यसकारण २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता !

१८ भदौ ८१, बुधबार

१९ भदौ , एजेन्सी ।

फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको २३ औं संस्करणको सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुँदै छ । सन् २०२६ को विश्वकप संयुक्त रूपमा तीन उत्तर अमेरिकी देशहरूः क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ सहरहरूले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

उक्त विश्वकपका लागि छनोट खेलहरू भने सेप्टेम्बर २०२३ बाट नै भइरहेका छन् । यसबीचमा रोकिएका छनोट खेलहरू पुनः बिहीबारबाट सुरु हुँदै छन् । बिहीबारबाट पाँच दिनसम्म एसिया छनोटको तेस्रो चरणका खेलहरू हुने छन्, जसमा १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् ।

Advertisement

कतार, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, इरान, युएई, जोर्डन, कुवेत, साउदी अरब, बहराइनजस्ता राष्ट्रहरूले खेल्ने तालिका छ । सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।

Advertisement

बिहीबार रातिबाटै दक्षिण अमेरिकी छनोट खेलहरू हुने छन्, जहाँ दक्षिण अमेरिकाका १० वटा टोलीले प्रतिस्पर्धा गर्ने छन् । साविक विजेता अर्जेन्टिना, सर्वाधिक धेरै पाँच पटकको उपविजेता र पहिलो संस्करणको विजेता उरुग्वेजस्ता राष्ट्रले छनोट खेल खेल्दै छन् ।

आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । यसैगरी, ओसिनिया छनोटका खेल ६ सेप्टेम्बरबाट सुरु हुने छन् । त्यहाँबाट सन् २०२६ को विश्वकपमा एक राष्ट्रले सीधै छनोट हुने मौका पाउने छ भने एउटा टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने छ ।

विश्वकपमा छनोट हुने तीन टोलीको भने टुंगो लागिसकेको छ । क्यानडा, मेक्सिको र अमेरिकाले भने आयोजकको हैसियतमा विश्वकप खेल्ने छन् । अरू ४५ राष्ट्रहरूले भने छनोट खेल खेलेर फुटबलको महाकुम्भमा सहभागिता जनाउनुपर्ने हुन्छ ।

एसियाबाट ८ टोली सीधा छनोट हुँदा एक टोली प्ले अफमार्फत् छनोट हुन सक्नेछ भने अफ्रिकाबाट नौ टोली सीधा विश्वकपमा छनोट हुँदा प्लेअफबाट एउटा टोलीले छानिने मौका पाउने छ । यस्तै, उत्तर अमेरिकी राष्ट्रहरूमध्ये तीन आयोजक देशहरू मेक्सिको, क्यानडा र अमेरिका छनोट भइसक्दा अरू दुई राष्ट्रले प्ले अफ खेलमार्फत् छानिन सक्ने छन् ।

दक्षिण अमेरिकी छनोटतर्फ सीधा ६ देश छनोट हुँदा अन्तरमहादेशीय प्लेअफबाट एउटा राष्ट्र छानिन सक्ने छ । ओसिनियातिरका एक राष्ट्रले सीधै छनोट हुने मौका पाउने छ भने एउटा टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने छ । युरोपका १६ वटा राष्ट्रले विश्वकप खेल्ने छन् भने समग्रमा प्ले अफका माध्यमबाट दुई राष्ट्र छनोट हुने छन् ।

सन् १९३० यता हुँदै आएको विश्वकपमा सन् १९९८ देखि हरेक ३२ टोलीले भाग लिइरहेका थिए । सन् १९९८ मा विश्वकप खेल्ने टिमको संख्या २४ बाट ३२ बनाइएको थियो । तर, पहिलोपटक २०२६ मा ४८ देश सहभागी हुनेछन्। ४६ टोली क्वालिफायर खेल खेलेर छनोट हुनेछन् भने मिनी प्रतियोगिताबाट दुई टोली छनोट हुनेछन् ।

फिफाका अनुसार विश्वकप आयोजनाको उद्देश्य च्याम्पियन टोली खोज्नु मात्र नभई हरेक महादेशमा फुटबलको प्रवद्र्धन गर्नु पनि हो।विश्वकपमा जति धेरै टोली सहभागी हुन्छन्, त्यति नै फुटबलको प्रवर्द्धन हुन्छ। फिफाले ४८ राष्ट्रको विश्वकप गर्नुमा आर्थिक कारण पनि छ।

विश्वकपमा जति धेरै राष्ट्र सहभागी भयो, फिफाको आम्दानी उति नै बढ्नेछ। त्यसअघि भने ३२ टोलीको प्रतियोगितामा १३ टोलीहरू युरोपबाट हुन्थ्यो, जुन कुल टोलीको ४० प्रतिशत हुन्थ्यो । तर अब ४८ टोलीमध्ये १६ टोली युरोपका हुनेछन्, जुन कुल टोलीको एक तिहाइ हुनेछ ।

विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् ।युरोपका १७ देश उपविजेता बन्दा दक्षिण अमेरिकी राष्ट्रहरू पाँच पटक ‘रनर अप’ बनेका छन् ।

युरोपका जर्मनी र इटाली चार–चार पटक विश्वविजेता बन्दा फ्रान्सले दुई र स्पेन र इंग्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिल हो । त्यसबाहेक अर्जेन्टिनाले तीन र उरुग्वे दुई पटक विश्वविजेता बनेका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top