NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि….. बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने बुधबार कार्तिक १२ , २०८२
सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बुधबार कार्तिक १२ , २०८२
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
Next
Prev

समाचार

एन्फाले पाउला त अल मुताइरीजस्तो प्रशिक्षक ?

सोमवार भदौ ३१ , २०८१
Reading Time: 1 min read
A A
एन्फाले पाउला त अल मुताइरीजस्तो प्रशिक्षक ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ भदौ, विराटनगर ।

कतारको तलब खाएर नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई सिकाउन नेपाल आएका थिए, कुवेती अब्दुल्लाह अल मुताइरी । २०७७ चैत १८ गते एक वर्षका लागि नेपालको ‘कोच’ बनेका अल मुताइरीले २०७९ भदौ २६ गते जिम्मेवारी त्यागेको घोषणा गरे । अखिल नेपाल फुबटल संघ (एन्फा)ले दोस्रोपटक सम्झौता थपेको थियो । अल्मुताइरी र एन्फाबीच २०७८ कात्तिकमा तीन वर्षको लागि नयाँ सम्झौता भएको थियो ।

५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि अल्मुताइरीले सामाजिक सञ्जालमार्फत् आफ्नो कार्यअवधि टुंग्याएको घोषणा गरेका थिए । खेलाडी र समर्थकले औधि रुचाएको र नेपाल नै बस्ने मन हुँदाहुँदै पनि प्रशिक्षक अलमुताइरीले कुवेत फर्किने निधो गरेका थिए । यसको प्रमुख कारण थियो, अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको किचलो ।

LS Auto

साफ च्याम्पियनसिपको ३८ वर्षे लामो इतिहासमा नेपाललाई पहिलोपल्ट फाइनलमा पु¥याएका अल्मुताइरीसँग तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको विवाद भएको थियो । राजीनामा दिँदा नेम्वाङकै नाम उल्लेख गरेका थिए, अलमुताइरीले । पछि छानबिन नभई उक्त विषय त्यतिकै टुंगियो । र, उनले नेपाल छोडे ।

नेपाली फुटबल टोलीले पहिलोपटक पाएको प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक थिए, उनी । कतार फुटबल एसोसिएसनले एक वर्षका लागि अल्मुतारीलाई प्रशिक्षकको रूपमा पठाएको हो । जसअन्तर्गत उनले कतार फुटबल एसोसिएसनबाट मासिक तलब पाउँथे । तर, उनलाई एन्फाले बस्ने र खाने सुविधाको व्यवस्था गरेको थियो ।

अलमुताइरीको डेढ वर्षको बसाइमा उनी नेतृत्वको नेपालले १९ खेल खेल्दा पाँच खेलमा जित, र दुई खेलमा बराबरी खेल्यो । १२ खेलमा भने नेपालको नतिजा निराशाजनक रह्यो । तथापि, ती हारहरूमा हुने गोलान्तरमा भने व्यापक रूपमा फेरबदल आएका कारण उनी समर्थकको नजरमा परे । त्यसबाहेक अलमुताइरीले फुटबल विकासको लागि नेपाललाई आर्थिक सहयोग गर्न फिफा र एएएफसीलाई अपिल पनि गर्नेगरेका थिए । नेपाली फुटबल व्यावसायिक नभएकै कारण गुणस्तरीय फुटबल खेलाडी उत्पादन गर्न नसकेको उनको निष्कर्ष थियो ।

नेपाली खेल र खेलाडीलाई योगदान दिन रुचि भएका अलमुताइरी २०७८ मा वर्षकै उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनको कमान्डमा नेपाल पहिलोपटक एएफसी एसियन कप २०२३ प्रतियोगित छनोटअन्तर्गत तेस्रो चरणसम्म पुगेको थियो । त्यसैगरी, उनकै नेतृत्वमा गत वर्ष माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले फाइनल यात्रा तय गरेको थियो । तर, उपाधि भने जित्न सकेन ।

नेपाल आउनुअघि कुवेत र साउदी अरेबियाको कोचको भूमिका उनले निभाएका थिए । त्यसैगरी उनले कीर्गिस्तान यू–१६ टिमलाई २०१९ देखि २०२० सम्म एक वर्ष कोच गरेका थिए । नेपाली फुटबलका ‘गेमचेन्जर’ का रूपमा चिनिएका अलमुताइरीले दोस्रो पटक तीन वर्षका लागि सम्झौता भएको एक वर्ष पनि नपुग्दै नेपाल छोडे । अल्मुताइरी अफगानिस्तान र कुवेती क्लब अल जाहराको प्रशिक्षक हुँदै श्रीलंकाको अन्तरिम प्रशिक्षकका रूपमा छन् ।

गत महिना एएफसी छनोटका लागि श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका उनले आफू अझै पनि प्रशिक्षकीय जिम्मेवारीमा अब्बल रहेको प्रमाणित गरे । उनी नेतृत्वको श्रीलंका प्रतिष्ठित एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छनौट प्रतियोगितामा सामेल हुन सफल भयो ।

नेपाल छोडेपछि पनि पटक–पटक अलमुताइरीलाई फर्काउने पहल भएको थियो । तर, सफल भएन । उनी गएपछि एन्फाले इटालियन प्रशिक्षक अल्बर्टो भिन्सिन्जो एनिसलाई प्रशिक्षकको जिम्मा सुम्पिएको थियो । सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा एनिसलाई ल्याइएको थियो । उनीसँग तीन महिला सम्झौता थप गरिएको थियो । तर, नतिजा दिन नसकेको भन्दै भदौको कार्यसमिति बैठकले उनीसँग अब सम्झौता थप नगर्ने निर्णय गर्‍यो ।

एनेस प्रशिक्षक भएर आएपछि नेपालले थ्री नेसन्स कपमा तीन, साफ च्याम्पियनसिपमा तीन, विश्वकप छनोटमा सात खेल तथा तीन मैत्रीपूर्ण गरी कूल १६ खेल खेलेको छ। जसमा नेपालले जम्मा चार खेल मात्र जितेको थियो । यस्तै, तीन खेल बराबरी खेल्दा १० मा पराजित बेहोरेको थियो ।

एनिस पनि नरहेपछि एन्फाले मुख्य प्रशिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । सोमबार एन्फाले विज्ञप्ति निकालेर पाँचदेखि १० वर्षको प्रशिक्षण अनुभव भएका, प्रो–लाइसेन्स प्राप्त प्रशिक्षकले आवेदन दिनसक्ने जनाएको छ । योग्यता पुगेका व्यक्तिले १५ दिनभित्रमा आवेदन दिनसक्ने एन्फाले जनाएको छ ।

के, अब्दुल्लाह अल मुताइरीजस्तो प्रशिक्षक पाउला त एन्फाले ? यतातर्फ सबैको चिन्ता र चासो छ ।

लोकप्रीय

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

विचार

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

थप समाचार

आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..
ताजा समाचार

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने
ताजा समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.