×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

एक्कासी जेलेन्स्कीको पावर बढ्यो, पुटिन के गर्दैछन् ?

२९ श्रावण २०८१

२९ साउन , विराटनगर ।

युक्रेनले रुसभित्र पसेर शहर तथा गाउँहरु कब्जा गर्न थालेपछि राष्ट्रपति भ्लादिमिर पुटिन दबाबमा परेका छन् । यता भोलोदिमिर जेलेन्स्कीको भने मनोबल बढेको छ । यसबीच पुटिनले आफ्नो क्षेत्रमा प्रवेश गर्ने युक्रेनी सेनालाई हटाउन आदेश दिएका छन् । उनका अधिकारीहरूले युद्धबाट एक लाख २० हजारभन्दा बढी मानिसलाई टाढा सारिएको बताएपछि पुटिनले यो आदेश दिएका हुन् ।

Advertisement
Advertisement

‘द्वन्द्व सिर्जना गर्नु, मानिसहरूलाई त्रास देखाउनु, रुसी समाजको एकतालाई नष्ट गर्नु दुश्मनको स्पष्ट लक्ष्य हो’, पुटिनले सरकारी अधिकारीहरूसँगको टेलिभिजन बैठकमा भने, ‘निसन्देह, रक्षा मन्त्रालयको मुख्य काम भनेको दुश्मनलाई हाम्रो क्षेत्रबाट लखेट्नु हो।’

किभले अघिल्लो मंगलबार रुसको पश्चिमी कुर्स्क क्षेत्रमा आश्चर्यजनक आक्रमण शुरु गर्दै दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा सबैभन्दा महत्त्वपूर्ण सीमापार आक्रमणमा दुई दर्जनभन्दा बढी बस्ती कब्जा गरेको थियो ।

त्यहाँका गभर्नर एलेक्सी स्मिरनोभले पुटिनसँगको बैठकमा लडाइँ शुरु भएपछि करिब एक लाख २१ हजार मानिस कुर्स्क क्षेत्रबाट भागेको, कम्तीमा १२ जना मारिएको र १२१ भन्दा बढी घाइते भएको जानकारी दिए ।

युक्रेनले यस क्षेत्रमा कम्तीमा १२ किलोमिटरभित्र पसेर ४० किलोमिटर लामो नयाँ मोर्चाका साथ २८ वटा सहर र गाउँ कब्जा गरेको स्मिरनोभले बताए । रूससँग लामो समयदेखि युद्धमा रहेको युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी लडिरहेको छ ।

अहिलेसम्म युक्रेनले कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था अल्जजिराले पनि जनाएको छ । पुटिनले भने यसको उचित जबाफ फर्काउने बाचा गरेका छन् । कुर्स्क क्षेत्रकै बिलोभिस्की जिल्लाबासीलाई पनि त्यस क्षेत्र छाड्न अधिकारीहरुले अनुरोध गरेका छन् ।

त्यस्तै युक्रेनले सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि रूसको बेलगोरोड क्षेत्र पनि खाली गर्न निर्देशन जारी भएको छ । बेलगोरोडका गभर्नर भ्याचेस्लाभ ग्लाडकोभले सोमबार टेलिग्राममा लेख्दै सुरक्षाका लागि स्थानन्तरण गर्न भनेका हुन् । युक्रेनी सेना प्रमुख ओलिक्सान्द्र सिर्स्कीले कुर्स्क क्षेत्रको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जामा रहेको बताएका छन् ।

युक्रेनले अहिले सबैभन्दा अब्बल सैनिकहरू प्रयोग गरी रूसको क्षेत्रमा पठाएको बताइएको छ । पुटिनले भने २०२२ फेब्रुअरी २४ मा तीन दिनमै युक्रेन कब्जा गर्ने योजनासहित आक्रमण गरेका थिए । तर त्यसो हुन नसकेपनि लामो समयसम्म छिटपुट ड्रोन आक्रमण बाहेक रूसी भूमिमा हमला नभएकाले जनतालाई खासै फरक परेको थिएन ।

तर अब जनता पनि तर्सिएका छन् । युक्रेनी सेना बिना कुनै रोकटोक आफ्नो भूमिमा पसेर विस्थापित हुन बाध्य भएपछि भने जनताले युक्रेनसँग युद्ध नै भएको हो भनेर बुझेका छन् । किनभने पुटिनले अहिलेसम्म युक्रेन युद्ध होइन कारबाही हो भन्ने गरेका छन् र यसलाई युद्ध भन्नेलाई कारबाही गर्ने गरेका छन् ।

तर अहिले आफ्नै उठीबास भएपछि भने रुसी जनता त्रासमा छन् । गत वर्ष पनि वागनर समूहले विद्रोह छेड्दा जस्तै रूसी सेनाले केही प्रतिरोध गर्न नसक्दा उनीहरु अहिले पनि झस्किएका छन् । यसबीच युक्रेनको हमला कति सफल भयो भन्ने आधिकारिक पुष्टि नभए पनि आफ्नो भूमिमा युक्रेनी सेना पसेको रूसले समेत स्वीकारेको छ ।

र उनीहरूलाई रोकिएको पनि दाबी गरेको छ । तर युद्धबारे ब्लग लेखिरहेका रूसी नागरिकहरूले नै युक्रेनको हमला रूसका लागि लज्जास्पद भएको लेखिरहेका छन् भनेर पश्चिमा मिडियाले जनाएका छन् । कतिपय ठाउँमा युक्रेनी सेना ३० किलोमिटरभन्दा भित्र पसेको बताइन्छ ।

त्यस्तै रूसका कैयौं ट्यांकर, बख्तरबन्द गाडी, अनि दर्जनौं सैनिक मारिएको र दर्जनौं सैनिकलाई बन्दी बनाइएको भनिएको छ । रूस सरकारले बढीमा हजार युक्रेनी सेनाले हमला गरेको भने पनि द गार्डियनले युक्रेनी स्रोतको हवाला दिँदै हजारौंको संख्यामा युक्रेनी सेना परिचालन गरिएको लेखेको छ ।

उता युक्रेनलाई हतियार र गोप्य सूचना दिएर सहयोग गरिरहेका अमेरिका लगायत पश्चिमा राष्ट्रले रूसी भूमि भित्र नछिर्नु भनेकाले रूस भने ढुक्कसँगले बसेको थियो । आफ्ना अब्बल सेना आफूले कब्जा गरेको युक्रेनी भूमिमा लड्न पठाएर सीमा रक्षाका लागि कमसल सैनिक खटाएको थियो ।

युक्रेनका उत्कृष्ट सेनाले एकै पटक हमला गरेपछि भर्खरै भर्ती भएका कमजोर सैनिकले केही प्रतिरोध गर्न सकेनन् । रूसी सेनाका संचार उपकरणहरू नचल्ने बनाएर अचानक हमला गरेपछि तुरून्तै अन्तबाट त्यहाँ सेना परिचालन गर्न पनि सम्भव भएन । र रूसले विगत ६ महिना जति लगाएर कब्जा गरेको युक्रेनी भूमिको हाराहारी रूसी भूमि अहिले युक्रेनले दुई–तीन दिनमै कब्जा गरेको बताइन्छ ।

रूसले अहिले त्यो क्षेत्रतर्फ थप सैनिक पठाएको छ । उता युक्रेन आफै पनि आफ्ना सैनिक धेरै भित्र पसे सुरक्षित नरहने बुझेर अझ भित्र पठाएको छैन । अरूबेला युक्रेनी हमलाको योजनाबारे पश्चिमा मिडियाले पहिल्यै थाहा पाउँथे । तर यसपटक भने अमेरिकालाई समेत थाहा नदिइकन योजना बनाइएकाले मिडियाले थाहै पाएनन् ।

धेरैजसो पश्चिमा मिडियाले डोनबास र खार्किभ क्षेत्रमा रूस हावी भइरहेका बेलामा थप सेना त्यता नपठाएर रूसभित्र छिरेर केही फाइदा नहुने जनाएका थिए । तर विस्तारै युक्रेनी हमलाबारे विवरणहरू आउन थालेपछि भने उनीहरू पनि छक्क परेका छन् । युक्रेनी हमलाले दीर्घकालीन फाइदा भए पनि, नभए पनि यो प्रशंसनीय भएको बताइरहेका छन ।

रुसी भूमीमा युक्रेनी सेना पस्नुका पछाडी अमेरिकाको ढाडस प्रमुख हो । विगतमा अमेरिकाले आफ्नो हतियार युक्रेनले बाहिर प्रयोग गर्न बन्जेद लगाएकोमा मेको अन्त्यमा भने रूसी भूमिभित्र पनि प्रयोग गर्न अमेरिकाले अनुमति दिएपछि रूसभित्र रहेका धेरै एस ३०० र ४०० मिसाइल डिफेन्स सिस्टमहरू युक्रेनले ध्वस्त पारेको थियो ।

युक्रेनले नेटो राष्ट्रहरूबाट भर्खरै अमेरिकी एफ–१६ लडाकू विमान पाएको छ । त्यसैलेपनि रूसी भूमि कब्जा गर्न युक्रेन सफल भएको छ । जति सजिलै रूसी भूमि कब्जा भयो र त्यसो गर्दा पनि पुटिनले आणविक हतियार प्रयोग नगरेको देखाउँदै युक्रेनले अझ शक्तिशाली हतियार पाए रूसलाई हराउन पनि सकिन्छ भनेर देखाएको छ ।

अमेरिका लगायत पश्चिमा राष्ट्रलाई हतियार दिन दबाव बढेको छ । आगामी दिनमा रूसी भूमि भित्र लामो समयसम्म बस्न नसके पनि यो सफलताले युक्रेनको मनोबल बढेको छ । यसबारे तपाइँका टिप्पणी के छन् अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top