सरकारः विदाका दिन ओपीडी खोल्नु, चिकित्सकः ‘सकिदैन’

१७ भदौ ८१, मंगलबार

१८ भदौ , काठमाण्डौ।

सरकारले सार्वजनिक बिदाको दिनमा पनि ओपिडी सेवा संचालन गर्न अस्पताल तथा स्वास्थ संस्थाहरुलाई निर्देशन दिएपछि चिकित्सकहरुले ब्यापक असन्तुष्टि ब्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेपछि चिकित्सक संघले तत्काल निर्णय फिर्ता लिन गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार परिपत्र गरिएका अस्पतालहरूमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत छन् ।

सरकारले अधिकांश निकायबाट सार्वजनिक बिदामा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासोका आधारमा सार्वजनिक बिदाका दिन पनि बहिरङ्ग सेवा प्रवाह गर्न निर्देशन दिएको हो । तर चिकित्सकहरूले भने यसको विरोध जनाएका छन् । उनीहरुले सार्वजनिक बिदाका दिन पनि अस्पताल पुगेर बहिरंग सेवा लगायतका सेवा दिन नसकिने बताएका छन् ।

नेपाल चिकित्सक संघले स्वास्थ मन्त्रालयको यस्तो निर्देशनप्रति आफूहरूको आपत्ति रहेको जनाएको छ । संघले हालकै अवस्थामा चिकित्सकहरूले अन्तराष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि (काम गर्ने समय) हप्ताको ४० घण्टा तोके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको र सार्वजनिक बिदाको दिन पनि सेवा दिनुपर्ने अवस्था आए चिकित्सकहरूलाई पर्याप्त आरामको कमी हुँदा गुणस्तरीय स्वास्थ्य सेवामै असर पर्ने हुँदा यो निर्णय सच्याउन आग्रह गरेको हो ।

यस्तै २०४८ सालदेखि सरकारी अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा दरबन्दी नथपिएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा ज्यादै न्यून रहेकै अवस्थामा चिकित्सकहरूले आवश्यकताभन्दा धेरै समय सेवा गर्दा परिवारलाई समय दिन नसक्दा सामाजिक तथा पारिवारिक जीवनको सम्बन्धमा असर गर्न थालेपछि धेरै स्वास्थ्यकर्मीहरूको सम्बन्धविच्छेद जस्ता घटना बढेको र यस्तो अवस्थामा झन् धेरै समय काम गराउने सरकारको निर्णय अव्यवहारिक भएको संघले जनाएको छ ।

’अहिले नै कामको अत्यधिक बोझ तथा लगातारको तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिवारिक जीवनमा समेत गम्भीर असर पर्न गई परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा सम्बन्धविच्छेदसम्म हुने गरेका घटना देखिएका छन्। यसका साथै कतिपय स्वास्थ्यकर्मीहरूमा अत्यधिक तनावका कारण जटिल मानसिक समस्या उत्पन्न भई आत्महत्यासम्म गर्न थालेको घटना पनि देखा परिरहेको अवस्थामा बिदाको दिनमा समेत थप कार्यबोझ थपिदिने कार्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि ठूलो अन्याय हो ।

स्वास्थ्यकर्मीहरूलाई पनि अन्य पेशाकर्मीलाई जस्तै आफ्नो कार्यकौशलको पूर्ण प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नका लागि बिदा अपरिहार्य रहेको कुरालाई नकार्न सकिंदैन।’ त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनमा समेत बहिरंग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएकाले उक्त निर्णय अविलम्ब फिर्ता लिन हामी माग गछौँ’‚ संघका महासचिव डा तिवारीले भनेका छन् ।

नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदाका दिन समेत सवै प्रकारका सेवा प्रवाह गर्न सरकारले दिएको निर्देशन अव्यवहारिक तथा अवैज्ञानिक रहेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ । सङ्घले मंगलबार विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्न साताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलनविपरीत नेपालमा भने बिदाको दिनमा समेत बहिरसंग सेवा सञ्चालन गर्ने कुरा अवैज्ञानिक र अव्यवहारिक भएको जनाएको छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top