×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

ओलम्पियन संगिना वैद्यले दिइन् उपनिर्देशकबाट राजीनामा

२३ भाद्र २०८१

२३ भदौ ,एजेन्सी ।

ओलम्पियन समेत रहेकी संगिना वैद्यले राखेप अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट राजीनामा दिएकी छन् । यो संस्थामा निर्देशकका लागि दाबेदारसमेत रहेकी उनले अचानक किन राजीनामा दिइन् भने खबर अब नेपाल टाइम्स अनलाइन समाचारमा । आफ्नो वरियता मिचेर सरकारले जुनियरलाई निर्देशकमा नियुक्त गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट संगिना वैद्यले राजीनामा दिएकी छिन् ।

Advertisement
Advertisement

शुक्रबार युवा तथा खेलकुद मन्त्रायलको ठाडो निर्देशनमा राखेप सदस्य सचिव टंकलाल घिसिङले कराँतेका प्रशिक्षक सोवित प्रसाईलाई तालिम तथा प्रशिक्षक विभागको निर्देशक नियुक्त गरेका थिए । यसैमा आपत्ति जनाउँदै संगिनाले पदबाट राजीनामा दिएकी हुन् । आइतबार वैद्यले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा पत्र बुझाएकी छन् ।

‘यो निर्णय मप्रति गरेको अपमान भएर राजीनामा दिएको हो,’ संगिनाले भनिन् ‘नियम र कानुनअनुसार जाने हो भने मेरो पालो थियो । तर, यहाँ हस्तक्षेप गरेर मभन्दा जुनियर ल्याएपछि सोही पदमा बस्न ठिक लागेन।’ अघिल्लो साता सेवा निवृत्त भएपछि विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्माको विदाई भएको थियो ।

यसपछि उपनिर्देशक रहेका वैद्य र विष्णुबहादुर सिंहमध्ये एकको बढुवा हुनुपर्ने थियो । तर, मन्त्री तेजुलाल चौधरीले ठाडो हस्तक्षेप गर्दै कोशी प्रदेशबाट प्रसाईलाई नियुक्ती दिलाएका हुन् । प्रसाई मन्त्री चौधरीनिकट छन् । उनको कार्यकाल ६ महिनामा सकिँदै छ । त्यसअघि मन्त्रीले उनलाई निर्देशक बनाएका हुन् ।

राखेपबाट नियुक्ती पत्र लिएपनि उनी कार्यालय पुगेका छैनन् । सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने संगिना पहिलो खेलाडी हुन् । सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुदमा स्वर्ण पदक जितेपछि उनी राखेपको प्रशिक्षकका रुपमा कार्यरत छिन् ।

Advertisement

यदि निर्देशक पदमा नियुक्त भएको भए वैद्य तालिम तथा प्रशिक्षक विभाग प्रमुख बन्ने पहिलो महिला हुने थिइन् । निर्देशकको पद खाली भएपछि स्वभाविक रूपमा ओलम्पियन समेत रहेकी वैद्यको दाबी थियो । तर खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा कराते प्रशिक्षक सोभितराज प्रसाईंलाई निर्देशक बनाइएको हो । हाल निर्देशक नियुक्त भएका प्रसाईं भन्दा वैद्य एक वर्षले सिनियर प्रशिक्षक हुन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top