×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

एन्फाले पाउला त अल मुताइरीजस्तो प्रशिक्षक ?

३१ भाद्र २०८१

३१ भदौ, विराटनगर ।

कतारको तलब खाएर नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई सिकाउन नेपाल आएका थिए, कुवेती अब्दुल्लाह अल मुताइरी । २०७७ चैत १८ गते एक वर्षका लागि नेपालको ‘कोच’ बनेका अल मुताइरीले २०७९ भदौ २६ गते जिम्मेवारी त्यागेको घोषणा गरे । अखिल नेपाल फुबटल संघ (एन्फा)ले दोस्रोपटक सम्झौता थपेको थियो । अल्मुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षको लागि नयाँ सम्झौता भएको थियो ।

Advertisement

५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि अल्मुताइरीले सामाजिक सञ्जालमार्फत् आफ्नो कार्यअवधि टुंग्याएको घोषणा गरेका थिए । खेलाडी र समर्थकले औधि रुचाएको र नेपाल नै बस्ने मन हुँदाहुँदै पनि प्रशिक्षक अलमुताइरीले कुवेत फर्किने निधो गरेका थिए । यसको प्रमुख कारण थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको किचलो ।

साफ च्याम्पियनसिपको ३८ वर्षे लामो इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पु¥याएका अल्मुताइरीसँग तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको विवाद भएको थियो । राजीनामा दिँदा नेम्वाङकै नाम उल्लेख गरेका थिए, अलमुताइरीले । पछि छानबिन नभई उक्त विषय त्यतिकै टुंगियो । र, उनले नेपाल छोडे ।

नेपाली फुटबल टोलीले पहिलोपटक पाएको प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक थिए, उनी । कतार फुटबल एसोसिएसनले एक वर्षका लागि अल्मुतारीलाई प्रशिक्षकको रूपमा पठाएको हो । जसअन्तर्गत उनले कतार फुटबल एसोसिएसनबाट मासिक तलब पाउँथे । तर, उनलाई एन्फाले बस्ने र खाने सुविधाको व्यवस्था गरेको थियो ।

अलमुताइरीको डेढ वर्षको बसाइमा उनी नेतृत्वको नेपालले १९ खेल खेल्दा पाँच खेलमा जित, र दुई खेलमा बराबरी खेल्यो । १२ खेलमा भने नेपालको नतिजा निराशाजनक रह्यो । तथापि, ती हारहरूमा हुने गोलान्तरमा भने व्यापक रूपमा फेरबदल आएका कारण उनी समर्थकको नजरमा परे । त्यसबाहेक अलमुताइरीले फुटबल विकासको लागि नेपाललाई आर्थिक सहयोग गर्न फिफा र एएएफसीलाई अपिल पनि गर्नेगरेका थिए । नेपाली फुटबल व्यावसायिक नभएकै कारण गुणस्तरीय फुटबल खेलाडी उत्पादन गर्न नसकेको उनको निष्कर्ष थियो ।

नेपाली खेल र खेलाडीलाई योगदान दिन रुचि भएका अलमुताइरी २०७८ मा वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनको कमान्डमा नेपाल पहिलोपटक एएफसी एसियन कप २०२३ प्रतियोगित छनोटअन्तर्गत तेस्रो चरणसम्म पुगेको थियो । त्यसैगरी, उनकै नेतृत्वमा गत वर्ष माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले फाइनल यात्रा तय गरेको थियो । तर, उपाधि भने जित्न सकेन ।

नेपाल आउनुअघि कुवेत र साउदी अरेबियाको कोचको भूमिका उनले निभाएका थिए । त्यसैगरी उनले कीर्गिस्तान यू–१६ टिमलाई २०१९ देखि २०२० सम्म एक वर्ष कोच गरेका थिए । नेपाली फुटबलका ‘गेमचेन्जर’ का रूपमा चिनिएका अलमुताइरीले दोस्रो पटक तीन वर्षका लागि सम्झौता भएको एक वर्ष पनि नपुग्दै नेपाल छोडे । अल्मुताइरी अफगानिस्तान र कुवेती क्लब अल जाहराको प्रशिक्षक हुँदै श्रीलंकाको अन्तरिम प्रशिक्षकका रूपमा छन् ।

गत महिना एएफसी छनोटका लागि श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका उनले आफू अझै पनि प्रशिक्षकीय जिम्मेवारीमा अब्बल रहेको प्रमाणित गरे । उनी नेतृत्वको श्रीलंका प्रतिष्ठित एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छनौट प्रतियोगितामा सामेल हुन सफल भयो ।

नेपाल छोडेपछि पनि पटक–पटक अलमुताइरीलाई फर्काउने पहल भएको थियो । तर, सफल भएन । उनी गएपछि एन्फाले इटालियन प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसलाई प्रशिक्षकको जिम्मा सुम्पिएको थियो । सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा एनिसलाई ल्याइएको थियो । उनीसँग तीन महिला सम्झौता थप गरिएको थियो । तर, नतिजा दिन नसकेको भन्दै भदौको कार्यसमिति बैठकले उनीसँग अब सम्झौता थप नगर्ने निर्णय गर्‍यो ।

एनेस प्रशिक्षक भएर आएपछि नेपालले थ्री नेसन्स कपमा तीन, साफ च्याम्पियनसिपमा तीन, विश्वकप छनोटमा सात खेल तथा तीन मैत्रीपूर्ण गरी कूल १६ खेल खेलेको छ। जसमा नेपालले जम्मा चार खेल मात्र जितेको थियो । यस्तै, तीन खेल बराबरी खेल्दा १० मा पराजित बेहोरेको थियो ।

एनिस पनि नरहेपछि एन्फाले मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । सोमबार एन्फाले विज्ञप्ति निकालेर पाँचदेखि १० वर्षको प्रशिक्षण अनुभव भएका, प्रो–लाइसेन्स प्राप्त प्रशिक्षकले आवेदन दिनसक्ने जनाएको छ । योग्यता पुगेका व्यक्तिले १५ दिनभित्रमा आवेदन दिनसक्ने एन्फाले जनाएको छ ।

Advertisement

के, अब्दुल्लाह अल मुताइरीजस्तो प्रशिक्षक पाउला त एन्फाले ? यतातर्फ सबैको चिन्ता र चासो छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top