NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा सोमवार कार्तिक ३ , २०८२
सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो.. सोमवार कार्तिक ३ , २०८२
जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए सोमवार कार्तिक ३ , २०८२
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

पेरिस ओलम्पिकः एलेक्सले भंग गर्लान् हारको श्रृंखला ?

मङ्लबार साउन १५ , २०८१
Reading Time: 1 min read
A A
पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ साउन, एजेन्सी ।

पेरिस ओलम्पिकमा नेपाली खेलाडीहरुको लगातार खराब प्रदर्शनका बीच आज अर्का खेलाडी पौडीवाज एलेक्स शाहले प्रतिस्पर्धा गर्दैछन् । २२ वर्षीय शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली सयम अनुसार दिउँसो ३ बजे हुनेछ । पेरिस डा डिफेन्स एरेनामा हुने इभेन्टमा एलेक्स हिट ३ मा प्रतिस्पर्धा गर्नेछन् ।

यस हिटमा एलेक्ससहित ८ प्रतिस्पर्धी छन् भने कूल ८९ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । १०० मिटर फ्रिस्टाइलमा एलेक्सकै नाममा राष्ट्रिय कीर्तिमान छ । उनले गत फेब्रुअरीमा कताको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा ५२.१७ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सको लक्ष्य त्यसलाई सुधार गर्ने रहेको छ ।

LS Auto

अमेरिकामा बसेर अध्ययन र प्रशिक्षण गर्दै आएका एलेक्स उतैबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न पेरिस पुगेका हुन् । अमेरिकाको न्युयोर्कस्थित फोर्डहम युनिभर्सिटीमा साइकोलोजी अध्ययनरत एलेक्स फोर्डहम युनिभर्सिटीको क्लबमा प्रशिक्षण गर्दै आएका छन् । तीन वर्षअघि भएको टोकियो ओलम्पिकमा पनि सहभागिता जनाएका शाहको ओलम्पिकमा यो दोस्रो सहभागिता हो ।

सन् २०२१ मा भएको टोकियो ओलम्पिकको उद्घाटन समारोहमा उनले नेपालको झण्डा बोकेका थिए । त्यसबेला पनि एलेक्सले १०० मिटर फ्रिस्टाइलमै प्रतिस्पर्धा गरेका थिए । त्यसबेला एलेक्सले ५३.४१ सेकेण्डको समय निकालेका थिए । एलेक्सले सन् २०१९ मा दक्षिण कोरियामा भएको वर्ल्ड च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए ।

टोकियो ओलम्पिक मार्फत ओलम्पिकमा डेब्यु गरेका एलेक्सले सन् २०१९, २०२३ र २०२४ गरी तीन पटक वर्ल्ड च्याम्पियनसिप र २०२२ को एसियन गेम्समा सहभागिता जनाइसकेका छन् । पौडीतर्फ यसअघि नेपालकी डुवाना लामाले महिला दुई सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै पहिलो चरणबाटै बाहिरिसकेकी छिन् ।

यस्तै जुडो खेलाडी मनिता श्रेष्ठसँगै टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङ्गकी सुस्मिता नेपालको प्रतिस्पर्धा पनि पहिलो खेलमै टुंगिसकेको छ । अब एलेक्सबाहेक ब्याडमिन्टनका प्रिन्स दाहालले समूहको अन्तिम खेल खेल्न बाँकी छ । प्रिन्सले अन्तिम खेल बुधबार खेल्दैछन् । यस्तै एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक महिला म्याारथनमा भाग लिन आज पेरिस जाँदैछिन् ।

दक्षिण एसियाली खेलकुद इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । उनी ओलम्पिकको अन्तिम दिन म्याराथनमा दौडिने छिन् । १३औं दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।

यस्तै, बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा पनि स्वर्ण जितेकी थिइन् । त्यसमा उनको प्रदर्शन दुई घण्टा ४६ मिनेट २२ सेकेन्ड रहेको थियो। यो नै उनले दौडेको एक मात्र म्याराथन हो । यसैक्रममा उनले नेपालको राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् ।

Tags: #ओलम्पिक#पेरिस ओलम्पिकः

लोकप्रीय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

विचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

थप समाचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा
अन्तर्राष्ट्रिय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..
अन्तर्राष्ट्रिय

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए

सोमवार कार्तिक ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.