एक वर्षभित्र प्रदेश १ मा प्रदेश लोकसेवा

२ असोज ७५, मंगलबार
Share this
755shares

विराटनगर ,असोज २
प्रदेश नम्बर १ मा अबको एक वर्षभित्र प्रदेश लोकसेवाको गठन हुने भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश लोकसेवा आयोग गठन गरी एक बर्ष भित्र प्रदेशको प्रशासनिक काम कार्वाही अगाडी वढाउने बताएका हुन् ।

Advertisement

उनले तत्कालको अबस्थामा अहिले केन्द्र सरकारको मातहातका कर्मचारी मार्फत प्रदेश सरकारको प्रसाशनिक काम उनीहरुबाट चलाउनु परेको बताए ।

प्रदेश सभाको आज बसेको बैठकमा बोल्दै मन्त्री कार्कीले संघीय सरकारले लोकसेवा आयोग गठन प्रकृयाको कानुन बनाउन विलम्व गरिरहेकाले समस्या भएको जानकारी दिए ।उनले संघीय सरकारसंग छुटिएको छोरा जस्तै अहिलेको अबस्थामा प्रदेश सरकार बनेको बताए ।

Advertisement

‘एकै घरबाट वावुसंग छुटिएको छोरा जस्तै बनेको छ प्रदेश सरकार अहिले सबैकुरा काम गदै जादा अपुग हुन्छ’ मन्त्री कार्कीले भने,‘अभाव भएको समयमा छुटिएको छाराले अभाव टार्न आफनो वावुसंग आवश्यक सहयोग मागे जस्तै प्रदेश सरकारलेपनि संघीय सरकारसंग माग्नु पर्ने वाध्यता प्रदेश सरकारको नियति अहिलेको छ’ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top