NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

विश्वकपको पर्याय ब्राजिलः किन झन्–झन् खस्किँदै छ ?

शनिबार भदौ २९ , २०८१
Reading Time: 1 min read
A A
विश्वकपको पर्याय ब्राजिलः किन झन्–झन् खस्किँदै छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ भदौ , एजेन्सी ।

ब्राजिल भन्नासाथै उत्कृष्ट फुटबल खेल्ने र महान खेलाडी पेलेको देश भनेर चिनिन्छ । साथै ब्राजिललाई फुटबलको पर्याय पनि भनिन्छ । तर, केही दशकदेखि ब्राजिल यो भनाईभन्दा विपरित दिशामा गइरहेको छ ।

पेले, रोमारियो, रोनाल्डो, रोबिन्हो, रोनाल्दिन्हो जस्ता महान खेलाडीले ब्राजिली फुटबलको उँचाई बढाए । तर, अहिले खोई त्यो प्रदर्शन, भन्न थालेका छन् ब्राजिलका समर्थकहरु । यद्यपि, अहिले पनि ब्राजिलका सयौं खेलाडी प्रत्येक वर्ष युरोपमा खेल्न जान्छन् ।

नेयमार जुनियरले पेरिस सेन्ट जर्मेन र बार्सिलोनामा खेले । नयाँ प्रतिभावान खेलाडी भिनिसियस जुनियर २०१८ मा रियल मेड्रिड पुगेका थिए । एन्ड्रीक गत वर्ष रियल मेड्रिडमा आवद्ध भए । प्रिमियर लिगमा खेल्नेहरू डगलस लुृइज, लुकास पाक्वेटा, जोआओ गोमेज, बु्रनो गुल्मारेज, रिचार्लिसनले इंग्ल्यान्डमा मोटो कमाइ गरिरहेका छन् ।

यी खेलाडी क्लबका लागि भने मरिमेटेर खेल्छन् तर, ब्राजिलका लागि खेल्दैनन् । यो आरोप पनि उनीहरुमाथि लागिरहेको छ । यस्तोमा आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकाले संयुक्त रूपमा २३औं संस्करणको फिफा विश्वकपको आयोजना गर्दैछन् ।

विश्वकपको इतिहासमै पहिलोपटक ४८ टोलीको सहभागितामा खेलाइने उक्त फुटबलको महाकुम्भमा १० वटा दक्षिण अमेरिकी राष्ट्रहरूले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा सर्वाधिक धेरै पाँच पटकको विश्वविजेता ब्राजिलको अवस्था भने दयनीय छ ।

यसअघि शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट हुँदै आएको ब्राजिल यसपटक भने संघर्षरत अवस्थामा छ । हालसम्म आठ खेल खेलिसकेको ब्राजिल चार खेलमा हार, तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अंक जोडेको छ ।

अर्जेन्टिना, कोलम्बिया, उरुग्वे र इक्वेडरपछि अंक तालिकाको पाँचौं स्थानमा छ, ब्राजिल । यसअघि सन् २०२२ मा भएको कतार विश्वकप र त्यसभन्दा अगाडिको रसिया विश्वकपमा दक्षिण अमेरिकी राष्ट्रहरूमध्ये शीर्ष स्थानमा रहेर ब्राजिल छानिएको थियो ।

हुन त ब्राजिल फिफा विश्वकपका हरेक संस्करणमा छनोट हुने एकमात्र राष्ट्र हो । विश्वकपको इतिहासमा सबैभन्दा सफल टोली ब्रालिलबिना कुनै विश्वकप भएका छैनन् । सन् १९३० देखि सन् २०२२ सम्मका सबै विश्वकपमा सहभागिता जनाएको ब्राजिलले आफ्नो उपस्थितिलाई बलियो इतिहासका रूपमा सुरक्षित गरेको छ ।

सन् १९५८ र १९६२ मा लगातार दुई पटक १९७०, १९९४ र २००२ मा गरी ब्राजिल कुल पाँच पटक विश्वकप विजेता बनेको छ । दुईचोटी फाइनल पुगेर पनि उपाधि जित्नबाट बञ्चित भएको ब्राजिल दुई पटक तेस्रोमा सीमित बनेको थियो ।

पछिल्लो पटक सन् २००२ मा विश्वविजेता बनेयता ब्राजिल सन् २०१४ मा जर्मनीसँग हारेर चौथो बनेको थियो । जर्मनीसँगको ७–१ गोलान्तरको हार ब्राजिलका लागि सबैभन्दा ठुलो हार थियो । त्यसबीचका विश्वकपको क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेको छैन, ब्राजिल ।

सन् २००२ को विश्वकप जितेपछि ब्राजिल सन् २००६ को विश्वकपका लागि पहिले नै छनोट भएको थियो । किनभने फिफाले नियम परिवर्तन गर्दै विश्व कपको विजेताले स्वतः अर्को प्रतियोगिता खेल्ने नियम थियो । ब्राजिल सर्वाधिक दुई पटक विश्वकप आयोजना गर्ने राष्ट्र पनि हो ।

ब्राजिलले सन् १९५० र २०१४ मा विश्वकप आयोजना गरेको थियो । ब्राजिल विश्वकपमा सार्वधिक गोल गर्ने टोली हो । ब्राजिलले २३७ गोल गरेको छ । जर्मनीले २३२ गोल गर्दा साविक विजेता अर्जेन्टिनाले १५२ गोल गरेको छ ।

विश्वकपको ट्रफी अहिलेसम्म युरोप र दक्षिण अमेरिकाले मात्र अहिलेसम्म उचालेका छन् । युरोपले १२ र दक्षिण अमेरिकी टिमले १० पटक विश्वकप जितेका छन् । युरोपका १७ देश उपविजेता बन्दा दक्षिण अमेरिकी राष्ट्रहरू पाँच पटक ‘रनर अप’ बनेका छन् ।

युरोपका जर्मनी र इटाली चार–चार पटक विश्वविजेता बन्दा फ्रान्सले दुई र स्पेन र इंग्ल्यान्डले एक–एक पटक उपाधि जितेका छन् । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले पाँच पटकको विजेता ब्राजिल हो । त्यसबाहेक अर्जेन्टिनाले तीन र उरुग्वे दुई पटक विश्वविजेता बनेका छन् ।

Tags: # ओलारो यात्रा#विश्वकपको पर्याय ब्राजिल

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.