तस्बिरमा हेर्नुहोस्, कोशी प्रदेशकै उत्कृष्ट सडक

२९ साउन ८१, बुधबार

३० साउन, तेह्रथुम । कोशी प्रदेश सरकारको महत्त्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन् ।

कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्त्वपूर्ण योगदान पुग्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।

१७ किलोमिटर लामो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भइ तेह्रथुमको सदरमुकाम म्याग्लुङसम्म पुर्‍याउने लक्ष्यका साथ निर्माण गरिएको हो ।

सडक सञ्जालको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशकै उत्कृष्ट सडकका रूपमा रहेको यो सडक निर्माणले स्थानीय बजार प्रर्वद्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले पहाडी जिल्लामा भइरहेको बसाइँसराइ रोक्न र कृषि र पर्यटनलाई प्रर्वद्धन सडक महत्वपूर्ण हुने बताए । उनले भने, “आज पहाडमा बसाइँसराइ बढ्दै गएको छ, यो रोक्न नीतिगत व्यवस्था गर्दै शिक्षा र स्वास्थ्यमा पनि सरकारले काम गर्ने छ ।”

प्रदेश संरचना नयाँ भएपनि यसले महत्वपूर्ण काम गरिरहेको र कोशी प्रदेशको समृद्धिको लागि आगामी वर्ष कोशी पर्यटन वर्ष मनाउने तयारी भइरहेको जानकारी दिए ।

“नयाँ संरचना हो हामी राम्रा र देखाउन हुने काम गर्ने छौँ,” उनले भने, “आगामी असोज ११ गते पर्यटन दिवसका दिन सबै नीतिगत कुराहरू घोषणा गरेर पर्यटन वर्षको तयारीलाई तीव्रता दिने छौँ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top