×

NEPAL TIMES UPDATES

Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026

विपिनको रिहाईको आवाज आरजुले विश्वभर पुर्याइन्

८ आश्विन २०८१

८ असोज , एजेन्सी ।

लामो समयदेखि स्वतन्त्र राष्ट्रका लागि वकालत गरिरहेको प्यालेस्टाइनको स्वतन्त्रताका पक्षमा नेपालले पनि आवाज उठाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र प्यालेस्टाइनबीचको समस्याको समाधान ‘टु स्टेट सोलुसन’ बाट हुनु पर्ने बताएकी छन् ।

Advertisement
Advertisement

अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७९औं महासभाका दौरान भएको असंलग्न अभियान (नाम) को मन्त्रीस्तरीय बैठकमा सम्बोधन गर्दै मन्त्री राणाले भनिन्,‘इजरायल–प्यालेस्टाइन समस्याको समाधान टु स्टेट सोलुसन (दुई राज्य निर्माण गरेर) बाट हुनु पर्छ ।’

राष्ट्र संघले सन् १९४७ मै ती दुई मुलुक बीचको समस्याको समाधान टु स्टेट सोलुसनबाटै हुनु पर्ने प्रस्ताव अघि बढाएको थियो । तर हालसम्म पनि उक्त प्रस्ताव अघि बढाएर कार्यान्वयनमा जान सकेको छैन ।

नेपालले पनि लामो समयदेखि इजरायल र प्यालेस्टाइन दुई मुलुक भएर शान्तिपूर्ण रूपमा बस्नु पर्ने कुरा उठाउँदै आइरहेको छ । नामको उक्त मन्त्रीस्तरीय बैठकमा मन्त्री राणाले इजरायल र प्यालेस्टाइनबीचमा तुरुन्त युद्धविराम हुनु पर्ने बताइन् ।

साथै, उनले हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीसहित अन्य बन्दीलाई छाड्नु पर्ने बताइन् । उनले त्यसका लागि सम्पूर्ण विश्वको ऐक्यबद्धता हुनुपर्ने बताएकी हुन्। गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो ।

सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरू पनि कैयौँ मानिस मारिएका थिए । नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा राणाले सो बैठकमा बताइन् ।

सम्बोधनका क्रममा मन्त्री डा राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औँल्याइन् । विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरू भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

उनले भनेकी छन्, मलाई लाग्छ दोस्रो विश्वयुद्धपछि अहिले विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । त्यसैले इतिहासकै अत्यन्त जटिल मोडमा हामी उभिएका छौँ र सशस्त्र द्वन्द्वबाट नागरिकहरूको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नु परिरहेको छ ।”

मन्त्री डा राणाले अहिले पनि विश्वका देशहरू निरन्तर रूपमा जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरूको समाधान खोज्न र नागरिकमा शान्ति र अमन चयन कायम गर्न चुकेको अवस्था देखिएको पनि बताइन् ।

उनले भनिन् “हामीहरू जेनेभा कन्भेन्सनको ७५ औँ वर्षमा छौँ तर पनि नागरिकहरूको रक्षाका लागि सो कन्भेन्सनले आत्मसात् गरेका सिद्धान्तहरूलाई नदेखेझैँ गरी बेवास्ता गरिरहेका छौँ या कतै गलत व्याख्याका प्रयास पनि गरिरहेका छौँ । यस्तो अवस्थाको छिट्टै अन्त्य हुनुपर्छ र हामीहरू सबै शान्तिपूर्ण सहअस्तित्वका साथ अघि बढ्नुपर्छ ।”

परराष्ट्रमन्त्री डा राणाले गाजामा नागरिकहरूको मृत्यु र यसको सङ्ख्या सुन्दा र देख्दा बडो हृदयविदारक रहेको तथा रुस युक्रेन युद्धमा नागरिकहरूले पाइरहेको दुःख पनि त्यस्तै रहेको भन्दै यस्ता हिंसाजन्य कार्यहरू तत्कालै रोकी समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् ।

यस्ता कार्यले कसैलाई पनि न्याय गर्न नसकेकोतर्फ सबै सचेत हुनुपर्ने उनको भनाई थियो । नेपाल गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सबै सर्वसाधारण नागरिकको हत्या, पूर्वाधारहरूमाथिको आक्रमणको निन्दा गर्दछ भन्दै त्यहाँ अस्पताल, निजी घरहरू, विद्यालय आदिको क्षतिले मानिसहरूलाई डर र त्रासमा बस्न बाध्य पारिएकाले यस्ता कार्य तत्कालै रोक्न पनि मन्त्री डा राणाले माग गरिन् ।

मन्त्री राणाले इजरायल र प्यालेषटाइन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरूको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरिन् ।

मन्त्री डा राणाले नेपाल असंलग्न अभियानको एक प्रतिबद्ध सदस्य राष्ट्र रहेकाले सबै देशहरूबिच शान्तिपूर्ण सहअस्तित्वका आधारमा सहकार्य गरी अघि बढ्ने धारणा राख्दै शान्ति र सहअस्तित्वका लागि एक हुन विश्व समुदायलाई अपिल गरेकी छन् ।

आरजुले अन्तराष्ट्रिय फोरकमा युद्ध अन्त्यको वकालत गरिरहदा इजरेलले भने लेबनानमा भीषण आक्रमण गरेको छ । जसमा हिजबुल्लाह तर्फ ठूलो क्षति भएको छ । हिजबुल्लाहका १३ सय गढमा सोमबार मात्रै गरिएको आक्रमणमा झण्डै ५ सय जनाको ज्यान गएको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top