×

NEPAL TIMES UPDATES

Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026

देशभर मनसुन अझै सक्रिय, ठूलो पानी पर्छ ?

२० आश्विन २०८१

२० असोज , काठमाण्डौ ।

दशँै सुरु भइसकेकाले आफ्ना घरबाट टाढा रहेकाहरु अहिले धमाधम गाउँघर फर्किरहेका छन् । यद्यपि मनसुनी विपद्का कारण अझै पनि धेरै सडकहरु राम्ररी खुलिसकेका छैनन् । तर जहाँ जहाँ खुल्न थालेका छन् यात्रु तथा सवारी साधनहरुको लामो लाइन ती सडकहरुमा देखिन्छ ।

Advertisement
Advertisement

तर अहिले पनि देशभर मनसुनी प्रभाव कायमै रहेको छ । त्यसैले कतिबेला कहाँ झरी र पहिरो वा खोलानदीमा बहाव बढ्ने हो सतर्क रहनु पर्ने नै अवस्था छ । किनभने अहिले पनि हरेक दिनजसो सवारी दुर्घटना भइरहेका छन् । शनिबार राति पनि यस्तै दुर्घटना भयो ।

नारायणगढ मुग्लिन सडक खण्डमा गुडिरहेका एउटा बस र एउटा माइक्रोबसमाथि ढुंगा खस्यो । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा शनिबार राति भिरबाट खसेको ढुंगाले लाग्दा पाँचजना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताएका छन् ।

गएराति साढे आठ बजेतिर काठमाडौँबाट दशैँका यात्रु लिएर बर्दियातर्फ जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बस र काठमाडौँबाट नारायणगढ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा खसेको हो ।

घाइते हुने सबै यात्रु बर्दिया जाँदै गरेको बसमा सवार थिए । ढुंगाले लाग्दा दुवै सवारी साधनमा क्षति पुगेको रिजालले जानकारी दिए । माइक्रो बसमा भने चालक मात्रै भएकाले कोही घाइते भएनन् । यात्रामा अझै पनि यस्ता जोखिम कायमै रहेकाबेला हामी मुख्य चाडवाड पनि मनाइरहेका छौं ।

तर यात्राअवधि भर मौसमको अवस्था कस्तो रहन्छ ? सडकको अवस्था कस्तो छ ? यात्रा गर्न उचित हुन्छ, हुन्न ? बुझेर, सतर्क रहेरमात्रै गर्नुपर्ने छ । त्यसैले अब यहाँहरुको सहजता र जानकारीका लागि मौसमसम्बन्धि खबर ।

मौसम पूर्वानुमान् महाशाखाले अबको तीन दिन देशभर ठूलो पानी पर्ने सम्भावना कम रहेको जनाएको छ । महाशाखाले निकालेको दैनिक बुलेटिनमा आउँदो तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको उल्लेख छ ।

मनसुनको प्रभाव भने कायमै रहेकोले केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । तर अब लामो समय पानी पर्ने सम्भावना कम छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा केही बादल लागेको भए पनि धेरैतिर आकास खुलेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहने छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही दिनदेखि मनसुनको प्रभाव कमजोर हुँदै गएको छ ।

देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसबीच सुदूरपश्चिम प्रदेशबाट त केही दिनमै मनसुन बाहिरिनसक्ने सम्भावना छ ।

तर देशभरबाट पूर्णरुपमा मनसुन बाहिरिने सम्भावना भने तत्काल छैन । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन ग¥यो भने मनसुन बाहिरिएको भनिन्छ ।

सुदूरपश्चिम र कर्णालीमा मनसुनी वायु कमजोर भए पनि अन्य प्रदेशमा मनसुनी वायुलाई धकेल्न सकेको देखिँदैन । त्यसैले लुम्बिनीदेखि पश्चिमतिर मनसुनको प्रभाव कायमै देखिन्छ । गत २४ घण्टामा लुम्बिनीको दाङ घोराही र कोशी प्रदेशको झापा दमकमा भारी वर्षा पनि भएको छ ।

काठमाडौंको बुढानीलकण्ठमा मध्यम खालको वर्षा भएको छ । हल्का खालको वर्षा त लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै जिल्लामा भएको छ । यी प्रदेशहरुमा लगभग यस्तै अवस्था आज पनि रहने पूर्वानुमान छ ।

यसैबीच हालैको बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन्। अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

’बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ। त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ। यसैबीच पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ ।

सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो ।

यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक २ लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् ।

Advertisement

बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताएका छन् । काभ्रेमा ५ जना अझै बेपत्ता रहेका छन् ।

Advertisement

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top