NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

हसिनाले पिताका लागि न्याय मागिन् ,राष्ट्रिय शोक मनाउन अपिल

बुधबार साउन ३० , २०८१
Reading Time: 1 min read
A A
हसिनाले पिताका लागि न्याय मागिन् ,राष्ट्रिय शोक मनाउन अपिल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० साउन , विराटनगर ।

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतको शरणमा रहँदै आफ्ना पितालाई सम्झिएकी छन् । उनले भारतबाट एक अपिल जारी गर्दै आफ्ना बुबाको स्मृति दिवस मनाउनका लागि भोलि बिहीबार राजधानी ढाकामा उपस्थित हुन समर्थकलाई आग्रह गरेकी छिन् । हसिनाले अमेरिकामा रहेका आफ्ना छोरामार्फत विज्ञप्ति जारी गरी यो अपिल गरेकी हुन् ।

‘म तपाईँहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु’, उनले भनेकी छिन् । बंगलादेशको स्वतन्त्रताका नायक हसिनाका पिता मुजिबुर रहमान शेख सन् १९७५ अक्टोबार १५ का दिन सैन्य ‘कू’ मा मारिएका थिए । उनी बंगलादेशका राष्ट्रपिता मानिन्छन् ।

LS Auto

खासमा प्रधानमन्त्री पद त्याग्दै भारत भागेकी शेख हसिनाले यो पूरै घटनापछि पहिलोपटक औपचारिक प्रतिक्रिया दिएकी हुन् । छोरामार्फत उनले दिएको प्रतिक्रियामा हसिनाले देशमा दंगा गर्नेलाई कारबाही गर्न माग गर्दै आफ्ना पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिक तोडफोड गरिएको घटनामा न्याय पाउनुपर्ने माग गरेकी छन् ।

छोरा सजीवले गरेको पोस्टमा शेख हसिनाले १५ अगस्ट १९७५ मा कसरी बंगलादेशका तत्कालीन राष्ट्रपति मुजिबुर रहमान र उनको सम्पूर्ण परिवारको निर्ममतापूर्वक हत्या गरिएको थियो भन्ने कुरा उल्लेख गरेकी छन् । बुबालाई सम्झेपछि शेख हसिनाले देशको पछिल्लो अवस्थाबारे बोल्दै गत जुलाईदेखि अहिलेसम्म आन्दोलनका नाममा भएका हिंसा र आगजनीका कारण देशका कैयौँ निर्दोषले ज्यान गुमाउनु परेको उल्लेख गरेकी छन् ।

हसिनाले यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै अगस्ट १५ लाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउन देशवासीलाई अपिल गरेकी हुन् । वास्तवमा बंगलादेशका मिडियामा नयाँ अन्तरिम सरकारले १५ अगस्टको राष्ट्रिय बिदा रद्द गर्न लागेको दाबी भइरहेको थियो । शेख हसिनाको यो भनाइ सोही परिप्रेक्ष्यमा आएको हो ।

बंगलादेशको पत्रिका ढाका ट्रिब्यूनले देशको जनप्रशासन मन्त्रालयका केही स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय शोक दिवसका रूपमा मनाइने अगस्ट १५ को बिदा यसपटक रद्द हुन सक्ने जनाएको थियो । यस्तै डा. मोहम्मद युनुसको अध्यक्षतामा बसेको सल्लाहकार परिषद्को बैठकले पनि अगस्ट १५ तारिख अर्थात् भोलिको राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

बङ्गलादेशको सेनाको एक समूहले सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उनको परिवारका धेरै सदस्यको हत्या गरेको थियो । यसैको सम्झनामा यसअघि हरेक वर्ष अगस्ट १५ मा बङ्गलादेशमा सार्वजनिक बिदा दिने गरिएको थियो । जुन अब यो पटक देखि काटिने भएको हो । यसैबीच बंगलादेशको अन्तरिम सरकारका प्रमुख प्राध्यापक मोहम्मद युनुसले भने पूर्वप्रधानमन्त्री शेख हसीनालाई दानव भनेर सम्बोधन गरेका छन् ।

साथै उनले विद्यार्थी नेताहरूको खुलेरै प्रशंसा गरेका छन् । उनले विद्यार्थीको नेतृत्वमा महान् क्रान्ति भएको र त्यसले सत्ता नै बदलेको भन्दै खुसी प्रकट गरे । उनले शेख हसिनामाथि टिप्पणी गर्दै भने‚ ‘विद्यार्थीहरूकै साहस र बलिदानीले दानव (हसिना)ले देश छोडेर भाग्नुप¥यो।’ युनुसले प्रदर्शनका क्रममा ज्यान गुमाएका विद्यार्थीलाई श्रद्धाञ्जली दिएका छन् ।

साथै विद्यार्थी मारिएका घटनाको छानबिन गर्ने आश्वासन पनि दिए । यतिखेर बंगलादेशको जनजीवन सामान्य छैन् । युनुसको सरकारका सामु विभिन्न चुनौती छन् । उनले भने‚‘देशमा पूरै प्रणाली ध्वस्त भएको छ । नयाँ सरकार बनेको छ ‚ हामीले नयाँ शुरुआत गर्नेछौँ । नयाँ निर्णय लिँदा कसैले मन पराउँछन् भने कसैले पराउँदैनन् ।’ गत बिहीवार युनुसले अन्तरिम सरकारको प्रमुखको शपथ लिएका थिए ।

उनको सरकारमा १६ जना मन्त्री छन्। ती सबैलाई सल्लाहकार भनिन्छ । उक्त सरकारमा विद्यार्थी नेताहरू नाहिद इस्लाम र आसिफ महमुद पनि सहभागी छन् । सत्तापलट भएपछि सेना‚ राष्ट्रपति र बेगम खालिदा जियाको दल बीएनपीले सत्तामा जाने चासो देखाएका थिए । विद्यार्थी नेताहरूले युनुस बाहेक अरूको सरकार स्वीकार्य छैन भनेर प्रदर्शन नरोक्ने चेतावनी दिएका थिए । त्यसपछि सबै पक्ष युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न तयार भएका थिए ।

यसैबीच गत महिना प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बंगलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान शुरु गरेको छ । निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाले भने, ‘शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।’

मियाका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बंगलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो । हसिना सत्तामा रहँदा भएको विद्यार्थीको प्रदर्शनका क्रममा ४५० भन्दा बढी मानिस मारिएका थिए ।

Tags: #पिताका लागि न्याय#बंगलादेश सरकार#शेख हसिना

लोकप्रीय

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

विचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
खेलकुद

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.