×

NEPAL TIMES UPDATES

Playing
खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान#nepal #plane #middleeast|| Nepal Times
Apr 03, 2026
Playing
Top 15 Afternoon News|| April-03-2026 ||Nepal Times
Apr 03, 2026
Playing
रास्वपाले उपसभामुख कसलाई देला ? यस्तो छ संभावना,कांग्रेस, एमालेको च्याप्टर क्लोज|| Nepal Times
Apr 03, 2026
Playing
Iran यु द्धमा Americaको दिनको खर्च कति ? Trumpले निकाले महान्याधिवक्ता || NepalTimes
Apr 03, 2026
Playing
बादलले एमाले भित्र आगो लगाए,आजै वार कि पार, महेश बस्नेत खुशी|| Nepal Times
Apr 03, 2026
Playing
हिजोका रवि र आजका रवि || NepalTimes
Apr 03, 2026
Playing
इरान यु द्धले इन्धनको हाहाकार, विश्वभर असर, अमेरिकी थला परे|| Nepal Times
Apr 03, 2026
Playing
राजस्व चुहावट रोक्न के गर्दैछ सरकार ? स्वर्णिम–सुदनले के छलफल गरे ? || Nepal Times
Apr 02, 2026
Playing
लेखकको चिन्ता एमालेलाई, कांग्रेस मौन || Nepal Times
Apr 02, 2026
Playing
प्रधानमन्त्री बालेन र प्रतिपक्षी हर्कबीच पुनर्मिलन, ’अब ढोका खुल्यो’ || Nepal Times
Apr 02, 2026

भदौ ११ गते विराटनगरमा रथयात्रा निकालिने, तीव्र पारियो तयारी

३० श्रावण २०८१

३० साउन, विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रदर्शन गरिने धार्मिक एवम् ऐतिहासिक महत्त्वको राधाकृष्ण रथयात्रा विराटनगरमा भदौ ११ गते निकालिँदै छ । उक्त रथयात्राको तयारीबारे बुधबार मोरङ प्रशासनमा छलफल भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रथयात्राबारे आयोजक समिति, सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल गरेका हुन् । रथको मर्मत–सम्भार, तयारी र रथयात्राका लागि चाहिने आवश्यक सुरक्षाकर्मी र स्वयंसेवकबारे भट्टराईले जानकारी लिएका छन् ।

Advertisement

प्रत्येक वर्ष विराटनगरमा निकालिँदै आएको रथयात्रा दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्राका रूपमा परिचित छ । विश्व हिन्दू समुदायमा विराटनगरको रथयात्रालाई चिनाउनेगरी तयारी गर्न कैलाश रेग्मीको अध्यक्षतामा ५०१ सदस्यीय आयोजक समिति र १८ सदस्यीय उपसमिति गठन गरिएको छ ।

यसपालिको रथयात्राको शुभारम्भ कोशी प्रदेशकका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निरला कार्कीलगायतले गर्ने श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका अध्यक्ष रेग्मीले जानकारी दिए ।

‘मुख्यमन्त्री कार्की प्रमुख अतिथिका रूपमा शुभारम्भ कार्यक्रममा आउनुहुनेछ भने मेयर कोइराला संरक्षकका रूपमा हुनुहुनेछ,’ उनले भने, ‘अघिल्लो वर्ष उल्लेख्य रूपमा भक्तजनले अवलोकन गर्नुभएको थियो । यसपालि अझै बढ्ने हाम्रो आँकलन छ ।

भदौ ११ गते विराटनगर महानगरपालकिा–१ स्थित पानीट्यांकीबाट निस्कने रथयात्रा नगर क्षेत्रको विभिन्न ४३ स्थानमा रोकेर पुनः मन्दिरमा पुगेर समापन हुने उनले बताए ।

रथयात्राको तयारीका लागि शान्ति सुरक्षा, रुट व्यवस्थापन र अतिथि आमन्त्रणलगायतका काम जारी छ भने स्वयंमसेवक परिचालन तथा रथ सजावटको कार्य बाँकी रहेको छ ।

कोशी प्रदेशसहित नेपाल र भारतका पाँच लाखभन्दा बढी भक्तजनहरूले श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्ने आँकलन गरिएको रथयात्रा आयोजक समितिका सचिव कृष्ण कार्कीले बताएका छन् ।

१९८९ सालबाट सुरु भएको खटयात्रालाई विकाश र परिमार्जन गर्दै २०२५ सालदेखि यहाँ राधाकृष्ण रथयात्राको रुपमा प्रदर्शन गरिँदै आएको छ । यो ९३औं संस्करणको रथयात्रा हो ।

Advertisement

यसपटकको रथयात्रा पनि अघिल्लो वर्षझैं पानी ट्याङकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु गरेर तीनपैनी, गोल्छाचोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, बसपार्क, महेन्द्र चोक, शनिमन्दिर, भृकुटी चोक र बरगाछीबाट दुर्गा चोक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।

भर्खरको समाचार

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

अमेजनको डाटा सेन्टरमा ‘मिसाइल वर्षा’, इरानलाई ढुंगेयुगमा पुर्याउने ट्रम्पको धम्की

59dbc9b9-6c48-4a83-89fa-8e3f80b9cc87

५४ वर्षपछि चन्द्रमातर्फ दोस्रो उडानः १० दिनसम्म परिक्रमा

2269453122

सम्बन्धित खबरहरु

Scroll to Top