झापा आइपुगे डली चायवाला, विभिन्न ठाउँमा चिया बनाएर पिउन दिने

३१ भदौ ८१, मंगलबार

३१ भदौ, काठमाडौं ।

विश्वकै धनाढ्य व्यक्ति तथा माइक्रोसफ्ट संस्थापक बिल गेट्सलाई चिया बनाएर पिउन दिएपछि चर्चामा आएका डली चायवाला सोमबार झापा आइपुगेका छन् । दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित सोमबार उनी झापाको काँकडभिट्टा आइपुगेका हुन् ।

आज अपराह्न चायवाला झापा आइपुगेको उनलाई नेपाल ल्याउने संस्था ग्लोबल इनोभेसन पार्टनरका आरिफ अलीले बताए । नेपाल-भारत सीमानजिक रहेको विमानस्थल बागडोरा एयरपोर्टबाट आयोजकले झापासम्म ल्याएका थिए ।

Advertisement

डली चायवाला धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा बसेका छन् । त्यहाँको लंका रिसोर्टमा उनले चिया बनाएर अतिथिलाई खुवाउनेछन् । डली चायवाला मंगलबार बेलुका काठमाडौं आउनेछन् । काठमाडौंमा उनले केही शैक्षिक परामर्शदाता संस्थासँगको मिट एण्ड ग्रीटमा भाग लिनेछन् ।

हेलिकप्टरबाट काठमाडौं र पर्वतीय उडान भर्ने उनको कार्यक्रम छ । काठमाडौंमा रहँदा उनी पाँचतारे होटल सोल्टीमा बस्नेछन् । काठमाडौंबाट उनलाई तीन दिन पोखरा घुमाउने तयारी रहेको अलीले जनाए ।

खासगरी, झापास्थित भद्रपुरमा रहेको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीका प्रतिनिधि बनेर आरिफले चायवालालाई बोलाएका हुन् । अलिले एक पडकास्टको अतिथि बनाएर डली चायवालालाई नेपाल ल्याएका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top