×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

नेतान्याहुको उपनाम कसले राख्यो ‘बीबी’ ?यस्तो छ विगत

१८ आश्विन २०८१

१८ असोज , एजेन्सी ।
चौतर्फी युद्धका बीचमा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्ध पूर्व ब्रिटिस प्रधानमन्त्रीले चकित पार्ने आरोप लगाएका छन् । ब्रिटिस पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले नेतान्याहुमाथि गम्भिर आरोप लगाएका हुन् । उनले इजरायली प्रधानमन्त्रीमाथि बाथरूममा जासुसी उपकरण जडान गरेको आरोप लगाएका छन् ।

यो घटना सन् २०१७ को हो जब जोनसन बेलायतका विदेशमन्त्री थिए । यसपछि उनी सन् २०१९ देखि २०२२ सम्म बेलायतको प्रधानमन्त्री पनि भइसकेका छन् । द टेलिग्राफको रिपोर्टका अनुसार जोनसनले सन् २०१७ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटको घटनालाई आफ्नो पुस्तक अनलीश्टमा उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

जोनसनले लेखेका छन् बैठकको समयमा नेतान्याहुले आफ्नो घरको बाथरूम प्रयोग गरेका थिए । त्यसपछि उनको सुरक्षा टोलीले बाथरूमबाट सुन्ने उपकरण बरामद गरेको थियो ।

पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पुस्तकमा नेतन्याहुको उपनाम ‘बीबी’ उल्लेख गर्दै लेखेका छन् कि भेटका क्रममा नेतान्याहुले बाथरुम जाने बहाना बनाए, जसरी लन्डनको एक पॉश क्लबमा एक व्यक्तिले बहाना बनाउँछ। जोनसनले लेखेका छन् कि ’बीबी’ ले त्यहाँ केही समय लगाए र यो संयोग हुन सक्छ तर जब सुरक्षा टोलीले सफाई गरिरहेका थिए त्यसबेला उनीहरूले एक बाकसमा सुन्ने उपकरण फेला पारे ।

मिडिया रिपोर्टका अनुसार यो घटनालाई पुस्तकको ’अंश’ मा उल्लेख गरिएको छ । जोनसनको यो पुस्तकमा भने अक्टोबर १० मा रिलिज हुँदैछ । मिडियामा प्रकाशित जोनसनको पुस्तकको अंशबारे यस घटनाको बारेमा थप जानकारी माग्दा उनले धेरै कुरा गर्न नमानेको ब्रिटिस संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यसबारेमा जोनसनले भनेका छन् कि मानिसहरूले जान्न चाहेको कुरा उनको पुस्तक पढेर थाहा हुनेछ । पुस्तकमा उनले पटक पटक नेतन्याहुलाई बीबीको उपनामले सम्बोधन गरेका छन् । नेतन्याहुले पाएको बीबीको उपनाम भने अमेरिकी राष्ट्रपति जो बाइडेनसँग जोडिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच निकै राम्रो सम्बन्ध रहेको छ । दुवै नेताले विभिन्न मञ्चमा एकअर्कासँगको सम्बन्धका बारेमा कुरा गरिरहन्छन् । उनीहरुको मित्रता करिब ४० वर्ष पुरानो हो ।

इजरायल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा तनाव हुँदा बाइडेन वा नेतान्याहुले आपसी सम्बन्ध पहिलेको जस्तै कायम रहेको बताउँछन् । बाइडेन र नेतान्याहु सन् १९८० मा मित्र बनेका थिए । त्यतिबेला बाइडेन नवनिर्वाचित सांसद बनेका थिए र नेतान्याहु अमेरिकाका लागि इजरायलका राजदूत थिए।

२०१० मा, बराक ओबामा सरकारमा बाइडेन उपराष्ट्रपति हुँदा प्यालेस्टाइनलाई लिएर इजरायल र अमेरिका बीच दरार भयो। त्यसपछि बाइडेनले नेतान्याहुको बारेमा भनेका थिए, बीबी (नेतन्याहुको उपनाम), म तपाईका धेरै कुरामा सहमत छैन, तर पनि म तपाईलाई माया गर्छु।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top