अफगान बालबालिकाको सपना र शिक्षा इँटा भट्टामा पिल्सिदै

१८ असोज ,एजेन्सी ।
परिवारलाई सहयोग गर्न अफगानिस्तानका १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरु इँटा भट्टामा काम गर्दछन् । अकल्पनीय जस्तो लागेपनि यो सत्य घटना हो । परिवारलाई सहयोग गर्नकै लागि उनीहरु विद्यालय जान छोडेका छन् ।

अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा रहेको देह सब्ज जिल्लामा रहेको इँटाभट्टामा दश वर्षीया ओमारी आफ्नो परिवारसँगै काम गर्छिन् । विद्यालय जाने सपना देखे पनि उनको परिवारको दयनीय आर्थिक अवस्थाले शिक्षा हासिल गर्न नसक्ने भएको छ ।

परिवारमा १२ जना रहेको र अरु कुनै आम्दानी नभएकाले काम गर्न आफू पनि बाध्य भएको उनले बताएकी छन् । ओमारीका छिमेकी १२ वर्षीय अजिज पनि त्यही भट्टामा काम गर्छन् । प्रति दिन २०० अफगानी (लगभग २.८५ अमेरिकी डलर) कमाउने गरेको उनको भनाइ छ ।

आफ्नो परिवारको एकमात्र कमाउने व्यक्तिको रूपमा, अजिजले काम गर्नु बाहेक अर्को विकल्प नभएको बताए । अफगानिस्तानमा दशकौंको युद्ध र नागरिक अशान्तिले अनगिन्ती परिवारहरूलाई ध्वस्त पारेको छ ।

अहिले झन देशको नेतृत्वमा तालिवान फर्किएपछि अफगानी जनता पछिल्लो दशक तिर फर्किएका छन् । त्याहा अधिकांश रुढीबादी परम्पराहरुलाई शरिया कानूनमा आवद्ध गरेर अफगानी जनतामाथि निरंकुशता लादिएको छ भने कयौ मानवीय स्वतन्त्रताहरुबाट उनीहरुलाई बन्चित गरिएको छ ।

विशेष गरी महिलाहरुका लागि त झन तालिवान सरकार कठोर रहदै आएको छ । अफगानिस्तानमा बाल मजदुरहरूको संख्याको आधिकारिक तथ्याङ्क नभए पनि हजारौं बालबालिका सडकमा काम गरिरहेको वा भीडभाडमा इँटा बनाउने र गाडीका झ्यालहरू सफा गर्ने जस्ता कष्टकर, श्रम–गहन कामहरू गरिरहेको देख्न सकिन्छ।

अफगानिस्तानको युद्धको लामो इतिहास र अपाङ्गतापूर्ण प्रतिवन्धहरूले देशलाई चरम गरिबी र बेरोजगारी व्याप्त हुँदै गएको छ । सन् २०२४ मा करिब २३.७ मिलियन मानिसहरूलाई मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको यो जुलाईमा जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

गरिबीले लाखौं अफगानीहरू, बालबालिकाहरू सहित, आफ्नो परिवारलाई सहयोग गर्ने हताश प्रयासमा, आफ्नो घर छोड्न, शिक्षा त्याग्न र इँटा भट्टालगायत उपलब्ध कुनै पनि काम गर्न बाध्य बनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top