×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

इरानी–इजरेली अधिकारीबीच एकअर्कालाई सक्ने चेतावनी

२१ आश्विन २०८१

२१ असोज , विराटनगर।

गत वर्ष ७ अक्टुवरका दिन हमास समूहले नरसंहार मच्चाउँदै इजरायललाई बिच्काएको आज एक वर्ष पुग्दा, युद्ध अब गाजाबाट लेबनान र इरानसम्मै पुग्न थालेको छ। हिजबुल्लाह प्रमुख हसन नसरल्ला र अन्य शीर्ष नेताहरु मारिएपछि इरानले पहिलो चरणको बदलास्वरुप इजरायलमा सयौं ब्यालेस्टिक मिसाइल हानिसकेको छ ।

Advertisement
Advertisement

र उसले यसलाई यहुदीले गरेको अपराधका लागि निकै कम सजाय भन्दै आगामी हमलाका लागि आफू तयार रहेको र त्यो निकै कठोर हुने जनाउ दिइसकेको छ । यता इजरायल पनि इरान समर्थित हिजबुल्लाहका ठेगानाहरुमा लगातार हमला गरिरहेको छ।

इरानले पनि सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘इजरायलद्वारा सम्भावित आक्रमणको आवश्यक प्रतिक्रियात्मक योजना पूर्ण रूपमा तयार गरिएको छ’, सशस्त्र सेनाको सूचना उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएको छ ।‘यदि इजरायलले आक्रमण ग¥यो भने इरानले प्रतिआक्रमण गर्नेछ भन्नेमा कुनै शंका छैन’, तस्निमले जनाएको छ ।

शनिबार नै इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायली आक्रमणको बदलामा इरानले कडा प्रतिक्रिया दिनसक्ने चेतावनी दिएका थिए । इरानको तेल सुविधा जस्ता महत्त्वपूर्ण स्थललाई लक्ष्य गर्ने सम्भावित इजरायली हवाई आक्रमणको चिन्ताका बीच इरानका तेलमन्त्रीले आइतबार खार्ग टापुमा रहेको एउटा तेल सुविधाको भ्रमण गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई विश्वका १० सबैभन्दा ठूलो तेल उत्पादकमध्ये एक इरानको तेल साइटलाई लक्षित आक्रमण नगर्न सल्लाह दिएका छन् । यसबीच इजराइली रक्षा मन्त्रीले इरानलाई लिएर फेरि एउटा कडा बयान दिएका छन् ।

रक्षामंत्री योआव ग्यालेन्टले इरानलाई चेतावनी दिदै भने, यदी इजरायललाई इस्लामिक रिपब्लिकले नोक्सान पुर्यायो इरानको हालत पनि अहिलेको गाजा वा बेरूतको जस्तै हुनेछ। यो इजरायली रक्षामन्त्रीको चेतवानी हो ।

इजरायली रक्षामन्त्रीको यस्तो बयान आइरहँदा उता इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कोर (आईआरजीसी)को नौसेनाका कमांडरको पनि एक बयान आएको छ । जसमा उनले भनेका छन्, हामी कुनै पनि किसिमको स्थितिका लागि तयार छौं ।

यता इरानको हालैको मिसाइल हमलालाई लिएर इजरेली रक्षामंत्रीले आइतबार भनेका थिए, इरानले इजारयली वायु सेनाको दुई अड्डालाई निशाना बनायो तर उसले हाम्रो एयर फोर्सका कुनै पनि सामान वा विमानमा क्षति पुर्याउन सकेन ।

उनले अगाडि भने, जसले पनि हामीलाई नोक्सान पुर्याएर हामीलाई रोक्न खोज्ने सोचिरहेको छ, उसले हेर्नु पर्छ कि हामीले बेरूत र गाजामा के कति हासिल गरेका छौं । यस्तै बेन्जामिन नेतन्याहूले पनि इरानले मिसाइल हानेको विषयलाई ‘इतिहासमा ब्यालेलस्टिक मिसाइलहरुको सबैभन्दा ठूलो हमला भन्दै इरानले यसको मूल्य चुकाउनु पर्ने बताइसकेका छन् ।

यता इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कोर नेवीका कमांडरले भनेका छन्, ’आगोसंग खेल्ने नेतन्याहूकालागि हामीले अलग–अलग योजनाहरु तयार पारेका छौं’ । उनले भने यदि ‘हाम्रो राष्ट्रिय र इस्लामीक हितहरुमा प्रभाव पर्दैन भने त हामी यसमा कुनै पनि प्रतिक्रिया जनाउँदैनौ ।

८० को दशकदेखि फारसको खाडीको सुरक्षाको जिम्मेवारी आईआरजीसी नौसेनाको काँधमा छ । उनले जोड दिदै भनेका छन् कि उनको सेना कुनै पनि स्थितिका लागि तयारी अवस्थामा छ ।

यता इरानका तेल मंत्री मोहसिन पाकनेजादले पनि यसबीच खारग आईल्याण्डमा देशको तेलसंग जोडिएका केन्द्रहरुको भ्रमण गरेका छन् । साथै उनले आईआरजीसी नौसेनाका फोर्थ रिजन कमांडरसंग पनि छलफल गरेका छन् ।

यो क्रममा तेल मंत्रीले मोहम्मद हुसैन बारगाहको निकै प्रशंसा पनि गर्दै भने कि उनले सुरक्षा चुस्त राखेका छन् । पाकनेजादको खारग आईल्याण्ड भ्रमणलाई इजराइलले इरानका तेल केन्द्रहरुमा गर्नसक्ने संभावित हमलाहरुको आशंकालाई पनि जोडेर हेरिएको छ ।

खारग आईल्याण्डमा इरानको मुख्य तेल निर्यात टर्मिनल छ । आठ वर्षसम्म चलेको इरान–इराक युद्धका दौरान इराकी वायु सेनाले यसलाई कयौं पटक निशाना बनाएको थियो । तर खारगमा बम वर्षाउनु निकै जटिल मानिन्छ किनभने यसका लागि इजराइली वायु सेनाका विमानहरुले अरब देशहरुको हवाई क्षेत्र पार गर्नुपर्ने हुन्छ ।

र यसका लागि बीचमा तेल पनि भर्नु पर्ने हुन्छ । तर पनि इजरायलले हमला गर्यो भने त तेलको भाउ त बढ्छनै इरानले पनि तुरुन्तै पलटवार गर्नेछ । जसले अहिले एक देश र समूहहरुबीच भइरहेको युद्ध दुई देशबीच सुरु हुने छ ।

यसैपनि आईआरजीसीका डिप्टी कमिश्नर अली फदावीले तीन दिन पहिला नै चेतावनी दिएका थिए, यदी इजरायलले गल्ती गर्यो भने त हामीले पनि उसका सबै ऊर्जा स्रोतहरु, प्लान्टहरु र सबै तेल रिफाइनरी र ग्यासका कुवाहरुलाई निशाना बनाउने छौं ।

उनले अगाडि भने, “इरान एक ठूलो र फैलिएको देश हो र यसका कयौं आर्थिक केन्द्रहरु छन् जबकि इजरायलसंग तीन पावर प्लांट र कयौं रिफाइनरीहरु पनि छन् । हामीले ती सबैलाई एक झट्कामा निशाना बनाउन सक्छौं ।

फदावी ती अधिकारीहरु मध्ये एक हुन् जो इरानले इजरायलमा मिसाल प्रहार गर्दा वार रूममा बसेका थिए । इरानी अधिकारीले मात्रै होइन शुक्रबार ५ वर्षपछि सार्वजनिक रुपमा देखिएका सर्वोच्च नेता खामेनीले पनि प्रर्थानासभामा आएर इजरायल र अमेरिकाविरुद्ध कडा चेतावनी दिएका छन् ।

उनले सबै इस्लामिक देशहरुलाई एकजुट हुन पनि अपिल गरेका छन् । दुई देशबीच पूर्णयुद्ध छेडिने सम्भावनाका बीच इजरालले भने गाजासहित लेबनान र सिरियामा पनि आफ्नो कारबाही जारी राखेको छ ।

यसबीच सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा इजरायली क्षेप्यास्त्रले प्रहार गरेको सिरियन मानव अधिकार संस्थाले जनाएको छ ।

इजरायलले होम्सको दक्षिणी ग्रामीण इलाकामा रहेको हस्या औद्योगिक क्षेत्रस्थित कारखानामा हवाई आक्रमण गरेको हो । यस्तै इजरायली रक्षा बलले उत्तरी सीमा नजिक रहेको हिजबुल्लाहको २५० मिटर लामो सुरुङ पनि नष्ट गरिदिएको छ ।

यो सुरुङको उद्देश्य अक्टोबर ७ को जस्तै हमला गर्नु भएको आईडीएफको भनाई छ । गएको हप्ताको अन्त्यमा एक निर्णायक अभियान अन्तर्गत आईडीएफले इजरायलको उत्तरी सीमा नजिक हिजबुल्लाहले बनाएको २५० मिटर लामो सुरुङ खोजेर नष्ट गरिदिएको थियो ।

यो सुरुङ व्यापक स्तरमा सहजै हमला गर्ने उद्देश्यले बनाइएको भनिएको छ । सुरुङ अक्टोबर ७ को जस्तै हमला गर्न बनाइएको तर यस्तो गल्ती नगर्न इजरायली प्रवक्ताले भनेका छन् । यसबीच हिजबुल्लाहले हानेको रकेट पनि इसराइली जमिनमा खसेको छ ।

आइतबार राति हिजबुल्लाहले उत्तरी इसराइलको हाइफा सहरमा रकेट आक्रमण गरेको र उक्त रकेट जमिनमै खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । रकेट आक्रमणमा परी कम्तिमा १० जना घाइते भएको त्यहाँका अस्पतालहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् ।

इजराइलको आकाश अत्यन्त सुरक्षित मानिन्छ । आकाशबाट हुने जुनसुकै हमलाहरू पनि इजराइलले आकाशमै निस्तेज पार्ने क्षमता राख्छ । यद्यपि आइतबार भने हिजबुल्लाहले गरेको रकेट आक्रमण इजराइली जमिनमा खसेको हो ।

यसले त्यहाँको डिफेन्स सिस्टममाथि पनि प्रश्न उठाएको छ । हिजबुल्लाहले कार्मेल सैनिक सिविरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । उसले कम्तिमा १०० वटा रकेट ती क्षेत्रहरूलाई लक्षित गरी प्रक्षेपण गरेको बताएको छ ।

इजराइलले पनि बेरूतमा निरन्तर आक्रमण गरिरहेको छ । बेरूतसहितका लेबननी भूमिमा इजराइली आक्रमणका कारण दुई सातामै कम्तिमा १४ सय जनाको मृत्यु भइसकेको अमेरिकी अखबार सिएनएनले जनाएको छ ।

यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ।

Advertisement
Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top