विराटनगर भदौ ३ , तिन दिनको विभिन्न कार्यक्रम सार्वजनिक गरी तेस्रो संबिधान दिवस मनाउने घोषण गरेका एक नम्बर प्रदेश सरकारले भव्यता पुर्वक मनाएको छ ।
अस्थायी राजधानी रहेको बिराटनगरमा पहिलो पल्ट बृहत्त औपचारिक कार्यक्रम आयोजना गर्दै एक नम्बर प्रदेश सरकारले भव्यरुपले संबिधान दिवस मनाएको हो ।
बिराटनवरको शहिद रंगशालामा आयोजित मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बिभिन्न झाँकी , सेना प्रहरीको परेड , गीत नृत्य प्रस्तुत गरिएको थियो ।
समारोहमा एक नम्बर प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्वाहाङ मुख्य मन्त्री शेरधन राई , सभामुख प्रदिपकुमार भण्डारी , प्रदेशका मन्त्रीहरु , प्रदेश सभा सदस्य , मुख्य न्यायधिश , प्रदेश न्यायधिबक्त्ता , न्यायधिशहरु , पत्रकार , उद्योगी व्यपारी पत्रकार , कर्मचारी , खेलाडी लगायतको बाक्लो उपस्थिती थियो ।
संबिधान दिवसलाई सफल बनाउन धिमाल , राई , लिम्बु , सतार बाँतर , थारु , नेवार र खस समुदाय सहित बालबालिका र जेष्ठ नागरिकरुले पनि झाँकी प्रर्दशन गरेका थिए । उत्कृष्ट झाँकी प्रर्दशन गर्नेहरुलाई पुरस्कृत पनि गरियो ।
दिवसको भव्य कार्यक्रमलाई सम्बोधन गर्दै एक नम्बर प्रदेशका मुख्य मन्त्री तथा मुल समारोह समिति संयोजक शेरधन राईले संबिधानले नेपालीलाई प्रतिबद्ध भै एक जुट भएर मुलकुमा शान्ति बिकास र समृद्धिकालागि योगदान दिन प्रेरणा प्रदान गर्ने बताए ।
उनले सबैले एक जुट भएर योदान दिन सकेमात्र देश दिगो रुपले चाँडो शान्ति , बिकास र समृद्धिमा जान सक्छ भने ।
नेपालको संबिधानले बहुजातिय , बहुभाषिक , बहुसास्कृतिक , बहु धार्मिक र भौगोलिक बिधिधतायुक्त्त राष्ट्रको रुपमा परिभाषित गरेको र सबैखाले भेदभाव र छुवाछुतलाई अन्त गरेर मानव अधिकारको संरक्षण गर्न सफल भएको बताए । उनले बहुदलिय लोकतान्त्रिक , गणतन्त्रात्मक शासन व्यवस्था , मौलिक र मावन अधिकार आवधिक निर्वाचन आदिको माध्यबाट दिगो शान्ति , शुसासन सहितको बिकास र संबृद्धि हासिल गर्न सकिने धारणा व्यक्त्त गरे ।
एक नम्बर प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहांङले मंगलबार अपरान्ह्र संबिधान दिवसको अवसरमा शुभकामना आदानप्रदान सहित जलपान कार्यक्रम आयोजना गरेका थिए ।