NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

आज कहाँ भारी वर्षा ? मनसुन अझै एक महिना सक्रिय

आइतवार भदौ २३ , २०८१
Reading Time: 1 min read
A A
बंगालमा विकसित भएको ‘फानी’को प्रभावले नेपालमा पानी पर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ भदौ ,विराटनगर।

 नेपालमा मनसुन अझै सक्रिय रहँदा यसबाट हुने प्रकोप पनि कम भएको छैन । देशका केही भागमा अझै ठूलो पानी पर्ने क्रम जारी रहँदा बाढी तथा पहिरोको जोखिम कायमै छ । यसबीच फेरि एक दम्पत्ति पहिरोमा पुरिएको खबर छ ।  जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारको प्रयास भइरहेको छ । तर, सफलता हात लागेको छैन । चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पु¥याइएको छ । आइतबार बिहान २ बजे  गएको पहिरोले घर पुरिँदा दुई जना पुरिएर बेपत्ता भएका हुन् । यता अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

LS Auto

शनिबार रातिदेखिको वर्षाको कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार कर्णाली राजमार्ग अन्तर्गत दैलेख–कालिकोट खण्डको दहीखोला, एसमोड र गगनेखोलामा पहिरो खसेको छ । पहिरोले सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । गगनेखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ ।

राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने सवारीसाधनका यात्री अलपत्र परेका छन् । यसअघि गएको भदौ १२ गते बाढीपहिरोले बन्द सडक पाँच दिनपछि खुलेको थियो ।  यसैबीच चितवनस्थित राप्ती नदीमा बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ ।

शुक्रबार दिउँसो २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारलाई राप्ती नदीले बगाएको हो।  शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएको  प्रहरीले जनाएको छ । मनसुनका कारण उत्पन्न यस्ता प्रकोपहरु नरोकिरहँदा यसबीच आज पनि गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना  रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नेपालमा मनसुन अवधि एक महिना बाँकी हुँदा नै औसतको झन्डै ९० प्रतिशत वर्षा भएको छ ।

नेपालमा झन्डै चार महिना रहने मनसुन अवधिको औसत वर्षा एक हजार चार सय ७९ दशमलव ७ मिलिमिटर हो । तर सेप्टेम्बर १ सम्मको विवरण अनुसार मनसुन शुरु भएपछि एक हजार तीन सय २३ दशमलव आठ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो । 

सामान्य गतिमा भित्रने र बाहिरिने अवस्थामा मनसुनी अवधि एक सय १२ दिनको हुन्छ । नेपालबाट मनसुन बाहिरिने औसत दिन अक्टोबर २ तारिख हो । सरदर मिति अक्टोबर २ तारिख भए पनि नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ । मनसुन अवधि एक महिना बाँकी नै रहेकोले यसअघि नै अनुमान् गरेअनुसार यस वर्ष औसतभन्दा धेरै वर्षा हुने सम्भावना बलियो रहेको मौसमविद्ले बताएका छन् । अबका केही दिन बदली र सामान्यदेखि मध्ययम खालको वर्षाको सम्भावना रहे पनि लामो झरी पार्ने खालको प्रणाली नरहेको विभागले जनाएको छ । यस वर्ष मनसुनको अवधिमा बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदबाट दुई सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

Tags: #mausam

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.