आइपिएल जस्तै बन्ला त एनपिएल ?

१७ साउन ८१, शुक्रबार

१८ साउन, काठमाण्डौ ।

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ । अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो । फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ । जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने छ ।

यस्तै, विदेशी कम्पनीको हकमा नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने तथा कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरु विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ । दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको छ । नेपाल प्रिमियर लिग छोटकरीमा एनपिएल नेपालको प्रथम व्यवसायिक क्रिकेट लिग हो।

Advertisement

सुरुवातमा एनसेल नेपाल प्रिमियर लिग नामले पनि चिनिएको यस प्रतियोगितामा टि–ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता अनुसार आयोजना भएको थियो। यस प्रतियोगितालाई सबै ढाँचामा निर्धारित समूहबाट राउन्ड रोबिन लिगमा खेलाइएको थियो। नेपालमै पहिलो पटक आयोजना भएको यस नेपाल प्रिमियर लिग ३१ बैशाख देखि १० जेठ २०७१ सम्म भएको थियो।

नेपालको राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा राम्रो प्रदर्शन गरेपछि अत्याधिक चर्चा तथा पर्खाइको विषय बनेको नेपाल प्रिमियर लिगको घोषणा विसं २०७० को फागुन १२ गते होटल ¥याडिसनमा एक पत्रकार सम्मेलनबाट गरिएको थियो। यसका लागि जोह्रा स्पोर्टस व्यवस्थापन नामक संस्था र नेपाल क्रिकेट सङ्घबीच तीन वर्षसम्मको लागि सम्झौता भएको छ।

यस प्रतियोगिताको मुख्य प्रायोजक नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले गरेको थियो। पञ्चकन्या तेजले पहिलो पटक भएको नेपाल प्रिमियर लिगको उपाधि जितेको थियो जसमा टोलीले फाइनलमा जगदम्बा जायन्ट्स विरुद्ध ९६ रनले खेल जितेको थियो। विजेता बनेको पञ्चकन्याले नगद २ लाख तथा ट्रफी पुरस्कार प्राप्त गरेको थियो भने उपविजेतामा सिमित जगदम्बाले नगद १ लाखमा चित्त बुझाएको थियो।

इन्डियन प्रिमियर लिग (आइपिएल)ले भारतीय क्रिकेटमा पारेको प्रभावजस्तै एनपिएलले पनि नेपाली क्रिकेटमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तर, यो प्रतियोगिता परिकल्पना गरिएको दिनबाटै विवादमा परेको छ । पहिलो लिगको संचालनका लागि विवादित भारतीय कम्पनीलाई जिम्मा दिइएको भन्दै ब्यापक विरोध भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top