×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रिय क्रिकेट टोलीमा फेरि टमाटाको पुनरागमन

२५ भाद्र २०८१

२५ भदौ , काठमाण्डौ ।

नेपाली क्रिकेटमा सफल प्रशिक्षकका रुपमा नाम कमाएका जगत टमाटा फरक जिम्मेवारीका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकीय भूमिकामा फर्किएका छन् । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमणका लागि कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ ।

Advertisement
Advertisement

क्यानडा भ्रमणका लागि नेपाली टोलीको विदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टमाटालाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको जानकारी दिए । अब टमाटाले मुख्य प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा नेपाली टोलीमा काम गर्नेछन् । यसअघि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक हुँदा टमाटाले उमेर हदका कारण २०७९ को असोजमा अवकास पाएका थिए ।

५८ वर्ष पुगेसँगै राष्ट्रिय खेलकुद परिषद्को कर्मचारीबाट पनि अवकास पाएका कैलालीका टमाटा नेपालले सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा राष्ट्रिय टिमबाट खेलेका थिए । सन् २००१ देखि प्रशिक्षण थालेका उनले नेपाली राष्ट्रिय टिम, महिला राष्ट्रिय टिमसँगै उमेर समूहका टिमको मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।

पछिल्लो समय उनी राष्ट्रिय टोलीबाहिर रहे पनि फेरि टोलीको व्यवस्थापकीय भूमिकामा फर्किएका हुन् । क्यानले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको दिउँसो बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् ।

त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ । त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो खेल भदौ ३१ गते क्यानडासँग र दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

क्रिकेट क्यानडाले गत साता आफ्नो सामाजिक सन्जालमार्फत ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुने बताएको थियो । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ ।

तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ । टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज क्यानद्वारा जारी बार्षिक क्यालेन्डरमा छ ।त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ । क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी भने क्यानडामा नै छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top