×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

तेक्वान्दो क्वीन पलेशालाई पुरस्कार मात्रै ८१ लाख माथि

२३ भाद्र २०८१

२३ भदौ , काठमण्डौ ।

नेपालमा सरकार तथा निजी क्षेत्रले घोषणा गरेका पुरस्कार नै खेलाडीहरू लामो समयसम्म नपाएका खबरहरू हामीले सुन्दै आएका छौं । खेलाडीका लागि दिने भनेर घोषणा गरिएका पुरस्कार राशिमा पनि कटौती गरिएको घटनाहरू पनि छन् । नेपाली खेलक्षेत्रको प्रवद्र्धनका लागि कहीँकतै आशाजनक ठाउँ नरहेको निष्कर्षसहित धेरै खेलाडी पलायन पनि भएकै छन् ।

Advertisement
Advertisement

तर, ओलम्पिकमा नेपालका लागि इतिहासमै पहिलो पदक जितेकी तेक्वान्दोकी पलेशा गोवद्र्धनप्रति सरकार र निजी क्षेत्रले देखाएको सद्भावले पुनः खेलजगत ब्युँताउने प्रयास गरेको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशालाई अहिले सम्मान र पुरस्कार थाप्न भ्याइनभ्याइ छ ।

पलेशाले भदौ १४ गते के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । यसअघि नेपाली खेलकुदमा एसियाली खेलकुद प्रतियोगितामा प्राप्त दुई रजत पदक नै सर्वोच्च थियो । तर, २१ वर्षीया पलेशाले ओलम्पिकमा पदक जित्ने नेपालको सपना पूरा गरेकी थिइन् ।

ओलम्पिकमा पाइला चालेको ६ दशकपछि नेपालले पदक पाएको थियो  । समग्रमा सन् १९६४ देखि ओलम्पिक खेल्न थालेको नेपालले मेडल जित्न ६० वर्ष नै कुर्नुपरेको थियो । हुन त सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन ।

हालसम्म १६औं पटक ओलम्पिकमा सहभागिता जनाएको नेपालको मेडल विवरण शून्य थियो । तर, सहभागितामै रम्दै आएको नेपालको ओलम्पिक यात्रामा पदकको सपना पूरा गर्ने काम पारा तेक्वान्दो खेलाडी पलेशाबाट सम्भव भएको हो । ऐतिहासिक रूपमा पदक जितेकी पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामासहित पारालिम्पिकमा सहभागी नेपाली टोली बुधबार स्वदेश फर्किएको थियो ।

त्रिभुवन विमानस्थलमा ओर्लिनासाथ पलेशालाई सम्मानका साथ नगर परिक्रमासहित भव्य स्वागत गरिएको थियो । त्यसयता उनलाई सम्मान थाप्न भ्याइनभ्याई छ । सुरुमा राष्ट्रिय खेलकुद परिषद्ले पलेसालाई आफ्नो प्रांगणमा भव्य स्वागतसहित सम्मान गरेको थियो । करिब डेढ घण्टा चलेको कार्यक्रमपछि पलेसा काठमाडौं महानगरपालिकाले नगदसहित राखिएको सम्मान थाप्न पुगिन् ।

बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनको सम्मान गरेका थिए । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले उनको सम्मान गरेका थिए । लगत्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि पलेशालाई सम्मान गरे । नेपाललाई पहिलोपटक पारा ओलम्पिकमा पदक दिलाउने पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिने भएको थियो ।

त्यसमाथि प्रधानमन्त्री ओलीले कर छुट नै गरेर पलेशालाई सम्मानस्वरुप पुरस्कार दिने प्रतिबद्धता जनाएका थिए । यस्तै, एनसेलले १० लाखसहित सम्मान गर्ने घोषणा गरेको थियो । पलेशालाई १० लाख दिँदा अरू सहभागी पारा खेलाडी तथा प्रशिक्षकलाई थप १० लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यससँगै काठमाडौं महानगरपालिकाले पलेशालाई पाँच लाख नगदसहित सम्मान गरेको थियो ।

साथै, पलेशाका प्रशिक्षक लामालाई तीन लाख नगदसहित महानगर प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले सम्मान गरेका थिए । उनलाई नेपाल उद्योग वाणिज्य महासंघले पलेशालाई रु तीन लाख, प्रशिक्षक लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

हालैमात्र समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिन् । खेलकुदमा रुचि राख्ने र खेलाडीहरुलाई माया गर्ने समाजसेवीका रूपमा परिचित राणाले प्रशिक्षक लामालाई एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेकी थिइन् ।

यता, कान्तिपुर टेलिभिजनले आफ्नो प्रमोटिङ पार्टनरका रूपमा पलेशालाई अनुबन्धित गरेको छ । कान्तिपुर टेलिभिजन, पलेशा र नेपाल तेक्वान्दो संघबीच भएको त्रिपक्षीय सम्झौतामा तेक्वान्दो संघको क्यालेन्डरमा समावेश भएका प्रतियोगितालाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । २१ वर्षीया पलेशा हाल चीनमा आर्किटेक्चर अध्ययन गरिरहेकी छिन्। उनले पुरस्कारको रकम आफ्नो अध्ययनमा खर्चिने बताएकी छन् ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top