मेसी ‘फिट’ नभएपछि पाउलो डेबालालाई टोलीमा राख्यो अर्जेन्टिनाले

१० भदौ ८१, मंगलबार

११ भदौ, विराटनगर ।

अर्जेन्टिनाका फरवार्ड पाउलो डेबाला फिफा विश्वकप छनोट खेल्न राष्ट्रिय टोलीमा परेका छन् । अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले हालै ३० वर्षीय डेबालालाई टिममा बोलाएका हुन् ।

हाल एएस रोमाबाट व्यवसायिक फुटबल खेलिरहेका डेबाला अर्जेन्टिनी टोलीको दोस्रो वरीयताका स्ट्राइकर हुन् । लियोनल मेसी नहुँदा डेबालाले नै स्ट्राइकरको भूमिका निर्वाह गर्छन् ।

Advertisement

कप्तानसमेत रहेका मेसी ‘फिट’ नरहेका कारण पनि डेबालालाई टोलीमा बोलाइएको अनुमान गरिएको छ । मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने पक्का छ । चोटका कारण उनले चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका हुन् ।

इन्टर मियामीबाट व्यवसायिक फुटबल खेलिरहेका ३७ वर्षीय मेस्सी चोटका कारण लामो समययता मैदानबाहिर छन् ।

उनी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएर अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो ।

कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओरका विजेता मेसी कोपा अमेरिका सकिएपछि उनी आफूआबद्ध क्लब इन्टर मियामीमा रहेर रिकभरीको प्रयास गरिरहेका छन् ।

अब, उनले सेप्टेम्बर ५ मा हुने चिलीसँगको खेल गुमाउने छन् । विश्वकप छनोटअन्तर्गत साविक विजेता अर्जेन्टिनाले घरेलु मैदानमा चिलीसँग खेल्ने छ । त्यसको पाँच दिनपछि उसले कोलम्बियासँग उसको मैदानमा प्रतिस्पर्धा गर्ने छ ।

त्यही कारण अर्जेन्टिना एफएले छनोटका लागि घोषणा गरेको टोलीमा उनलाई २८ सदस्यीय समावेश गरिएको थिएन । प्रारम्भिक चरणको टोलीमा सन्न्यासको घोषणा गरेका एन्जेल डी मारिया, रिभर प्लेटका गोलकिपर फ्रान्को अरमानी र डेबाला परेका थिएनन् ।

तर, प्रशिक्षक स्कालोनीले सोमबार डेबालालाई टोलीमा बोलाएका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top