विराटनगर ,असोज ४
जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण एवम् अनुसन्धानका लागि डिजिटल प्रहरी परिचालन प्रणालीको एप्सको बिकास गरेको छ । प्रहरी कार्यालयले प्रविधियुक्त सो एप्सलाई आजबाट कार्यान्वयमा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालयका आयोजित कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ए्प्सको एक कार्यक्रमका वीच एप्सको शुभारम्भ गरे । नेपाल प्रहरीले पहिलो पल्ट मोरङ जिल्लावाट डिजिटल प्रहरी परिचालन प्रणालीको एप्सको विकास गरी प्रयोगमा ल्याएको हो ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज केसीले मोबाईल फोन प्रविधि मार्फत अपराध सम्बन्धी सुचना दिन सक्ने बताए । प्रहरी परिचालनलनाई सुद्धढ बनाउनको लागि मोवाईल एप्स मार्फत सुचना प्राप्ती,सुचना अभिलेखिकरण,प्रहरी परिचालन,प्रहरी कार्वाहीको रिर्पाट समेत प्राप्त गर्ने नेपालमा पहिलो पल्ट यो एप्स प्रयोगमा ल्याइएको हो ।
डिजिटल परिचालन प्रणलीको शुभारम्भ गर्नु हुदै मुख्यमन्त्री शेरधन राईले एक नम्वर प्रदेशमा शान्ति सुरक्षा र सुशासन कायम गर्न प्रविधि मैत्री प्रणालीको विकास आवश्यक रहेको बताए ।
उनले संघीय सरकार तथा स्थानीय सरकारको संरचना र ढाचा हरु पहिलेदेखीनै वनेपनी प्रदेश सरकारको संरचना र कानुन तथा निति नियम नवनेका कारण सहज रुपले कामगर्न नसकेको वताए ।
कार्यक्रममा वोल्दै एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नागरिकको सुरक्षाका लागी प्रदेश सरकार संवेदनशिल रहेको बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी, एक नम्वर प्रदेश प्रमुख डिआइजी केदार रिजालले डिजिटल प्रहरी परिचालन प्रणालीलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।