पेरिस ओलम्पिकः एलेक्सले भंग गर्लान् हारको श्रृंखला ?

१४ साउन ८१, मंगलबार

१५ साउन, एजेन्सी ।

पेरिस ओलम्पिकमा नेपाली खेलाडीहरुको लगातार खराब प्रदर्शनका बीच आज अर्का खेलाडी पौडीवाज एलेक्स शाहले प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली सयम अनुसार दिउँसो ३ बजे हुनेछ । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् ।

यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । उनले गत फेब्रुअरीमा कताको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा ५२.१७ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सको लक्ष्य त्यसलाई सुधार गर्ने रहेको छ ।

Advertisement

अमेरिकामा बसेर अध्ययन र प्रशिक्षण गर्दै आएका एलेक्स उतैबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न पेरिस पुगेका हुन् । अमेरिकाको न्युयोर्कस्थित फोर्डहम युनिभर्सिटीमा साइकोलोजी अध्ययनरत एलेक्स फोर्डहम युनिभर्सिटीको क्लबमा प्रशिक्षण गर्दै आएका छन् । तीन वर्षअघि भएको टोकियो ओलम्पिकमा पनि सहभागिता जनाएका शाहको ओलम्पिकमा यो दोस्रो सहभागिता हो ।

सन् २०२१ मा भएको टोकियो ओलम्पिकको उद्घाटन समारोहमा उनले नेपालको झण्डा बोकेका थिए । त्यसबेला पनि एलेक्सले १०० मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गरेका थिए । त्यसबेला एलेक्सले ५३.४१ सेकेण्डको समय निकालेका थिए । एलेक्सले सन् २०१९ मा दक्षिण कोरियामा भएको वर्ल्ड च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए ।

टोकियो ओलम्पिक मार्फत ओलम्पिकमा डेब्यु गरेका एलेक्सले सन् २०१९, २०२३ र २०२४ गरी तीन पटक वर्ल्ड च्याम्पियनसिप र २०२२ को एसियन गेम्समा सहभागिता जनाइसकेका छन् । पौडीतर्फ यसअघि नेपालकी डुवाना लामाले महिला दुई सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै पहिलो चरणबाटै बाहिरिसकेकी छिन् ।

यस्तै जुडो खेलाडी मनिता श्रेष्ठसँगै टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङ्गकी सुस्मिता नेपालको प्रतिस्पर्धा पनि पहिलो खेलमै टुंगिसकेको छ । अब एलेक्सबाहेक ब्याडमिन्टनका प्रिन्स दाहालले समूहको अन्तिम खेल खेल्न बाँकी छ । प्रिन्सले अन्तिम खेल बुधबार खेल्दैछन् । यस्तै एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक महिला म्याारथनमा भाग लिन आज पेरिस जाँदैछिन् ।

दक्षिण एसियाली खेलकुद इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उनी ओलम्पिकको अन्तिम दिन म्याराथनमा दौडिने छिन् । १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

यस्तै, बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा पनि स्वर्ण जितेकी थिइन् । त्यसमा उनको प्रदर्शन दुई घण्टा ४६ मिनेट २२ सेकेन्ड रहेको थियो। यो नै उनले दौडेको एक मात्र म्याराथन हो । यसैक्रममा उनले नेपालको राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top