×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

अझै निको भएनन् नेयमार, अल हिलालले पनि टोलीबाहिर राख्ने खतरा !

२२ भाद्र २०८१

२२ भदौ, विराटनगर । 

बार्सिलोना र पिएसजीका पूर्वफरवार्ड नेयमारले शनिबार बिहान विश्वकप छनोटअन्तर्गत इक्वेडरसँगको खेल खेलेनन् । विश्वकपको दक्षिण अमेरिकी छनोट खेलमा सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिलले इक्वेडरमाथि संघर्षपूर्ण जित हासिल गरेको थियो ।

Advertisement

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले इक्वेडरमाथि १–० को जित हासिल गरेको हो । ब्राजिलको जितमा रोड्रिगोको निर्णायक गोल गरेका थिए । रोड्रिगोले ३०औं मिनेटमा लुकास पाकेटाको पासमा गोल गरेका थिए ।

उक्त खेलमा ब्राजिलियन स्टार नेयमार उपलब्ध थिएनन् । ब्राजिलका लागि ७९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका नेयमारले २०२३ मा विश्वकप छनोटका दुई खेल गुमाएका थिए । ती दुवै खेलमा ब्राजिल हारेको थियो ।

३२ वर्षीय नेयमारले शनिबारको गेम पनि गुमाए । विश्वकप छनोटकै खेलअन्तर्गत गत वर्षको अक्टोबरमा भएको भएको उरुग्वेविरुद्धको खेलमा चोट बोकेका नेयरमा झन्डै एक वर्षयता मैदानबाहिर छन् ।

बार्सिलोनाबाट सर्वाधिक धेरै सरुवा रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमार हाल साउदी अरेबियन हल हिलालसँग छन् । तर, अल हिलालका पछिल्ला ४५ खेलमा भने उनले खेल्न पाएका छैनन् । त्यसअघि पिएसजीमा हुँदा पनि उनले धेरै खेल चोटकै कारण गुमाउनुपर्‍यो ।

बार्सिलोनाका लागि पनि उनले अपेक्षानुरूप खेलहरू खेल्न पाएका थिएनन् ।

 कहिले मैदान फर्किन्छन् त नेयमार ?

अल हिलालका अट्याकर नेयमारलाई हालै सम्पन्न कोपा अमेरिकाकै दौरान मैदान फर्किने अपेक्षा गरिएको थियो । तर, त्यो सम्भव भएन । साउदी क्लब हिलालका प्रशिक्षक जर्ज जेससका अनुसार नेयमारले पछिल्ला साताहरूमा निकै आफ्नो चोट निकै सुधार भएको महसुस गरेका छन् ।

तर पनि यो नोभेम्बरभन्दा अगाडि उनी पूर्ण रूप प्रशिक्षणलाई निरन्तरता दिन सक्ने अवस्थामा छैनन् । हल हिलाले आगामी सेप्टेम्बर ९ भित्र साउदी प्रो लिगमा आफ्ना खेलाडी दर्ता गराइसक्नुपर्ने छ । लिगको नियमानुसार टोलीमा आठ विदेशी खेलाडीमात्र समावेश गर्न पाइने छ ।

तर, हिलालसँग नेयमारसहित नौ विदेशी खेलाडी छन् । नेयमारले मैदान फर्कन समय लिइरहँदा क्लबले बाध्य भएर उनलाई टोलीबाहिर राख्नपर्ने हुन सक्छ ।

नेयमारले विश्वकप छनोटअन्तर्ग ब्राजिलका लागि खेल्ने अवसर पनि छ । आगामी नोभेम्बरमा हुने विश्वकप छनोटका खेलमा ब्राजिलले भनेजुएलासँग उसैको मैदानमा र उरुग्वेसँग घरेलु मैदानमा खेल्ने छ । उनी चाँडै निको भएमा यी खेलहरू खेल्न पाउने छन्, त्यसपछि क्लब फुटबलमा पनि उनको आगमन हुन सक्छ ।

Advertisement

सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलका लागि डेब्यु गरेका नेयमारले ७९ गोलसमेत गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुन् । ब्राजिलका लागि ७७ गोल गरेका पेलेजस्तो खेलाडीलाई उनले उछिनेका छन् । उनले सन् २०१६ मा भएको रियो ओलम्पिकमा घरेलु राष्ट्र ब्राजिललाई स्वर्ण पदक दिलाएका छन् ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top