बिहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना

८ भदौ ८१, आइतबार

९ भदौ ,विराटनगर ।

Advertisement

 शुक्रबार नेपालमा भारतीय तीर्थयात्री सवार बस दुर्घटनामा परेको दुई दिन पनि बित्न नपाउँदै आज भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटनामा परेको छ ।

बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

Advertisement

बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्फ जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको बस आज बिहान समस्तीपुरको एनएच–२८ राजमार्गमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा सडकमा पल्टिएको थियो ।

Advertisement

तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमा पल्टिएको थियो ।

बसमा ४३ जना यात्रु रहेका खबरमा उल्लेख छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । बस देवघरतर्फ गइरहेको थियो ।

शनिबार बिहान ११ बजे नेपालबाट गएको बस भारतमा आज बिहान ३ बजे पल्टिएको हो ।

दुर्घटनाबाट घाइते केही नेपाली यात्रुहरू प्राथमिक उपचार सकेर फर्केका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top