×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकपमा तहल्का पिट्ने टोलीमा खड्कियो मेसी, नेयमार र स्वारेजको अभाव !

२६ भाद्र २०८१

२६ भदौ, विराटनगर । 

क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटतर्फ बुधबार बिहान अप्रत्याशित नतिजा आयो । आगामी दुई वर्षपछि हुने विश्वकपमा छनोट हुनेगरी आज दक्षिण अमेरिकी राष्ट्रहरूले आठौं चरणका खेल खेलेका थिए, जसमा बलियो भनिएका टिमहरूले जित्न सकेनन् ।

Advertisement

कोलम्बिया घरेलु मैदानमा साविक विजेता अर्जेन्टिनालाई २-१ गोलले हराएर बदला लिन सफल भयो । कोलम्बिया र अर्जेन्टिनाले गत जुलाईमा कोपा अमेरिकाको उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेका थिए, जसको अतिरिक्त समयमा गोल गर्दै अर्जेन्टिनाले उपाधि जितेको थियो ।

दुई महिनापछि कोलम्बिया र अर्जेन्टिनाले फेरि एकपटक खेलेका थिए, जसमा कोलम्बियाले अर्जेन्टिनासँग बदला लिएको हो । घरेलु मैदानमा कोलम्बियालाई जिताउन यर्सन मस्क्युरा र जेम्स रोड्रिग्वेजले एक-एक गोल गरे । अर्जेन्टिनाका निकालेस गोन्जालजले गरेको गोल सान्त्वना बन्यो ।

अर्को खेलमा ब्राजिल पाराग्वेसँग १-० गोलले स्तब्ध बन्यो । घरेलु मैदानमा पाराग्वेका लागि डिएगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । हुन त ब्राजिल पछिल्लो चार खेलमा एक जितमात्रै हासिल गर्न सफल भएको छ । यसअघि ब्राजिलले यही नतिजामा इक्वेडरलाई पराजित गर्दै लय समात्ने प्रयास गरेको थियो । तर, यो हारसँगै ब्राजिल पुन: खराब लयको शिकार हुन पुगेको छ ।

विश्वकपको पहिलो संस्करणको विजेता हो, उरुग्वे । सन् १९५० मा विश्वविजेता बनेको उरुग्वे विश्वकपमा तहल्का पिट्ने दक्षिण अमेरिकी राष्ट्रहरूमध्येको एक हो । तर, बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले भेनेजुएलासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न विवस भयो ।

उरुग्वेले पनि बराबरी खेल्दा दक्षिण अमेरिकी छनोटतर्फ बलिया मानिएका तीन टोलीले नै जितविहीन बनेका हुन् । बराबरीसँगै तेस्रो स्थानको उरुग्वले आठ खेलमा १६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिनासँग १८ अंक छ भने कोलम्बियासँग १५ अंकसहित दोस्रो स्थानमा छ । ब्राजिल भने १० अंकसहित पाँचौं स्थानमा छ ।

विश्वकप छनोट खेलमा यी तीनै देशका स्टार खेलाडी छैनन् । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका नेयमारले चोटका कारण आफ्नो राष्ट्रका लागि खेल्न पाएका छैनन् । अघिल्लो खेलबाटै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका उरुग्वेका लुइस स्वारेज भने अब टोलीमा हुने छैनन् । यसरी हेर्दा ब्राजिल, अर्जेन्टिना र उरुग्वेमा अनुभवी तथा स्टार स्ट्राइकरहरूको अभाव पो खड्किएको हो कि भन्ने आँकलन गर्न सकिन्छ ।

विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म विश्वकप ट्रफी उचालेका छन् । युरोपका देशहरूले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् । युरोपका १७ देश उपविजेता बन्दा दक्षिण अमेरिकी राष्ट्रहरू पाँच पटक ‘रनर अप’ बनेका छन् ।

युरोपका जर्मनी र इटाली चार–चार पटक विश्वविजेता बन्दा फ्रान्सले दुई र स्पेन र इंग्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिल हो । त्यसबाहेक अर्जेन्टिनाले तीन र उरुग्वे दुई पटक विश्वविजेता बनेका छन् ।

Advertisement

सन् २०२६ मा पहिलोपटक ४८ टोलीको सहभागितामा विश्वकप आयोजना हुने छ, जसमा दक्षिण अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । ७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top