×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

वाइफाइको विषयमा विवाद ‘वाइफ’को हत्या, दुई छोरी घाइते

२६ भाद्र २०८१

२६ भदौ, बारा ।

बाराको निजगढ नगरपालिकामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको ज्यान लिएका छन् । मंगलबार साँझ साढे ७ बजेतिर निजगढ-९ का ४६ वर्षीय विमलकुमार बस्नेतले श्रीमतीको हत्या गरेका हुन् ।

Advertisement
Advertisement

प्रहरीका अनुसार आफ्नी ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या आरोपमा उनलाई पक्राउ गरिएको हो । खुर्पा प्रहार गरेर श्रीमतीको ज्यान लिने बस्नेतले आमालाई बचाउन गएका दुई छोरीलाई समेत घाइते बनाएका छन् ।

आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएको प्रहरीले जनाएको छ । जेठी छोरी गंगाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो । चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो ।

Advertisement
Advertisement

श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए । त्यसक्रममा छोरीहरू बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरू पनि घाइते भएका हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top