×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

कुलेखानी ड्याम भरियोः ३१ वर्षपछि ढोका खुल्यो

१२ आश्विन २०८१

१२ असोज, काठमाण्डौ ।
हामी निरन्तर मनसुनी अपडेट यहाँहरुमाझ राखिरहेका छौं । यसबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका ढोका खोलिएका छन् ।

अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको हो । आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

Advertisement
Advertisement

ड्याममा पानी भरिएपछी दुवै ढोका खोलिएको उनले बताए । हाल प्रतिमिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकताअनुसार थप खोलिँदै जाने प्रमुख भट्टको भनाइ छ । इन्द्रसरोबर जलाशय भरिएपछी ३१ वर्षपछि ड्यामको ढोका खोलिएको हो ।

जलाशय भरिएपछी पछिल्लो पटक गत २०५० साल मा ढोका खोलिएको थियो । कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन बेँसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका बागमती नदी किनाराका बस्तीमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ ।

कुलेखानीको क्षमता १५३० मिटर छ । कुलेखानी जलविद्युत आयोजनाले शुक्रबार नै सूचना जारी गरेर कुलेखानीको ड्याम खुल्न सक्ने भन्दै बागमती नदि किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको थियो ।

कुलेखानी ड्याममा भएको पानीबाट १०६ मेघावाटको विधुत उत्पादन हुने गरेको छ । नेपालको सबैभन्दा ठूलो मानव निर्मित तालको रुपमा समेत रहेको यो जलाशय करिव ७ किलोमिटर लम्बाई रहेको छ ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । यस्तै गत तीन दिनदेखिको झरीले नारायणी नदीमा बाढी आएपछि भारतीय भूभागमा हुने जोखिम कम गर्न भारतले त्रिवेणीधामस्थित गण्डक ब्यारेजको सबै ढोका खोलेको छ ।

प्रहरी चौकी त्रिवेणीका सई महेश रायमाझीका अनुसार शनिबार बिहान गण्डकका ३६ वटै ढोका खोलिएको बताए । त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह ३ लाख ६० हजार क्यूसेक लिटर प्रतिसेकेण्ड भन्दा माथि छ ।

त्रिवेणीस्थित नेपाल भारत सिमानामा बाँध बाँधेर भारतले त्यहाँको उत्तर प्रदेश र बिहारमा सिँचाइको लागि नहर बनाएर पानी लगेको छ । नारायणी नदीलाई त्रिवेणीदेखि तल भारतमा गण्डक नामले चिनिन्छ ।

नेपाल भारतमा ५६ वर्षअघि निर्माण गरेको ब्यारेजको ढोका खोल्ने, बन्द गर्ने जिम्मा भारतको छ । यस्तै नारायणी नदीमा आएको बाढीले गैंडाकोटको सुकुम्बासी बस्ती र बोटे टोल डुबानमा परेको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढस्थित नारायणी नदीको पुल भन्दा पूर्व–उत्तरतर्फ रहेको बस्ती डुबानमा परेको हो । त्यहाँका करिब एक सय घरपरिवार डुबानमा परेको छ ।

वडा नम्बर २ स्थित नदी किनारका घर डुबेका हुन् । प्रहरीले डुबान क्षेत्रमा उद्धारका लागि डुंगा र स्काभेटरको प्रयोग गरेको जनाएको छ । लगातारको झरीले शनिबार बिहानबाट नारायणी नदीमा पानीको सतह ह्वावात्तै बढेको छ ।

नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । यता अविरल वर्षाले भक्तपुर पूरै डुबानमा परेको छ । पहिरो र बाढीमा परी करिब पाँच जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीका अनुसार ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । उनीहरुको नाम ठेगाना नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए ।

मनोहरा, हनुमन्ते घट्टेखोलाको बाढीले सडक र बस्ती डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ । घट्टेखोलाले पुल नै भत्काएको छ । भक्तपुरको सिद्धी स्मृति अस्पताल, जगाती, इवामुरी अस्पताल, सल्लाघारी, महेश्वरी खेल मैदान, राम मन्दिर, राधेराधे लगायतका क्षेत्र जलमग्न छन् ।

अस्पताल नै जलमग्न हुँदा उपचारका लागि आउने बिरामी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । बाराहीस्थान लगायत क्षेत्र र धान खेतहरु पनि डुबानमा परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले डुंगा प्रयोग गरी जगाती लगायतका क्षेत्रबाट करिब ५० जनालाई उद्धार गरेको जानकारी दिए । नेपाली सेना, प्रहरी, भक्तपुर नगरपालिकाको जनप्रतिनिधि लगायतको टोली टोली डुबान प्रभावित क्षेत्रमा पुगेर उद्धारको काम जारी राखेको छ ।

यस्तै काठमाडौ नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–३ ५५ वर्षीय एक पुरुष छन् । सशस्त्र प्रहरी बलका अनुसार घर भत्किँदा ३ जना पुरिएका छन् ।

उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ । यता लगातारको झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसबीच निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन । अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ । आज बिहान जजिरा एयरको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्यो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ ।

एयर अरेबियाको विमान भने अवतरण भएको छ । वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो । हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनका साथै धेरै उडान डिले भएका थिए ।

‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो । शुक्रबार थाइ एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इण्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो ।

यसबीच नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा फौज परिचालन गरिएको जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घनकुटाको पाख्रिबास नगरपालिका–५ मा पहिरोले घर पुरेपछि उद्धारमा नेपाली सेनाको फौज खटाइएको छ ।

सोही नगरपालिका–४ स्थित त्रिशूलामा स्थानीयको घर भासिएपछि त्यहाँ पनि सेनाको टोली उद्धारका लागि फौज पुगेको जनाइएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु माध्यमिक विद्यालय डुबानमा पर्दा पाँचजना फसेको खबर प्राप्त हुनासाथ सेनाको फौज उद्धारमा खटाइएको नेपाली सेनाले जनाएको छ।

ललितपुर उपमहानगरपालिका–२ स्थित नख्खु इलाका डुबान परेकाले उद्धारका लागि फौज खटाइएको छ । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित टीकाभैरवमा रहेको लेप्रेसी अस्पतालमा पहिरो जाँदा तीनजना पुरिएकाले उद्धारका लागि अहिले नेपाली सेनाको फौज जुटेको जनाइएको छ ।

काठमाडौंको त्रिपुरेश्वर, थापाथली क्षेत्रमा डुबान परेकाले त्यहाँ पनि उद्धारका लागि सेना खटाइएको छ । पाँचथरको फिदिम नगरपालिका–४ घर पुरिएपछि नेपाली सेना उद्धारमा जुटेको छ ।

यसबीच अविरल वर्षाका कारणले त्रिभुवन राजपथ, कान्ति लोकपथ, कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी सडक सहित हेटौंडाबाट काठमाडौ जाने सबै सडक अवरुद्द भएको छ ।

कुलेखानी–सिस्नेरी र कुलेखानी–फाखेलको सडकको विभिन्न स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको भने यसैगरी कान्ति लोकपथको पनि विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्द भएको छ ।

Advertisement

त्रिभुवन राजपथको दामनमा पहिरो गई रुख ढलेको कारण सडक अवरुद्ध छ । पहिरोको कारण सडक अवरुद्ध हुँदा सयौं यात्री बाटोमानै अलपत्र परेका छन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top