बाढीमा ४ हजारको ज्यान गएपछि किमले ३० जनाको ज्यान लिए

१९ भदौ , एजेन्सी ।

Advertisement

उत्तर कोरियाली नेता किम जोङ उन बाहिरी दुनियाका लागि एक क्रुर शासक हुन् । उनलाई अझ पश्चिमाहरुले त झन क्रुर तानाशाहका रुपमा प्रचार गर्ने गरेका छन् । बाहिरि दुनियासँग खासै सम्पर्क स्थापित गर्न नचाहाने तर सधै हतियारको होडमा रहने उत्तर कोरियाभित्र किमको बोली नै कानून बन्ने गरेको छ ।

पश्चिमाहरु भन्छन् उत्तर कोरियामा गल्ती वा लापरबाहीको कुनै गुञ्जाइस छैन। अधिकारी हुन् वा सर्वसाधारण किम जोङ उनको शासनमा कसैलाई पनि छूट दिइँदैन। अहिले उत्तर कोरियाबाट यस्तै मुटु हल्लिने खबर बाहिरिएको छ। आज हामीले उत्तर कोरियामा हालै ३० जना अधिकारीलाई एकैसाथ मृत्युदण्ड दिइएको विभिन्न सञ्चारमाध्यमहरूले दाबी गरेका  छन् ।

Advertisement

बाढीले गरेको विनाश रोक्न नसक्नु नै उनीहरूको अक्षम्य गल्ती भयो। तर ती अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप पनि लागेको बताइएको छ। बाढीका कारण भएको विनाश देखेर किम यसरी भड्किए कि उनले ३० जना अधिकारीलाई एकै ठाउँमा मृत्युदण्ड दिन आदेश जारी गरे । न्यू

योर्क पोस्टमा छापिएको खबरअनुसार किमले बाढी प्रभावित क्षेत्रको भ्रमण पनि गरेका थिए। बाढीको वितण्डा देखेर उनी रिसले आगो भए। बाढीमा परेर ४ हजार मानिसको ज्यान गएपछि उनी दुःखी बनेका थिए। बाढीमा लापरबाही गरेको आरोपमा मिले तत्कालै ३० जना अधिकारीलाई फाँसी दिए।

Advertisement

तर, हालसम्म उत्तर कोरियाले मृत्युदण्डको सजाय सुनाएको पुष्टि भने भएको छैन। न्युयोर्क पोस्टको रिपोर्टका अनुसार उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किमले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको बताएको थियो।

यो बाढीमा झण्डै ४ हजार मानिसले ज्यान गुमाएका थिए भने १५ हजारभन्दा बढी घरबारविहीन भएका थिए। उत्तर कोरियामा फाँसी दिइएका अधिकारीहरूको पहिचान खुलाइएको छैन। तर केही समाचारका अनुसार बाढी प्रकोपको समयमा आपत्कालीन बैठकमा बर्खास्त गरिएका अधिकारीहरूमा चागाङ्ग प्रान्तको प्रान्तको पार्टी समितिका सचिव काङ बोङ–हुन पनि थिए। किमले मृत्युदण्ड दिएको यो खबर न्युयोर्कपोष्टसहित याहु, डेल्ली मिरर,फस्ट पोस्ट, ब्लुमबर्ग, फक्स न्युज लगायतले प्रमुखताका साथ संप्रेषण गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top