विराटनगर, असोज ५
विराटनगरको ए टु जेड मोबाइल केयरले विजया दशमी, दीपावली र छठ पर्वको उपलक्ष्यमा ग्राहकका लागि विशेष अफर ल्याएको छ ।
विराटनगरको जलजला चौकस्थित रहेको विराटनगरकै पुरानो तथा लोकप्रिय सो मोबाइल केयरले चाडपर्वको उपलक्ष्यमा ग्राहकहरुका लागि असोज ५ गतेबाट लागु हुने गरी मोबाइल खरिदमा विभिन्न अफरहरु लिएर आएको हो ।
मोबाइल केयरले चाडपर्वको उपलक्ष्यमा २० हजार भन्दा बढी मुल्यको मोबाईल खरिदमा ९० प्रतिशत सम्मको फाईनान्स सुविधा दिने ए टु जेड मोबाइल केयरका सञ्चालक जगदीश डागाले बताए ।
उनले आफुहरुले २० हजार भन्दा कम मुल्यको तथा अन्य मोबाइलको खरिदमा विभिन्न किसिमका लोकप्रिय उपहार योजनाहरु ल्याएको बताए ।
सो मोबाइल केयरमा सामसुङ, ओप्पो, लाभा, भिभो, एम.आई लगायत विभिन्न ब्राण्डका मोबाइलहरु पाइन्छ ।