आइफोन प्रो म्याक्स–१६ सेप्टेम्बरदेखि बजारमा

८ भदौ ८१, आइतबार

९ भदौ ,एजेन्सी ।

स्मार्ट फोनको बजारमा सर्वाधिक प्रतिक्षा बन्ने गरेको आइफोनको नयाँ संस्करण आइफोन प्रो म्याक्स–१६ आउँदो सेप्टेम्बरदेखि बजारमा आउने भएको छ । तर आइफोन प्रो म्याक्स–१५ र आइफोन प्रो म्याक्स–१६ मा धेरै ‘फिचर्स’हरुको समानता छ । केही सामान्य कुराहरु मात्र फरक छ । अपरेटिङ सिस्टमको हिसाबले आइफोन प्रो म्याक्स–१६ मा आइओएस–१८ रहेको छ भने चिप्स ए–१८÷२ नानोमिटर रहेको छ ।

तर, आइफोन प्रो म्याक्स–१५ मा आइओएस–१७, चिप्स प्रो–३ नानोमिटर छ । यस आधारमा आइफोन प्रो म्याक्स–१५ भन्दा १६ केही स्मार्ट हुनेछ । दुबै फोन स्क्रिनको हिसाबले समान रहनेछन् । जस्तो–दुबै भर्सनको स्क्रिन साइज ६.७ इञ्च र स्क्रिन र बडीको रेसियो ८९.८ प्रतिशत रहनेछ । त्यस्तै, स्क्रिन रेजुलेसन दुबैको १२९०÷२७९६ पिक्सेल रहने छ ।

दुबै फोनको पिक्सेल डेन्सिटी ४६० पीपीआई रहनेछ भने स्क्रिन प्रोटेक्सन पनि समान रहनेछ । आइफोन प्रो म्याक्स–१५ भन्दा आइफोन प्रो म्याक्स–१६ को लम्बाइ र चौडाई दुबै अलिकति बढी छ । तर, फोनको बाक्लोपन चाहिँ आइफोन प्रो म्याक्स–१६ को केही बढी हुनेछ । आइफोन प्रो म्याक्स–१५ को लम्बाइ १५९ एमएम छ भने चौडाइ ७६.७ एमएम छ ।

मोटाइ (बाक्लोपन) ८.३ एमएम छ । तर, आइफोन प्रो म्याक्स–१६ को लम्बाइ १६० एमएम, चौडाइ ७७.६ एमएम छ र मोटाइ (बाक्लोपन) ७.९ एमएम रहने छ । आइफोन प्रो म्याक्स–१५ र १६ दुबै भर्सनमा ८ जीबी ¥याम रहनेछ । दुबैले बाहिरी मेमोरी कार्ड सपोर्ट गर्ने छैनन् । इन्टरनल स्टोरेज मेमोरीमा भने आइफोन प्रो म्याक्स–१६ अलिकति स्मार्ट छ ।

आइफोन प्रो म्याक्स–१५ फोन २५६÷५१२ जीबी र १ टीबीसम्मको पाइन्छ भने आइफोन प्रो म्याक्स–१६ चाहिँ यसका अतिरिक्त २ टीबी सम्मको पाइन्छ । क्यामेराको हकमा पनि आइफोन प्रो म्याक्स–१५ बोक्नेले आइफोन प्रो म्याक्स–१६ आउँदा कुनै टेन्सन लिनुपर्दैन । किनभने, दुबै फोनका क्यामेराको क्वालिटी समान हुनेछन् । दुबै फोनमा ४८ एमपी वाइडका ट्रिपल रियल क्यामेरा रहनेछन् ।

रिलय क्यामेरा अन्तरगत १२ एमपी टेलिफोटो र १२ एमपी अल्ट्रावाइड क्षमता रहनेछ । भिडियो रेकर्डिङ दुबैले ४–के÷६० एफपीएस क्षमताको गर्नेछन् । सेल्फी खिच्दा दुबैको क्षमता समान अर्थात् १२ एमपी वाइड रहनेछ भने फ्रन्ड भिडियो दुबैले ४–के÷६० एफपीएसकै खिच्नेछन् । मोबाइलको ब्याट्री आइफोन प्रो म्याक्स–१६ मा ४५००MAh रहेको छ भने आइफोन प्रो म्याक्स–१५मा ४४४१ MAh रहेको छ ।

तारबाट चार्ज गर्दा दुबै फोन आधा घण्टामा ५० प्रतिशत चार्ज हुन्छन् । यस्तै युएसपी पोर्ट दुबै फोनले टाइप–सी सपोर्ट गर्नेछन् । आएपी रेटिङ पनि समान अर्थात् ६८ नै रहनेछ । स्क्रिन सेभर पनि समान छ । स्क्रिन ब्राइटनेस, रिफ्रेस रेट । स्क्रिन टाइप पनि समान रहेका छन् । दुबै फोनले ५–जी सपोर्ट गर्नेछन् । जीपीयु पनि दुबैको समान अर्थात ६–कोर रहनेछ ।

तर, सीपीयु चाहिँ आइफोन प्रो म्याक्स–१६ को अलि पावरफूल छ । आइफोन प्रो म्याक्स–१६ को सीपीयु ३.८३ गिगाहर्जको हुनेछ भने आइफोन प्रो म्याक्स–१५ चाहिँ ३.७८ को रहेको छ । विश्व बजारमा आइफोन प्रो म्याक्सको विभिन्न प्रकारको दाम रहेको छ । सामान्यतः आइफोन प्रो म्याक्स–१५ को मूूल्य ११९९ अमेरिकी डलर अर्थात् करिब १ लाख ५९ हजार (नेपालमा १ लाख ८० हजार भन्दा बढी) पर्छ ।

आइफोन प्रो म्याक्स–१६ को मूल्य आइफोन प्रो म्याक्स–१५ को भन्दा एक सय डलर ( अर्थात् १३ हजार रुपैयाँ) बढी पर्ने अनुमान गरिएको छ । यो हिसाबले हेर्दा नेपालमा आइफोन प्रो म्याक्स–१६ को मूल्य झण्डै २ लाखसम्म पर्न जान्छ । आइफोन इन्टरनेट तथा मल्टीमीडिया चलाउन मिल्ने एप्पल आइएनसीद्वारा बनाइएको तथा बजारमा ल्याइएको एउटा स्मार्टफोन हो ।

पहिलो आइफोन ९ जनवरी २००७ मा एप्पल आइएनसीका प्रमुख कार्यकारी अधिकृत स्टिभ जब्सले सार्वजनिक गरेका थिए । यसको सबैभन्दा पछिल्लो संस्करण प्रो म्याक्स–१६ हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top