ब्राजिलको टोलीमा नेयमार हुँदा र नहुँदा कति फरक ?

२५ भदौ ८१, बुधबार

२६ भदौ, एजेन्सी ।

फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत पाँच पटकको विश्वविजेता ब्राजिल पाराग्वेसँग हारेपछि ब्राजिलियन टोलीमा नेयमारको अभाव खड्किएको हो किन भन्ने अनुमान लगाउन थालिएको छ ।

आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल पाराग्वेसँग १-० गोलले हारेको हो । पछिल्ला चार खेलमध्ये ब्राजिलले एक जित मात्रै हासिल गर्न सफल भएको छ । छनोटको अंक तालिकामा आठ खेलबाट १० अंक जोडेको ब्राजिल पाँचौं स्थानमा छ ।

Advertisement

यसरी ब्राजिलले जितका लागि संघर्ष गरिरहँदा स्टार खेलाडी नेयमारको चरम अभाव खड्किएको ब्राजिलका समर्थकहरूको आँकलन छ । सन् २०१० मा नेयमारले डेब्यु गरेयता उनी हुँदा र नहुँदा कति फरक पर्छ ? तथ्यांकका अनुसार नेयमार टोलीमा रहँदा ब्राजिलको जित धेरै रहेको छ ।

नेयमारले हालसम्म ब्राजिलबाट एक सय २८ खेल खेलेका छन्, जसमध्ये ९२ खेलमा ब्राजिलले जित दर्ता गरेको छ । नेयमार हुँदा २४ खेलमा बराबरी खेल्दा १२ खेलमा हार बेहोरेको छ । टोलीमा नेयमार उपलब्ध हुँदा ब्राजिलको जित प्रतिशत ७२ प्रतिशत रहेको छ भने हारतर्फ नौ प्रतिशत मात्र छ ।

Advertisement

तर, नेयमारलाई टोलीमा नराखेर ब्राजिलले ६० खेल खेलेको छ, जसमध्ये ३३ खेलमा जित निकालेको छ । १४ खेलमा बराबरी खेल्दा १३ खेलमा हार खेपेको छ । नेयमार हुँदा ब्राजिलको जित प्रतिशत ५५ हुँदा २१ प्रतिशतमा हार रहेको छ । यसरी हेर्दा नेयमार हुँदा ब्राजिलियन टोली बलियो रहेको देखिन्छ ।

ब्राजिलले सन् २०२६ को विश्वकपमा छनोट हुनका लागि गरिरहेको संघर्षमा साथ दिन पनि पाएका छैनन्, नेयमारले । चोटका कारण मैदानबाहिर रहेका नेयमारले आगामी कति खेल गुमाउने हुन्, त्यसको अनुमान पनि छैन । किनकि, झन्डै एक वर्षयता उनले खेल्न त के प्रशिक्षणसमेत गर्न सकेका छैनन् ।

गोलमा पास मिलाउन सिपालु नेयमार आफ्ना देशका लागि सर्वाधिक धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् । त्यसबाहेक नेयमार २१औं शताब्दीमा राष्ट्रिय टोलीहरूमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी पनि हुन् । यो मामलामा नेयमारले पूर्वसहकर्मी लियोनल मेसी अनि क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् ।

नेयमारले हालसम्म राष्ट्रका लागि एक सय २८ खेल खेल्दा ५९ गोलमा पास मिलाएका छन् । जबकि, विश्वकप विजेता मेसीले एक सय ८७ खेल खेल्दा ५८ असिस्ट गरेका छन् भने पोर्चुगलका कप्तान रोनाल्डोले दुई सय १२ खेलमा ४५ असिस्ट गरेका छन् ।

सन् २०१० मा १८ वर्षको उमेरमा ब्राजिलका लागि डेब्यु गरेका नेयमारले ७९ गोलसमेत गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता पनि हुन् । ब्राजिलका लागि ७७ गोल गरेका पेलेजस्तो खेलाडीलाई उनले उछिनेका छन् । सन् २०१६ मा भएको रियो ओलम्पिकमा घरेलु राष्ट्र ब्राजिललाई स्वर्ण पदक दिलाएका छन्, नेयमारले ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top