×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारले तोक्यो नयाँ सवारी भाडादर,कुन स्थानमा कति भाडा जान्नुहोस्

८ आश्विन २०७५

काठमाडौँ, असोज ७
सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४ तिर्नुपर्नेछ । साविकमा रु १३ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग रु १५ लिँदै आएका थिए ।

Advertisement
Advertisement

नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु १६, छ किलोमिटरसम्म रु १७, आठ किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २१, तेह्र किलोमिटरसम्म रु २३, सोह्र किलोमिटरसम्म रु २५, उन्नाइस किलोमिटरसम्म रु २६ र सोभन्दा माथि रु २७ भाडा कायम भएको छ ।

विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु पेट्रोलको मूल्य रु ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा रु पाँचभन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ ।

यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ ।

तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ ।

यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर रु ३९ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु सातलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

पर्यटक ट्याक्सीको भाडा रु ४८१ रहेकामा हाल बढाएर रु ५२९ पु¥याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीको हकमा उक्त भाडादर कायम हुनेछ । उक्त दर पाँच किलोमिटरको हकमा मात्रै लागू हुनेछ । सो भन्दा बढी भएमा रु एक हजार १५७ सम्म कायम गरिएको छ । विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो ।

मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा रु २० हजार ७७३, वीरगञ्ज–पोखरा रु १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा रु ४५ हजार १८९ कायम गरिएको छ ।

कुन स्थानमा जान कति भाडा

काठमाडौँ–सिलगढी रु १६७५
काठमाडौँ–इलाम रु १३४८
काठमाडौँ–उर्लाबारी रु १०८४
काठमाडौँ– कटारी रु ८०४
काठमाडौँ– कलैया रु ५६३
काठमाडौँ– काँकडभिट्टा रु ११७२
काठमाडौँ–कुमारखोज ९झापा० रु ११७२
काठमाडौँ–कुरिनटार रु २०९
काठमाडौँ–कृष्णनगर रु ६८६
काठमाडौँ–कोठियाघाट रु ११३६
काठमाडौँ–खोपासी रु ८४
काठमाडौँ–गल्छी रु ९९
काठमाडौँ–गाइघाट रु ८६८
काठमाडौँ–गुलरिया रु १०९१
काठमाडौँ–गोरखा रु ३०७
काठमाडौँ–गोलधाप रु ११६९
काठमाडौँ–गौर रु ६५१
काठमाडौँ–गौरीगञ्ज रु ११२३
काठमाडौँ–महोत्तरी रु ७१३
काठमाडौँ–चिसापानी कर्णाली रु ११००
काठमाडौँ–चौतारा रु १९५
काठमाडौँ–जनकपुर रु ७३६
काठमाडौँ–जलेश्वर रु ७६५
काठमाडौँ–जिरी रु ५३२
काठमाडौँ–तातोपानी रु २७५
काठमाडौँ–त्रिशूली रु १७५
काठमाडौँ–धनगढी रु १३२१
काठमाडौँ–साँफेबगर रु १८७३
काठमाडौँ–धरान रु १०४१
काठमाडौँ–धादिङबेँसी रु १८४
काठमाडौँ–धुन्चे रु २९७
काठमाडौँ–धुलिखेल रु ६३
काठमाडौँ–नारायणगढ रु ३०७
काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३
काठमाडौँ–नेपालगञ्ज रु १०२५
काठमाडौँ–पनौती रु ६३
काठमाडौँ–पोखरा रु ४२८
काठमाडौँ–बालिङ रु ५८५
काठमाडौँ–फत्तेपुर रु ९२२
काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८
काठमाडौँ–भैरहवा रु ५६१
काठमाडौँ–मटिहानी रु ७८४
काठमाडौँ–मलङ्गवा रु ६७१
काठमाडौँ–महेन्द्रनगर रु १३३२
काठमाडौँ–मेलम्ची रु १६२
काठमाडौँ–राजगढ रु ११६६
काठमाडौँ–बाग्लुङ रु ६०८
काठमाडौँ–वीरगञ्ज रु ५४०
काठमाडौँ–सिन्धुली रु ७३५
काठमाडौँ–सुर्खेत रु १२११
काठमाडौँ–सिराहा रु ८००
काठमाडौँ–बुटवल रु ५१९
काठमाडौँ–स्याङ्जा रु ५१०
काठमाडौँ–तम्घास रु ८४०
काठमाडौँ–तानसेन रु ६१५
काठमाडौँ–धनकुटा रु १२०१
काठमाडौँ–वसन्तपुर रु १३२२
काठमाडौँ–सन्धिखर्क रु ७८८
काठमाडौँ–सल्यान रु ७९९

Advertisement

रासस

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top