×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विपक्षीको पोस्टमा जापानको गोल वर्षा !

२६ भाद्र २०८१

२६ भदौ, विराटनगर । 

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत जापानले विपक्षीको पाेस्टमा गोल वर्षा गराउने क्रमलाई कायमै राखेको छ ।

Advertisement
Advertisement

मंगलबार राति भएको विश्वकपको एसियन छनोट खेलमा जापानले बहराइनमाथि ५-० गोलान्तरको फराकिलो जित दर्ता गरेको छ । तेस्रो चरणको खेलअन्तर्गत जापानले बहराइन उसैको मैदानमा हराएको हो ।

जापानको जितमा आयसे उएडा र हिडेमासा मोरिटाले दुई-दुई गोल गर्दा कोकी ओगावाले एक गोल गरे । त्यसअघि भने चीनलाई ७-० गोलले हराएको थियो सिरिया र म्यानमारमाथि समान ५-० गोलको नजिता निकालेको थियो ।

दोस्रो चरणमा शतप्रतिशत जित निकालेको जापान तेस्रो चरणका दुई खेलमा लगातार विजयी भएको छ ।

विश्वकप खेल्न अहिले १८ एसियन राष्ट्रहरूले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

Advertisement

एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top