागेको थियो । भारतबाट साउन ५ गते चितवन आइपुगेको उद्धार टोली ‘एनडिआरएफ’ले नेपालको सशस्त्र प्रहरी बलसँग मिलेर भोलिपल्टदेखि नदीमा खोजी सुरु गरेको थियो । भारतीय टोली आएको ६ दिन पुगेको छ । एक साताको लागि भनेर आएको उद्धार टोलीबाट पनि अहिलेसम्म केही उपलब्धि नभएको सशस्त्र प्रहरी बलका डीएसपी शैलन्द्र थापाले बताए । केही उपलब्धि नलागेसँगै उद्धार टोली फर्किने या थप समय बस्ने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

भारतबाट ल्याइएको ३ सोनार डिभाइस, ४ जना गोताखोर र अन्य प्राविधिक टोलीसहित नेपाली सुरक्षाकर्मी खोजीमा निरन्तर जुटिरहेका छन्। गत असार २८ गते बिहानदेखि त्रिशुलीमा बेपत्ता बस अझै भेटिएका छैनन् । बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

३७ जना अझै बेपत्ता छन्। दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए । भारतीय टोली आउनुअघि पनि सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोनार क्यामेराकै प्रयोग गरेर खोजी गरिरहेका थिए । तर उनीहरुसँग त्यसको रेकर्ड प्रणाली थिएन । भारतीय टोलीसँग क्यामेरासँगै त्यसले देखाएका तस्वीर रेकर्ड गर्ने प्रविधि पनि छ ।

४ जना गोताखोर र एक्पर्टसहितको टोलीले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर सिमलतालदेखि करिब ३० किलोमिटर पर काभ्रेघाटसम्म सोनार क्यामेरा डुबाएर बस र यात्रुहरुको खोजी गरिरहेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सोनार क्यामेराले खोजी गर्दा केही स्थानमा शंकास्पद बस्तु हुनसक्ने आँकलन गरिएको बताए । ‘क्यामेराले खोजी गर्दा सिमलताल नजिकै, घुमाउने र केराबारी क्षेत्रका केही स्थानमा शंकास्पद बस्तु हुनसक्ने आँकलन गरिएको छ,’ उनले भने, ‘शनिबार दिउँसो सो क्षेत्रमा विशेष खोजी गर्दैछौं।’ प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) मगाएको छ ।

‘भारतबाट ४० किलोको चुम्बक आइपुगेको छ । आज १० बजेपछि त्यो चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ । बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ उनले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।’ उनले शनिबार हराएका बस खोजीका लागि अन्तिम प्रयास हुन लागेको बताए ।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए ।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालकाअनुसार अहिलेसम्म १९ जना यात्रुको शव भेटिएको छ । सनाखत भएका शवमध्ये ५ जना भारतीयका हुन्।

Tags: #त्रिशूलीमा बस खोज्न ४० किलोको चुम्बक#परिवारले बुझ्न थाले शव#सौर्य एयरलाइन्सको विमान दुर्घटना

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.