NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

धनराज दम्पती जोडिएको सहकारीमा सीआईबीले थाल्यो अनुसन्धान

शनिबार भदौ २९ , २०८१
Reading Time: 1 min read
A A
धनराजको “सहकारी डिभोर्स”,१२ सहकारी अध्यक्षको डिभोर्स
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ भदौ , काठमाण्डौ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङसमेत मुछिएको ललितपुरको मितेरी सहकारीमा भएको रकम अपचलनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

सहकारीको करिब १४ करोड रुपैयाँ नोक्सानी भएको भन्दै बोधविक्रम थापाले दिएको निवेदन र बागमती प्रदेशको सहकारी मन्त्रालयले गरेको छानबिन प्रतिवेदनका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

थापाले गत साउन १४ गते नै धनराज र उनकी पूर्वश्रीमती ज्योति गुरुङसहित ११ जनामाथि छानबिन गर्न उजुरी दिएका थिए । तर सीआईबीले सहकारीसम्बन्धी अनुसन्धान गर्ने सम्बन्धित निकायबाट आउनुपर्ने भनेपछि बागमती प्रदेशको सहकारी मन्त्रालयले छानबिन गरेको थियो ।

तर मन्त्रालयको छानबिनले भने धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङसहित पाँच जनामाथि मात्रै थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सीआईबीलाई सिफारिस गरेको थियो । त्यसैका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

सांसद गुरुङकी श्रीमती ज्योति २०५७ सालमा सहकारीमा प्रवेश गरी २०७५ सालमा प्रबन्ध निर्देशक भएकी थिइन । सहकारीको ३ करोड ४० लाख रुपैयाँ सञ्चालक समितिका अन्यले पनि अपचलन गरेको देखिएकाले त्यसमा पनि अनुसन्धान अघि बढाउने सीआईबीले जनाएको छ ।

सो सहकारी संस्थामा रहेका कर्मचारी र सञ्चालकहरू विरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईवीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उनले भने– ‘पैसा अपचलन कहाँ कसरी भयो भन्ने बारेमा अनुसन्धानबाट हेर्छौ, यसमा को को संलग्न छन भन्ने कुरा अनुसन्धानबाट थाहा हुने भयो । अहिले हामीले मुख्य रूपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका हौँ ।’

सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउनमा उजुरी गरेका थिए ।

ठगी आरोपित मुख्य व्यक्ति ज्योति गुरुङ सांसद धनराज गुरुङकी श्रीमती हुन्, यद्यपि धनराजले २०७६ सालमा सम्बन्ध विच्छेद गरेको दाबी गर्दै आएका छन् । सम्बन्ध विच्छेद गरेको दाबी गरे पनि श्रीमतीको नाममा रहेको ऋण धनराजले तिर्दै आएको अध्यक्ष कुम्भराजले बताएका छन् ।

धनराज गुरुङको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानका क्रममा थाहा हुने र अहिलेसम्म धनराज गुरुङको बारेमा उजुरी नपरेको सीआईवी प्रवक्ता बोगटीले बताए । यता सांसद गुरुङ सहकारी ठगीमा मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ ।

समितिलाई संस्थाका अध्यक्ष कुम्भराजले धनराज गुरुङले आफ्नो ठगी लुकाउन कागजी सम्बन्ध विच्छेद गरेको, १ महिना अघिसम्म पनि श्रीमतीले लिएको ऋणको किस्ता तिर्न आएको कुरा सूर्य थापासहित समितिका सदस्यहरूलाई जानकारी गराएका थिए ।

उनले आफूले धनराज गुरुङविरुद्ध अनुसन्धान गर्न सीआईवीमा दिएको उजुरी दर्ता नगरेकोमा समितिसमक्ष गुनासो समेत गरेका थिए । यसैबीच सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ ।

साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । हिजोबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ ।

हिजो समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो।

उनीहरुसँग फरार व्यक्तिहरूको खोजबिन गर्न साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरिएको जनाएको छ । अहिलेसम्म सहकारी ठगीमा जोगिएको २८ जना विदेशमा फरार छन् ।

Tags: # सीआईबीले थाल्यो अनुसन्धान#कांग्रेसका सांसद धनराज गुरुङ#धनराज दम्पती जोडिएको सहकारी

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.