×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

कुलमान योजना : चामल बेचेर आफू भोकै, १८ गाउँ अझै अन्धकार !

६ भाद्र २०८१

६ भदौ, विराटनगर ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु ।

नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो । तर, त्यसयता निरन्तर रूपमा घाटा बेहोर्दैआएको प्राधिकरण पछिल्ला वर्षहरूमा भने उक्सिँदै आएको छ । झन्, गत आर्थिक वर्षमा त प्राधिकरणले झन्डै सवा १२ करोड नाफा निकालेको छ ।

Advertisement

प्राधिकरणको विद्युत् आयात–निर्यातको तथ्यांक हेर्दा उसले गत आर्थिक वर्षमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको विद्युत् आयात गर्दा १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको हो । यसरी हेर्दा बिजुली बेचेर प्राधिकरणलाई १२ करोड २३ लाख रुपैयाँ मुनाफा भएको देखिन्छ ।

अझ,भारतले बिहार र हरियाणा राज्यका लागि नेपालसँग थप २५१ मेगावाट विद्युत् खरिद गर्नेगरी सम्झौता गरिसकेको छ । त्यसका अलावा प्राधिकरणले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्नेगरी सहमतिसमेत गरिसकेको छ । तर, वर्षायाममा बिजुली बेच्न सक्ने क्षमता बनाएको नेपालले अझै पनि सुख्खा याममा भारतकै भरपर्नुपर्ने अवस्था छ ।

वर्षायाममा सात सय मेगावाटभन्दा बढी बिजुली निर्यात गर्ने अवस्थामा प्राधिकरण पुगेको छ । हुन त उत्पादनमा वृद्धि गर्दै लान सकेमा भारतलाई आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने परिकल्पना पनि साकार होला ! यसरी बढीभन्दा बढी विद्युत् निर्यात गर्न सकेको प्राधिकरणले ठूलो उपलब्धि ठानेको छ ।

आर्थिक रूपमा यसलाई ठूलै प्रगति मान्न सकिए पनि प्राधिकरणले स्वदेशी माग भने अझै पूरा गर्न सकेको छैन् । अरूतिर बिजुली बेचिरहेको प्राधिकरणले नेपालका ७५३ स्थानीय तहमध्ये १८ तहमा अझै विद्युत्को पहुँच पुर्‍याउन सकेको छैन् । कोशी प्रदेशको १४ जिल्लामध्ये सोलुखुम्बु र संखुवासभाका कतिपय गाउँ अन्धकारमा छन् । ती नेपालका झिलिमिलि बत्तीमुनिका अध्यारा गाउँ हुन् ।

बिजुलीको पहुँचमा नरहेका १८ पालिकाका बासिन्दामध्ये कतिले लघु जलविद्युत् र सौर्य ऊजाएबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणको तथ्यांक छ । कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युतको पहुँच पुर्‍याएको दाबी गरेका प्राधिकरण प्रमुख कुलमान घिसिङले चालु आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रसारण पूर्वाधार निर्माणमा ध्यान दिएर देशैभरि उज्यालो छर्ने काममा प्राधिकरणले कहिले सफलता पाउला । त्यो भने हेर्न बाँकी नै छ । वार्षिकोत्सवमै क्रममा कुलमानले प्राकृतिक र प्राविधिक कारण यदाकदा बिजुली आउने-जाने गरे पनि लोडसेडिङ अब इतिहास भइसकेको बताएका थिए ।

प्राधिकरणले २०७३ मा तिहारको लक्ष्मीपुजाको दिनदेखि काठमाडौं उपत्यकामा र २०७५ वैशाखदेखि देशभर लोडसेडिङ अन्त्य गरेको थियो । तर, अहिले पनि उद्योगी–व्यवसायीहरूको ‘अघोषित्’ रूपमा लोडसेडिङको सामना गर्नुपरिरहेको गुनासो आउन छाडेको छैन ।

अझ ट्रंक लाइन र डेडिकेटेड लाइनको विवादले गर्दा विद्युत् प्राधिकरण र उद्योगीहरूबीचको टकराव उत्कर्षमा छ । निजी क्षेत्रले बनाएका साना, ठूला जलविद्युत आयोजनाको विद्युत प्राधिकरणले भारतमा बेच्न पाएको हो । प्राधिकरण आफ्नै उत्पादन निकासी गर्ने अवस्थामा छैन ।

अब निकासी बढाउन र उत्पादनमा वृद्धि गर्नुका साथै प्रसारण पूर्वाधार निर्माणको पनि आवश्यकता छ । निकासीका लागि सक्षम नभइकन जनतालाई नै अध्यारोमा राखेर हामीले विद्युत् निकासी गर्न थाल्यौं भनेर ‘धाक’ लगाउनुचाहिँ बेकार जस्तै हो ।

Advertisement

नेपाललाई समृद्ध बनाउन केही प्रमुख आधारमध्ये विद्युत्, प्रमुख आधार हो । विद्युत निकासीले व्यापार घाटा काम गर्नेमात्र नभएर विदेशी मुद्रा आर्जनमा पनि ठूलो टेवा पुर्‍याउँछ । विद्युत् निर्यात गरेर देश धनी भएको दिन कहिले आउला ? त्यो दिन सबै नेपालीको चाहना छ । तर त्यसका लागि ठूलो लगानी आवश्यक छ। लगानीको त्यो आशा भने विश्व बैंक र एसियाली विकास बैंकले पूरा गरिदिने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top