×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

विश्व वरियतामा रोहित र सन्दीपको घटुवा

२४ श्रावण २०८१

२४ साउन , काठमाण्डौ।

आईसीसी पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेलको एक स्थान घटुवा भएको छ । रोहित एक स्थान तल झर्दै ९१ औँ स्थानमा पुगेका छन् । यो सूचीको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम र दोस्रो स्थानमा भारतका शुभमन गिल छन् । भारतीय कप्तान रोहित शर्मा तेस्रो स्थानमा आइपुगेका छन् ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा रोहित शर्मा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका हुन् । यस्तै भारतकै विराट कोहली भने एक स्थान तल झर्दै चौथो स्थानमा पुगेका छन् । यसैगरी एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज, दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड र तेस्रो स्थानमा अस्ट्रेलियाकै एडम जम्पा यथावत् छन् ।

यो सूचीमा नेपालका सोमपाल कामी एक स्थान सुधार गर्दै ८१ औँ स्थानमा आइपुगेका छन् । यसैगरी एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नबी, दोस्रो स्थानमा बङ्गलादेशका शाकिब अल हसन र तेस्रो स्थानमा जिम्बावेका सिकन्दर राजा यथावत् छन् ।

Advertisement
Advertisement

यो सूचीमा नेपालका कुशल मल्ल र सोमपाल कामी समान एक स्थान सुधार गर्दै क्रमशः ४७ औँ र ५१ औँ स्थानमा आइपुगेका छन् । यस्तै नेपालकै सन्दीप लामिछाने दुई स्थान तल झर्दै ७५ औँ स्थानमा पुगेका छन् । यसैगरी एकदिवसीय टिम वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा दक्षिण अफ्रिका यथावत् छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top