×

NEPAL TIMES UPDATES

Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026

योगेश ‘हतियार तस्कर’ ? माओवादीको एक स्वर

१३ भाद्र २०८१

१३ भदौ ,काठमाण्डौ

जनताको आवाज उठाउने सार्वभौम संसद पछिल्लो समय सत्तारुढ र प्रतिपक्ष दलको आरोप प्रत्यारोपको युद्धस्थल बन्दै गएको छ । सत्ता परिवर्तनको एक महिना टेक्दैगर्दा सत्तारुढ र प्रतिपक्ष दल गम्भिर आरोप प्रत्यारोपमा उत्रिएका छन् । लामो समयदेखि विवादित भनेपनि पछिल्लो समय व्यापक वहसको विषय बनेको विद्युत्को डेडिकेटेड र ट्रंकलाईन प्रकरणसँग जोडेर एकअर्काप्रति उत्रिदै आएका छन् ।

Advertisement

बुधबारको प्रतिनिधिसभामा एमाले सांसद योगेश भट्टराईले डेडिकेटेड र ट्रंकलाईन प्रकरणमा उद्योगीहरुलाई १६ अर्ब छुट दिएको भन्दै प्रचण्डलाई स्पष्टिकरण सोध्नु पर्ने बताए । उनले सम्बोधनका क्रममा माओवादीले सुरु गरेको १० वर्ष शसस्त्र संघर्ष जनयुद्ध नभएर हिंसा भएको बताएपछि संसद बैठक नै तनाव पूर्ण बन्यो ।

माओवादी र प्रचण्डविरुद्ध संसदमा आक्रमक रुपमा उपस्थित भएका योगेश माथि आजको बैठकमा माओवादी सांसदहरुले गम्भिर आरोप लगाएका छन् । माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै छानबिनको माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डु लामा भोटेले एमाले सांसद भट्टराईलाई ‘जनयुद्धको नाममा चन्दा र हतियार तस्कर’ ले जनयुद्धलाई हिंसाको संज्ञा दिएको बताए । ‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले महान् जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो‚’ उनले भने ।

यस्तै अर्का सांसद छिरिङलामू लामा तामाङले त सांसद भट्टराई हतियार तस्करीमा संलग्न भएको आरोप छ नि भन्दै छानबिन गर्न माग गरिन् । ‘एमालेबाट प्रतिनिधित्व गरेर संसद्को मान पनि नराखी पटक–पटक यो व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गरियो । यस्तो रवैयाले देशलाई अर्को द्वन्द्धमा लाने भित्री मनसाय प्रकट भएको हो कि‚’ उनले भनिन्, ‘उहाँको विषयमा कन्ट्रोभर्सी छ । उहाँ मन्त्री हुँदा नारायणहिटीको बतास काण्ड होस् वा केही समयअघि एक जना माननीयज्यूले जनयुद्धमा हतियार खरिद बिक्री र ओसारपसारको आरोप लगाएको कुरा होस् । यसमा छानबिन होस् ।’

यस्तै माओवादी सांसद देवेन्द्र पौडेलले लोडसेडिङ र घाटामा रहेको प्राधिकरण अहिले नाफामा गएको प्रसंग जोड्दै माओवादी युद्ध हिंसा नभएर जनयुद्ध रहेकोमा जोड दिए । एमाले सांसद भट्टराईले बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी युद्धलाई हिंसाको संज्ञा दिएका थिए । उनले पटक पटक हिंसा शब्द प्रयोग गरेपछि संसद् बैठक सञ्चालनमा समस्या भएको थियो ।

Advertisement

एमाले र माओवादी सांसदहरू वाकयुद्धमा उत्रिएका थिए । साथै‚ हिंसा शब्द गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउने माग माओवादीले गरेको थियो । सभामुखले भने यसलाई छानविन गर्न संसद सचिवालयलाई निर्देशन दिए । सभामुखको निर्देशन पछि योगेश झनै क्रुद्धरुपमा प्रस्तुत हुँदै पटक पटक माओवादीलाई हिंसा नामकरण गर्दै अभिब्यक्ति टुंग्याएका थिए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top