‘नेशनल डे कन्सर्ट’मा बालेनको नारा लगाउने अभियुक्त

३ असोज ८१, शुक्रबार

४ असोज , काठमाण्डौ।

ड्रेस अर्थात पहिरनले मान्छेको व्यक्तित्वलाई पनि झल्काउँछ । कसैले आफू सुहाउँदो र प्रोग्राम अनुसारको ड्रेसअप गर्छ भने त्यसलाई ‘वाह, क्या सुहाएको ड्रेस अप’ भनेर प्रशंसा गरिन्छ । तर, आफूलाई र आफ्नो उमेरलाई नसुहाउने अनि प्रोग्राम अनुसारको ड्रेसअप नलगाउँदा त्यस्तोलाई नराम्रो ड्रेस भनिन्छ ।

आजकल फेसन भनेपछि सामान्य मान्छेहरू समेत निकै अगाडी छन् भने समाजका रोल मोडल मानिएकाहरु अनि नेतृत्वमा रहनेहरुले त झन् हुनै प–यो । राम्रो ड्रेसअप सेन्स भन्नाले प्रोग्राम अनुसारको ड्रेसअप गर्नु र ड्रेससंगै एसोसेरिजसमेत म्याच गराएर लगाउनु हो ।

फर्मल प्रोग्राममा इभेन्ट अनुसारको ड्रेसअप गर्नु र साझको पार्टी वा कुनै इन्टरटेनमेन्ट प्रोग्राममा त्यही अनुसारको ड्रेसअप अर्थात् हेयर स्टाईल मेकअप सबै कुरामा ध्यान दिनुलाई नै ड्रेसअप सेन्स भनिन्छ ।  ‘नेशनल डे कन्सर्ट’मा प्रधानमन्त्री जिन्स, क्याप लगाएर उपस्थित भएका छन् ।

संविधान दिवसका अवसरमा बिहीबार दरबारमार्गमा नागरिकस्तरबाट आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’मा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय झन्डा हल्लाउँदै संविधान दिवसको खुशी साटे । समारोहमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, उद्योगमन्त्री दामोदर भण्डारी लगायत सहभागी थिए।

छोटो समय सहभागी भएका प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको शुभकामना दिँदै दिवसलाई भव्य रुपमा मनाउन आग्रह गरेका थिए । समारोहमा ओली भने नियमित देखिने भन्दा फरक पोशाक लगाएर कन्सर्टमा पुगेका थिए ।

उनले क्याप, ज्याकेटसहित जिन्स लगाएका थिए भने अन्य मन्त्रीहरु भने नियमित कोट पाइन्टमै उपस्थित भएका थिए । यस्तै फस्ट लेडी राधिका समेत कुर्थासरुवालमा उपस्थित भएकी थिइन् । कार्यक्रमको मर्म अनुरुप नै आफूलाई ढाल्न खोजेका ओलीको उपस्थिती भएपछि कन्सर्टमा सहभागीहरुले उत्साहका साथ ओलीको स्वागत गरेका थिए।

७२ वर्षका ओलीको साझाको पोशाकले उनको उमेरलाई निक्कै घटाएको देखिन्थ्यो । सुमधुर साँझमा कलाकारहरुको प्रस्तुतीकाबीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै भने ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद !’

यसैबीच संविधान दिवसका अवसरमा शुक्रवार दरबारमार्गमा भएको कन्सर्टका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका बालेन समर्थकमध्ये एक जना ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाइएको छ।

तिलक खड्का नाम गरेका व्यक्ति ज्यान मुद्दामा फरार रहेको पाइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले बताएका छन् । खड्का बझाङको मस्टा–३ घर भई हाल माछापोखरीमा बस्दै आएको पाइएको छ।

संविधान दिवसमा दिन बिहीबार दरबार मार्गमा भएको कन्सर्टमा बालेनको पक्षमा र प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नाराबाजी गर्दा झडप भएको थियो । त्यस क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार खड्काले गत जेठमा शंकरदेव क्याम्पसमा अध्ययनरत प्रवेश लामालाई आक्रमण गरी घाइते बनाएका थिए । पक्राउ परेकामध्ये तीन जनालाई छाड्ने भएपनि खड्कालाई भने पुरानो मुद्दाको आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।

सुरुमा बालेन को नारा लगाएका ती ब्यक्तिले प्रधानमन्त्री पुगेपछि उनले सम्बोधन गर्दा अश्लील नाराबाजी र हुटिङ गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्ने बेला उनीहरूले बालेन ! बालेन ! भन्दै नारा लगाएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top