×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

मेसी र रोनाल्डोको मात्र होइन नेयमारको पनि छ ‘रेकर्ड’

२१ भाद्र २०८१

२१ भदौ , काठमाण्डौ ।

समकालीन फुटबलका महान् हस्तीहरू भन्नेबित्तिकै हामी अर्जेन्टिनाका लियोनल मेसी अनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई मात्रै सम्झन्छौं । सर्वाधिक प्रतिष्ठित अवार्डका विषयमा होस् वा विभिन्न कीर्तिमानमा होस्, ३७ वर्षीय मेसी अनि ३९ वर्षका रोनाल्डोले नै एकछत्र राज गरेका छन् । यसैले पनि उनीहरूलाई दिग्गज खेलाडीका रूपमा सम्झनु स्वभाविक हो ।

Advertisement
Advertisement

तर, एक समय उनीहरूझैं उत्कृष्ट प्रदर्शन गर्ने ब्राजिलका नेयमारलाई भने खेल सर्मथकहरुले करिब–करिब बिर्सिइसकेको अवस्था छ । किनकि, ३२ वर्षीय नेयमारको अधिकांश समय मैदानमा भन्दा बढी ’रिकभरी’ मै बित्ने गरेको छ । एकताका स्पेनिस महारथी बार्सिलोनाबाट मेसी र लुइस स्वारेजसँग एकसाथ मैदान उत्रिन्थे, नेयमार ।

पछिल्लो समय मेसीसहित किलियन एमबाप्पेसँग पिएसजीमा देखिएका नेयमारले पिएसजी छाडेपछि पनिबढी समय मैदान बाहिरै बिताउनु परेको छ । मैदानमा उनको प्रदर्शन र कौशलताले लठ्ठ पर्ने फुटबलप्रेमीहरूले नेयमारलाई बिर्सिनै लागे भन्दा फरक नपर्ला ! बार्सिलोनाबाट सर्वाधिक धेरै सरुवा रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमार हाल साउदी अरेबियन हल हिलालसँग छन् ।

तर, अल हिलालका पछिल्ला ४५ खेलमा भने उनले खेल्न पाएका छैनन् । त्यसअघि पिएसजीमा हुँदा पनि उनले धेरै खेल चोटकै कारण गुमाउनुप¥यो । बार्सिलोनाका लागि पनि उनले अपेक्षानुरूप खेलहरू खेल्न पाएनन् । अहिले ब्राजिलले सन् २०२६ को विश्वकपमा छनोट हुनका लागि गरिरहेको संघर्षमा साथ दिन पनि पाएका छैनन्, नेयमारले ।

चोटका कारण मैदानबाहिर रहेका नेयमारले आगामी कति खेल गुमाउने हुन्, त्यसको अनुमान पनि छैन । किनकि, झन्डै एक वर्षयता उनले खेल्न त के प्रशिक्षणसमेत गर्न सकेका छैनन् । आफ्नो करिअरको अधिकांश समय चोटबाट उन्मुक्त हुन नै बिताउनुपर्ने बाध्यताका कारण पनि उनलाई फुटबल समर्थकले बिर्सिने अवस्थामा पुगेका हुन् ।

तर, नेयमारलाई सम्झिने केही आधारहरू पनि छन् । किनकि, आठ पटकका मेसीलाई सर्वाधिक गोलकर्ता बनाउन पनि नेयमारले अथक भूमिका निभाएका थिए, ’असिस्ट’ गरेर । गोलमा पास मिलाउन सिपालु नेयमार आफ्ना देशका लागि सर्वाधिक धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् । त्यसबाहेक नेयमार २१औं शताब्दीमा राष्ट्रिय टोलीहरूमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् ।

यो मामलामा नेयमारले पूर्वसहकर्मी मेसी अनि रोनाल्डोलाई पनि उछिनेका छन् । नेयमारले हालसम्म राष्ट्रका लागि एक सय २८ खेल खेल्दा ५९ गोलमा पास मिलाएका छन् । जबकि, विश्वकप विजेता मेसीले एक सय ८७ खेल खेल्दा ५८ असिस्ट गरेका छन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको सूचिको तेस्रो स्थानमा छन्, बेल्जियमका केभिन डी ब्रुयन ।

Advertisement

उनले एक सय पाँच खलमा ४९ असिस्ट गरेका छन् । पोर्चुगलका कप्ता रोनाल्डोले दुई सय १२ खेलमा ४५ असिस्ट गरेका छन् भने इंग्ल्यान्डका डेभिड बेकह्यामले एक सय १५ खेलमा ४२ गोल गरेका छन् । सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलका लागि डेब्यु गरेका नेयमारले ७९ गोलसमेत गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुन् । ब्राजिलका लागि ७७ गोल गरेका पेलेजस्तो खेलाडीलाई उनले उछिनेका छन् । उनले सन् २०१६ मा भएको रियो ओलम्पिकमा घरेलु राष्ट्र ब्राजिललाई स्वर्ण पदक दिलाएका छन् ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top