×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ब्राजिलमा अलपत्र नेपाली अब कहाँ जान्छन् ?

१३ भाद्र २०८१

१३ भदौ , एजेन्सी ।

ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साओ पाउलोस्थित ग्वारुलहोस् अन्तर्राष्ट्रिय विमानस्थलमा १७६ जना नेपाली केही दिनदेखि अलपत्र अवस्थामा छन् । अमेरिका जान भनी मानव तस्करको पछि लागेर साओ पाउलो पुगेका उनीहरूलाई ब्राजिलको अध्यागमनले रोकेपछि अलपत्र परेका हुन् । ब्रजिलस्थित नेपाली दूतावासका नियोग उपप्रमुख बाबुराम सिग्द्यालका अनुसार उनीहरू काठमाण्डूबाट यूएईको दुबई र पोर्चुगलको लिस्बन हुँदै साओ पाउलो पुगेका थिए ।

ब्राजिल हुँदै तेस्रो मुलुक प्रवेश गर्न खोज्ने व्यक्तिहरूलाई ब्राजिलले कडाइ गरेको छ । ब्राजिलस्थित नेपाली दूतावासले पनि ब्राजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान चाहने यात्रीका लागि नयाँ नियम बनेको भन्दै नेपालीलाई सचेत गराएको छ । ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाल लगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको दूतावासले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तब्य मुलुकतर्फ उड्न पाउने, र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ । ‘दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देस्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ’ दूतावासले भनेको छ, ‘संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको पाइएको छ।’

मानव तस्करहरूको संजाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन पनि दूतावासले आग्रह गरेको छ । तर यसबीच नै ब्राजिल विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका हुन् ।

यद्यपी ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरू सकुशल रहेका र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको दूतावासले स्पष्ट पारेको छ । तर एक जना बिरामी परेर अस्पताल भर्ना गरिएको खबर पनि प्राप्त भएको छ ।

ब्राजिलको अध्यागमनले अवैध तरिकाले अमेरिका जाँदै गरेको नेपालीसहित ७ सय जनालाई साओ पाउलोमा रोकेको हो । साओ पाउलो विमानस्थलमा पुगेपछि उनीहरूले आफूहरू शरणार्थी भएको दाबी गरेपछि अध्यागमनले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नेपाली अधिकारीहरूले उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने विषयमा खोजी सुरु गरेका छन् ।

मानव बेचबिखनसम्बन्धी घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले ब्रजिलमा अलपत्र परेका नेपाली नागरिकका आफन्तलाई सम्पर्कमा आउन आह्वान गरिएको जनाएको छ । साओ पाउलो विमानस्थलमा अलपत्र परेका नेपालीहरूसँग पनि नेपाली अधिकारी र दूतावासले सम्पर्कको प्रयास भइरहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले गैरकानुनी माध्यमबाट कुनै पनि देशमा पुगेका यात्रुहरूलाई उनीहरूकै देश फर्काउने जिम्मा सम्बन्धित वायुसेवा कम्पनीकै हुने भएकोले नेपालीहरूलाई स्वदेश फर्काउन समस्या नहुने ठानिएको बताएका छन् । यदि त्यसो भएन भने पनि उनीहरूलाई स्वदेश फर्काउने जिम्मा सरकारको हो । सरकारले उनीहरूलाई जसरी पनि फिर्ता ल्याउने राई बताउँछन् ।

मानव तस्करले केहीलाई ब्राजिललाई ट्रान्जिट बनाएर बोलिभियातिर पठाउने गर्छन् । बोलिभियाले नेपाली नागरिकलाई ‘अन अराइभल भिसा’ दिने हुँदा मानव तस्करले अवैध तरिकाले अमेरिका लैजाने क्रममा जहाजमार्फत् ल्याटिन अमेरिकी राष्ट्र बोलिभिया पु¥याउने गर्छन् । बोलिभियादेखि पैदल, बस, ट्रक, ट्याङ्कर, डुङ्गामार्फत् नै यात्रा हुन्छ । यी सबै यात्रा लुकिछिपी हुनेगर्छ ।

यसपटक साओ पाउलोस्थित ब्राजिलको अध्यागमन कार्यालयमा अलपत्र रहेका नेपालीलाई बोलिभिया नपठाई ब्राजिलसम्म मात्र पठाइएको पाइएको राजदूत काफ्ले बताए । बेलाबखत ब्राजिलको अध्यागमनले बोलिभिया हिँडेका नेपालीलाई पनि आफ्नो देशमा रोक्ने गर्छ । ज–जसलाई ब्राजिलले रोक्छ उनीहरूलाई पहिले नै ‘शरणार्थी हुँ’ भन्न मानव तस्करले नै सिकाएका हुन्छन् ।

साओ पाउलोमा अलपत्र परेका नेपाली, भारतीय र भियतनामीहरूलाई खाना र बस्न राम्रो व्यवस्था नभएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । उनीहरूले शुद्ध पिउने पानी पनि पर्याप्त नपाएको जनाइएको छ । शरणार्थीको लफडा चलिरहेका बेला मानव तस्करले उनीहरूलाई पुनः सम्पर्क गरी अमेरिकाको यात्रामा अघि बढाउने गरेको यसरी अमेरिका पुग्नेहरूले बताउने गरेका छन् ।

संगठित रुपमा संचालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट युवाहरू ब्राजिललगायतका देशमा पुग्ने गरेका छन् । तर गैरकानुनी बाटोबाट अमेरिका र क्यानडा पुग्ने प्रलोभनमा अधिकांश नेपालीहरू ठगिने गरेका छन् । यसरी अवैध तरिकाले अमेरिका जानेहरू प्रत्येकले मानव तस्करलाई ८० लाख रुपैयाँसम्म बुझाउने गरेको जानेहरू नै बताउने गर्छन् ।

मानव तस्करले नेपालीलाई सुरुमा काठमाडौंबाट भारत तथा युनाइटेड अरब इमिरेट् (यूएई) पु¥याउने गर्छन् । त्यसपछि ब्राजिल तथा बोलिभिया पु¥याउने गर्छन् । पछिल्ला समय केहीलाई यूएईबाट अफ्रिकी राष्ट्र हुँदै ब्राजिल तथा बोलिभिया पनि पु¥याउने गरेका छन् । मानव तस्करले ब्राजिलबाट बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरेको पाइन्छ ।

ब्राजिलदेखि अमेरिकासम्मको यात्रामा अकल्पनीय पीडा बेहोर्नुपर्ने हुँदा केहीको यात्राका क्रममा बाटोमै मृत्यु हुने गर्छ । सन् २०२४ को जुलाइमा पनि साओ पाउलो पुगेका ४०० जना नेपाली र भारतीयले आफूहरू शरणार्थी भएको दाबी गरेका थिए । सन् २०२३ मा ब्राजिलमा शरणार्थीको हैसियत माग गर्ने छैटौं ठूलो संख्या नेपाली भएको देखाएको छ ।

जबकी अहिले नेपालमा न हिंसा छ न कुनै अस्थिरता नै । यो प्रतिवेदनले प्रत्येक वर्ष कति ठूलो संख्यामा नेपालीहरू अवैध तरिकाले ज्यान जोखिममा राखेर शरणार्थी बन्दै अमेरिका जाने गर्छन् भन्ने स्पष्ट देखाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top