×

NEPAL TIMES UPDATES

Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026

एम्बाप्पेलाई उछिन्दै यमल बने बालोन डी’ओर मनोनयनमा पर्ने सर्वाधिक कान्छो खेलाडी !

२० भाद्र २०८१

२० भदौ, विराटनगर ।

बार्सिलोनाका युवा स्टार लामिन यमलले हालैमात्र रियल मड्रिडमा आबद्ध भएका किलियन एम्बाप्पेलाई उछिन्दै नयाँ कीर्तिमान बनाएका छन् । विश्वकप विजेता फ्रान्सेली एम्बाप्पेलाई उछिन्दै स्पेनिस खेलाडी यमल बालोन डी’ओर मनोनयनमा पर्ने सर्वाधिक कान्छो खेलाडी बनेका हुन् ।

Advertisement
Advertisement

स्पेनलाई युरो कप जिताउन अहम् भूमिका निभाएका यमल १७ वर्ष ५३ दिन छँदा बालोन डी’ओर को मनोनयनमा परेका हुन् । यसअघि एम्बाप्पे १८ वर्ष २९३ दिनको दिन बालोन डी’ओरको मनोनयनमा परेका थिए । २०१७ को बालोन डी’ओर को मनोनयनमा एम्बाप्पे परेका थिए ।

बुधबार राति फुटबलको सर्वाधिक प्रतिष्ठित पुरस्कार बालोन डी‘ओर का लागि मनोनयन सार्वजनिक भएको थियो । फुटबलको प्रसिद्ध अवार्ड संस्थापक ‘फ्रान्स म्यागजिन’ले वर्ष २०२४ को अवार्डका लागि ३० खेलाडीको नामावली सार्वजनिक गरेको थियो ।

६८औं संस्करणको उक्त अवार्डका लागि वर्षभरि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्ये यमल पनि परेका हुन् । यमलसँगसँगै एम्बाप्पे पनि बालोन डी’ओर को मनोनयनमा छन् ।

Advertisement
Advertisement

यमल हालै सम्पन्न युरो कपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top