सुनको मूल्यमा नयाँ कीर्तिमान, कति छ तोलाको ?

२६ भदौ ८१, बुधबार

२६ भदौ, विराटनगर ।

Advertisement

नेपाली बजारमा बुधबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चार दिन अगाडि प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

बुधबार चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला एक हजार सात सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Advertisement

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top