ममताका पति अक्टुबर २४ सम्म जेलमै रहने, बिहे गर्ने योजना थियो

१० भदौ ८१, मंगलबार

११ भदौ ,विराटनगर ।

अमेरिकामा कार्यरत नेपाली ममता काफ्ले भट्ट बेपत्ता प्रकरणमा पक्राउ परेका उनका पति नरेश भट्टलाई अमेरिकी अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । बेपत्ता ममताको हत्याको आशङ्कामा हिरासतमा रहेका भट्टलाई जमानतमा रिहा गर्ने वा हिरासतमा राख्ने भन्नेबारे सोमबार दोस्रो पटक सुनुवाइ थियो। प्रहरीले नरेशले ममताको हत्या गरेर शव लुकाएको शङ्का गरे पनि हत्याको अभियोग लगाएको थिएन।

त्यसैले कतै जमानतमा रिहा हुनसक्ने सम्भावना देखिएको थियो। तर न्यायाधीशले सिधै भट्टलाई जमानतमा रिहा गर्न अस्वीकार मात्र गरेनन् उनी समाजका लागि खतरनाक हुनसक्ने समेत निष्कर्ष सुनाएको अमेरिकामा रहेका पत्रकार गुणराज लुईटेलले जानकारी दिएका छन् ।

Advertisement

अदालतले उनी भाग्न सक्ने सम्भावना समेत रहेको भन्दै जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । सोमबारको अदालतको आदेशसँगै नरेशको प्रहरी हिरासतको अवधि लम्बिएको छ। उनी अब अक्टुबर २४ सम्म प्रहरी हिरासतमा रहने छन् ।

अझैँ प्रहरीले उनीमाथि सिधै हत्याको अभियोग भने लगाएको छैन। ममताको मृत्युको घोषणा पनि गरेको छैन। तर अदालतमा पेस गरेको कागजपत्रहरूमा सरकारीपक्षले भट्टको घरमा शव घिसारिएको र ठूलो मात्रामा रगत देखिएको प्रमाण फेला पारेको दाबी भने गरिएको छ।

Advertisement

कागजातमा मनासस पार्क प्रहरी अधिकारी सी. भेन्चुराले प्रहरीले ठुलो मात्रामा डिजिटल र फरेन्सिक प्रमाण फेला पारेको र नरेश भट्टले ममता काफ्ले भट्टको हत्या गरी त्यसलाई लुकाउन खोजेको लेखेका छन्।‘घरभित्र शव रहेको र त्यसलाई घरबाट बाहिर घिसारेको प्रमाण थियो,’ प्रहरी अधिकारीले अदालतमा पेस गरेको प्रमाणमा उल्लेख छ।

शुक्रवार, प्रिन्स विलियम अदालतमा अभियोजनहरूले प्रमाणहरू पेस गरेका थिए। त्यसमा बाथटबमा ठुलो मात्रामा रगतको दाग जस्तो देखिएको बताएका थिए। कार्पेटमा रगतको दागहरू रहेको र कोठामा फेला परेका फरेन्सीक प्रमाणको आधारमा मास्टर बेडरुमबाट बाथटबसम्म शव लगेको हुनसक्ने बताएका थिए।

भट्टको घर अस्तव्यस्त अवस्थामा फेला परेको थियो। शयन कक्ष र त्यससँग जोडिएको बाथरुममा रगतको प्रमाण देखिएको थियो। ती रगतका दागहरू ममता भट्टकै हो कि होइन भन्ने पुष्टि गर्न उनीहरू अझै परीक्षणमा रहेको देखियो।

यस्तै ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ?’ भन्नेबारे सर्च गरेको खुलासा भएको छ ।

नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले सोमबार अदालतमा बताएका छन्। प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी छिन् ।

यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ । अभियोजन पक्ष र नरेशका पक्षका वकिलबीच सोमबार श्रीमती बेपत्ता भएको बेला कसरी शव लुकाएको अभियोग लगाइयो भन्नेबारेमा बहस केन्द्रीत भएको थियो ।

तीव्र जनआक्रोशले उचित प्रमाणविना मुद्दा अगाडि बढाएको नरेश पक्षका वकिलले तर्क गरेका छन् । यो अभियोग लगाउनका लागि मृत शरीर हुनु आवश्यक भएको तर अहिलेसम्म भएको प्रमाण केबल रगतमात्र भएको उल्लेख गर्दै नरेश भट्टका पक्षका वकिल शालेव बेन अब्राहमले सञ्चारमाध्यमको ठूलो उन्माद भएका कारण पक्राउ गरिएको तथा मानसास पार्क प्रहरी प्रमुख केही गर्न दबाबमा रहेको अदालतसमक्ष बताएका थिए ।

अभियोजकले नरेश भट्ट विरुद्धको प्रमाण पर्याप्त रहेको भन्दै थप अभियोगहरू आउन लागेको बताएका छन् । अभियोजक सारा सामीले रगतको मात्रा र सेक्रेट सर्भिसले उपलब्ध गराएको इन्टरनेट खोज इतिहासलाई जोड दिएकी थिइन् । घरमा भेटिएको रगत ममताकै भएको पुष्टी भएको छैन ।

नरेशका वकिलले नरेश भट्टको भाग्ने कुनै योजना नरहेको दावी गरेका छन् । उनले हालै आफ्नो टेस्ला बेचेका थिए भने घरबेच्ना दुई सम्भावित क्रेतासँग कुरा गरेका थिए । तर गाडी बिक्री र घर बेच्ने प्रयास परिवारको लागि पैसा उपलब्ध गराउनका लागिमात्र रहेको नरेशका वकिलको तर्क थियो ।

अभियोजकका तर्फबाट सोमबार अदालतमा ममता र नरेशबीचको सम्बन्ध समस्याग्रस्त रहेको थप विवरणहरू पनि प्रदान गरिएको थियो । फेब्रुअरीमा घरमा प्रहरी बोलाइएको र प्रहरी अधिकारीहरूले ममतासँग कुरा गर्दा उनका श्रीमान् नरेशले आधिकारिक कागजातहरू नदिने बताएको तथा ममताको फोन नष्ट गरेको बताएको पनि अभियोजक सारा सामीले अदालत समक्ष बताइन् ।

ममता घरेलु हिंसाको सिकार भएको र उनको पतिसँगको झगडामा चोटपटक लागेको विवरण पनि अभियोजकका तर्फबाट अदालतमा बताइएको थियो । साथीहरू र परिवारसँग नियमित रूपमा कुराकानी गर्ने सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता ममताले जुलाई २९ मा आफ्नो फोन प्रयोग गर्न बन्द गरेको र अगस्त १ मा लाउडन काउन्टी नजिकको नेटवर्कमा उक्त फोन जडान भएको अभियोजकले अदालतलाई बताएका छन् ।

सोमबार विहान साढे ८ बजे प्रिन्स विलियम जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन डिस्ट्रिक्ट कोर्टको कोर्टरुम ६ मा उक्त सुनुवाई भएको थियो । उक्त सुनुवाईमा पनि नरेशलाई भौतिक रुपमा नै उपस्थीत गराइएको थियो । अर्को सुनुवाई अब अक्टोबर २४ का लागि तय गरिएको छ ।

नरेशले जुलाई ३० मा तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो । अनुसन्धानकर्ताहरुले अझै २ वटा चक्कुहरु फेला पारेका छैनन् । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् ।

नरेशले आफू अपराधमा संलग्न भए नभएकोबारे केहीपनि स्वीकार वा अस्वीकार गरेका छैनन् । नरेशमाथि थप अभियोगहरु लाग्ने सम्भावना रहेको अभियोजकले बताएका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ ।

अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा उनी बेरोजगार थिए । अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । काभ्रेकी नर्स ममता भट्ट नरेशसँग विवाह गरेर चार वर्ष अगाडि अमेरिका गएकी थिइन्।

उनी तीन हप्ता अघि एकाएक बेपत्ता भएकी थिइन्। उनलाई अन्तिम पटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। उनले जुलाई २८ मा एक साथीसँग फोनमा कुरा गरेकी थिइन्। जुलाई २८ मा आफ्नो बच्चा भर्याङ चढ्दै गरेको भिडियो टिकटकमा पोस्ट गरेकी थिइन् ममताले। त्यसपछि उनलाई कसैले देखेको छैन।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top