×

NEPAL TIMES UPDATES

Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026

भारत–बंगलादेशबीच कटुता बढाउने अमित शाहको त्यो बयान

८ आश्विन २०८१

८ असोज , विराटनगर।

बंगलादेशमा युनुस सरकार आएपछि ठूलो हिंसा त रोकिएको छ, तर तनाव अहिले पनि उत्तिकै छ । त्यहाँ अल्पसंख्यकहरु र उनीहरुको धार्मिक स्थलहरुलाई निशाना बनाउने क्रम जारी नै छ । यसैबीच अंतरिम सरकारका प्रमुख मोहम्मद यूनुस न्यूयोर्क पुगेका छन् ।

Advertisement
Advertisement

त्यहाँ उनले विरोधको सामना गर्नु परेको छ । जुन होटलमा यूनुस बसेका छन्, त्यस बाहिर बंगलादेशी नागरिक जम्मा भएर अल्पसंख्यकहरुमाथि भइरहेको हमलालाई लिएर उनीविरुद्ध नाराबाजी गरेका छन् ।

मोहम्मद यूनुस संयुक्त राष्ट्र महासभाको ७९ औं सत्रमा भाग लिनका लागि अमेरिका गएका हुन् । प्रधानमन्त्री युनुसले अमेरिकामा विरोधको सामना गरिरहँदा यता भारतका गृहमन्त्रीले बंगलादेशलाई थप चिढ्याएका छन् ।

उनले झारखंडमा भाषण गर्ने क्रममा बंगलादेशीहरुमाथि गरेको एक टिप्पणीले बंगलादेश रुष्ट बनेको छ । अमित शाहको सो टिप्पणीलाई लिएर बंगलादेशको विदेश मंत्रालयले कडा आपत्ति जनाएको छ ।

यो वर्षको अन्त्यतिर झारखंडमा विधानसभा चुनाव हुँदैछ । त्यसैको तयारीस्वरुप २० सेप्टेम्बरमा आयोजित एक चुनावी र्यालीका क्रममा अमित शाहले भनेका थिए, ’’एक पटक झारखंड सरकार परिवर्तन गरिदिनुस् । म तपाइँसंग बाचा गर्छु कि रोहिंग्या र बंगलादेशी घुसपैठहरुलाई छानीछानी झारखंडबाट बाहिर निकाल्ने काम भारतीय जनता पार्टीले गर्नेछ ।

उनले अगाडि भने, यसले हाम्रो सभ्यता नष्ट गरिरहेको छ । हाम्रो संपत्तीे हडपीरहेको छ । हाम्रा छोरीहरुसंग अलग–अलग प्रकारले नक्कली विवाह गरिरहेका छन् । हाम्रो रोजगारीलाई पनि लुट्ने काम गरिरहेका छन् । झारखंडभित्र कुनै घुसपैठियालाई स्थान छैन, यो बीजेपीको सरकारले मात्रै गर्न सक्छ ।

उनले दाबी गरे, ’’हाम्रो झारखंडमा जुन प्रकारले घुसपैठ भइरहेको छ, यदी यो जारी रह्यो भने आउँदो २५, ३० वर्षमा घुसपैठियाहरुको यहाँ बहुमत हुनेछ।’’ उनको यही टिप्पणीलाई लिएर बंगलादेश आगो भएको हो ।

अमित शाहको यो बयानपछि बंलादेशको विदेश मंत्रालयले सोमबार विज्ञप्ती जारी गर्दै भनेको छ, ’’झारखंडमा भारतका गृह मंत्री अमित शाहले बंगलादेशका नागरिकहरुलाई लिएर जुन दुर्भाग्यपूर्ण टिप्प्णी गरेका छन्, त्यसको हामी कडा विरोध गर्दछौं’’ ।

बंगलादेशको विदेश मंत्रालयले ढाकामा भारतीय उच्चायुक्तलाई बोलाएरै यसबारेमा विरोध पत्र पनि थमाइदिएको छ । बंगलादेशको विदेश मंत्रालयले भनेको छ, भारत सरकार आफ्ना नेताहरुका यस्ता ’आपत्तिजनक र अस्वीकार्य’ बयान दिनबाट बच्नका लागि भन्नुस’’ ।

उसले अगाडि भनेको छ, जिम्मेवार पदमा बसेकाहरुका तर्फबाट छिमेकी मुलुकका नागरिकहरुमाथि गरिएको यस्ता टिप्पणीहरुले आपसी सम्मान र समझदारीको भावना कमजोर पर्न सक्छ’’ । यता बांग्लादेशको विदेश मंत्रालयको यसै टिप्पणीलाई भारतका पूर्व विदेश सचिव कंवल सिब्बलले भने अविवेकपूर्ण भनेका छन् ।

दुई देशबीच यस्ता टिप्पणीहरुका विषयमा तनाव बढिरहेका बेला उता मोदी र युनुस अमेरिकामै छन् । तर उनीहरुबीच भेट भएको छैन । यसले पनि भारत र बंगलादेशबीच तनाव बढेको संकेत गरेको छ । शेख हसीना सत्ताबाट हटेसंगै बंगलादेशसंग भारतको सम्बन्ध विग्रिन थालेको हो ।

मोहम्मद यूनुसको अंतरिम सरकारलाई भारतले खासै रुचाएको छैन । खालिदा जियाको नेतृत्वमा रहेको बंगलादेश नेशनलिस्ट पार्टीको असर पनि तुलनात्मक रुपले बढ्न थालेको छ । शेख हसिनाको छवि भारत समर्थकको थियो तर बीएनपीलाई भारत विरोधी मानिन्छ ।

यस्तोमा अमित शाहको बयानले सम्बन्धलाई थप तनावपूर्ण बनाइदिएको छ । खासगरी यस्तो बेला जब हालै बंगलादेशमा आएको बाढीलाई लिएर केही संगठनहरुले भारतको बाँधबाट छोडिएको पानीले बाढी आएको भन्दै आरोपसमेत लगाइरहेका थिए । तर भारत सरकार यस्ता आरोप अस्वीकार गरेको छ ।

यद्यपि, यो अहिले मात्रै होइन अमित शाहको बयानले बंगलादेश चिढिएको । यसअघि २०१९ मा नागरिकता संशोधन कानूनको तर्कमा अमित शाहले बांग्लादेशमा हिन्दुहरुको उत्पीडनको कुरा उठाएका थिए, त्यसलाई लिएर पनि बांग्लादेशले कडा आपत्ति जनाएको थियो ।

यस्तै मार्च २०२१ मा पनि जब मोदी बांग्लादेश भ्रमण जाने भएका थिए, त्यतिबेला त्यहाँ मुस्लिम र विद्यार्थी संगठनहरुका केही सदस्यहरुले सो भ्रमणको विरोध गरेका थिए । यस्तै सन २०१६ मै मोदी सरकारले संसदमै भनेको थियो कि बांग्लादेशबाट अवैध रूपले आएका आप्रवासीहरुको संख्या करिब २ करोड छ ।

भारत र बंगलादेशबीच आप्रवासीहरुलाई लिएर वर्षौदेखि चल्दै आएको यो मुद्याले अहिले फेरि तनाव बढाएको हो । यद्यपी यसबीच भारतीय विदेश मंत्री एस जयशंकरले भने बांग्लादेशका विदेश मंत्रालयका सलाहकार तौहिद हुसैनसंग छलफल गरेका छन् ।

गृहमन्त्रीका कारण बंगलादेशसंगको सम्बन्धमा दरार आइरहँदा भारतीय विदेश मंत्री एस जयशंकरले न्यूयोर्कमा बंगलादेशका विदेश मामिलाका सल्लाहकार मोहम्मद तौहीद हुसैनसंग भेटवार्ता गरेका छन् ।

सो क्रममा दुवैले बंगलादेश र भारतबीच परस्पर हितका मुद्दाहरुमाथि चर्चा गरे र सम्बन्धलाई अगाडि बढाउनेमा सहमति पनि जनाएका छन । यो जानकारी बंगलादेशको विदेश मंत्रालयले नै दिएको हो । यो बैठक स्थानीय समय अनुसार सोमवार साँझ संयुक्त राष्ट्र महासभा सत्रको दौरान भएको हो ।

बंगलादेशको विदेश मंत्रालयले मंगलवार विहान एक्समा बैठकको तस्वीर पोस्ट गरेको छ । मंत्रालयले भनेको छ कि तौहीदले संयुक्त राष्ट्र महासभा सत्र इतर भारतका विदेशमंत्री जयशंकरसंग कुराकानी गरे र आपसी हितहरुका बारेमा चर्चा गरे ।

बंगलादेश र भारतबीचको सम्बन्धमा देखिएको यो उतारचढाव र गृहमन्त्री अमित शाहले गरेको टिप्पणी बारे आफ्ना भनाइ अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top