×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

रिसाए बालेनका समर्थक, फेसबुकमा ५२ हजारले गरे ओलीलाई ‘अनफलो’

१८ भाद्र २०८१

१८ भदौ, विराटनगर ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन् । जसकारण ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए । मंगलबार बेलुकी १०ः३० बजेसम्ममा उनको फलोअर घटेर ६ लाख १४ हजारमा झरेको छ ।

Advertisement
Advertisement

विशेषतः काठमाडौं महानगरपालिकाका मेयर शाहको फेसबुक स्टाटसलाई लिएर ओलीका फलोअर्स घटेका हुन् । बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए ।

सो पोष्ट एमालेका कार्यकर्ताले रिपोर्ट हानेपछि डिलिट भएको बताइएको छ । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका छन् ।

आफ्नो फेसबुक पोस्ट् डिलिट भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’

सांसद शर्मामाथि एक नाबालिकालाई विगत आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ । शर्मा लुम्बिनी प्रदेश सांसद हुन् । उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो ।

फेसबुक पोस्ट डिलिट भएपछि बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाएर विरोध गरेका हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top